Jana Prahar

आइतबार, असोज २५ २०८३ |

Jana Prahar

Advertisment

SKIP THIS

‘भारतीय विदेश सचिवको भ्रमणमा सीमा विवाद र ईपीजी प्रतिवेदनबारे कुरा गर्नुपर्छ’


  • जन प्रहार
  • प्रकाशित मिति सोमबार, मंसिर ८ २०७७
  • 4.9K
    SHARES

काठमाडौं । नेपालका लागि पूर्वभारतीय राजदूत रञ्जित रेले भारतीय विदेश सचिव हर्षवर्द्धन श्रींगलाको नेपाल भ्रमणको क्रममा सीमा विवाद, ईपीजी प्रतिवेदन र विकासका ठूला परियोजनालाई अगाडि बढाउने विषयमा ठोस कुराकानी हुनुपर्ने बताएका छन् ।

श्रींगला मंसिर ११ गते नेपालको औपचारिक भ्रमणमा आउँदैन् । एसियन इन्ष्टिच्युट अफ डिप्लोमेसी एण्ड इन्टरनेशनल रिलेसेन (एआईडीआईए) ले भारतको विवेकानन्द इन्टरनेसनल फाउन्डेसनसँगको सहकार्यमा आयोजना गरेको नेपाल–भारत सम्बन्ध विषयक वेबिनारमा बोल्दै उनले भने,‘नेपालले नयाँ नक्सा जारी गरेर संविधानसमेत संशोधन गरिसकेको छ, यस सन्दर्भमा अब कसरी अगाडि बढ्ने भन्ने सम्बन्धमा छलफल हुन आवश्यक छ ।’

पूर्वराजदूत रेले अगाडि भने,‘नेपाल–भारत प्रवुद्ध समूह( ईपीजी) ले आफ्नो प्रतिवेदन तयार पारेको दुई वर्ष भइसकेको छ तर प्रतिवेदन बुझ्ने काम भएको छैन । भारतले प्रतिवेदन नबुझनुको कारण नेपालाई ब्याख्या गर्नुपर्छ । नेपालले सन् १९५० को सन्धि पुनरावलोकनको विषय पनि उठाएको छ । यस विषयमा पनि छलफल पनि कुराकानी गर्दा राम्रो हुन्छ ।’

पूर्वराजदूत रेले विदेश सचिवको भ्रमणको समयमा पञ्चेश्वर परियोजनाको विस्तृत परियोजना प्रतिवेदन (डीपीआर) लाई अन्तिम रुप दिने विषयमा समेत छलफल हुनुपर्ने बताए । उनले भने,‘परराष्ट्र सचिवको भ्रमणमा यस विषयमा केही प्रगति गरेर छिट्टै हुने परराष्ट्रमन्त्रीको वैठकमा यसलाई अगाडि बढाउने घोषणा गर्नुपर्छ ।’

नेपाल कम्युनिष्ट पार्टीका नेता दीपकप्रकाश भट्टले दुई देशको बीचमा रहेका ठूला समस्याहरु समाधान हुन नसकेको बताए । उनले ईपीजी प्रतिवेदन बुझ्न नसक्ने हो भने त्यसको कारण जनतालाई बताउनुपर्ने धारणा राखे । उनले यस विषयमा टेवलमा वार्ता गर्नुपर्नेमा जोड दिए ।

भट्टले भने,’नेपाल र भारतको बीचमा रहेका समस्याहरु राजनीतिक तह र दुई देशको बीचमा रहेका विभिन्न संयन्त्रहरुमा छलफल हुनुपर्छ । उनले सिमानाका सम्बन्धमा पहिला दुवै देशको नापी विभागमा, त्यसपछि कूटनीतिक तहमा र उच्च तहमा वार्ता हुनुपर्छ ।’

पन्चेश्वर परियोजनामा एकदमै कम प्रगति भएको बताउँदै उनले परियोजनालाई अगाडि बढाउने बढी जिम्मेवारी भारतको भएको बताए ।

पूर्व वाणिज्य सचिव पुरुषोत्तम ओझाले द्विपक्षीय योजनाको कार्यान्वयन प्रक्रिया एकदमै ढिलो हुने गरेकाले त्यसमा ध्यान दिनुपर्ने बताए । उनले केही वर्ष अगाडिसम्म भारत नेपालमा सबैभन्दा प्रत्यक्ष लगानी प्रवाह गर्ने मुलुक भएपनि अहिले भारतलाई चीनले उछिनेको बताए । नेपालमा भारतलगायत अन्य मुलुकबाट वैदेशिक लगानी  भित्र्याउनका लागि पहल गर्नुपर्ने बताए ।

नेपाली कांग्रेसका नेता उदय शमशेर राणाले भारत र चीनसँग सिमाना जोडिएको नेपालको छिमेकीसँगको सम्बन्ध जहिले पनि उच्च प्राथमिकतामा रहेको बताए । कालापानी सीमा विवादका कारण दुई देशको सम्बन्ध सन् २०२० मा बिग्रिएको बताउँदै राणाले केही समय अगाडिसम्म दुई देशको बीचमा उच्चस्तरीय वार्ता नभएको बताए ।

उनले भने,’हालै भारतीय रअ प्रमुख सामन्तकुमार गोयलको नेपाल भ्रमण विवादास्पद बन्यो तर मलाई के लाग्छ भने छिमेकी मुलुकको खुफिया एजेन्सीको प्रमुखले मित्रवत मुलुकको भ्रमण गर्नु र सुरक्षा चासोको विषयमा जानकारी लिनु सामान्य प्रक्रिया हो ।’

उनले रअ प्रमुखले पहिलोपटक नेपालको भ्रमण नगरेको र प्रायजसो सबै रअ प्रमुखले नेपालको भ्रमण गरेको बताए । ‘तर गोयलको भ्रमणको विषयमा केही निश्चित प्रश्नहरु उठेका छन्, पहिलो, भ्रमणको टाइमिङ र दोस्रो, गोयलले प्रधानमन्त्रीलाई मात्र भेटे । उनले नेपाली समकक्षी, सुरक्षा निकायका प्रमुखहरु र अन्यलाई भेटनुपर्थ्यो’, राणाले भने । उनले विशेषगरी खुफिया एजेन्सीको प्रमुखको भ्रमण गोप्य हुने भएपनि नेपाली पक्षले यसलाई सार्वजनिक गरेको बताए ।

नेपाली सेनाका पूर्व प्रधान सेनापति रुक्माङ्गत कटवालले नेपाल र भारत वार्ता र कुराकानी नगरी बस्न नसक्ने बताए । उनले यतिवेला नेपाल–भारत सम्बन्धमा अविश्वास र आशंका हावी भएको बताउँदै त्यसको खोजी गर्नुपर्ने बताए । उनले भने,’नेपाल र भारतको बीचमा अविश्वास सिर्जना हुनुको कारण के हो, त्यसको राम्रोसँग पहिचान गर्नुपर्छ र त्यसको राम्रो उपचार पनि गर्नुपर्छ ।’ उनले ईपीजीले प्रतिवेदन तयार पारेको दुई वर्ष हुँदा पनि भारतले किन बुझ्न नमानेको भनी प्रश्न गरे ।

एआईडिएका संस्थापक सुनील केसीले नेपाल र भारत दुवैले अब आर्थिक सहकार्यको विषयलाई अगाडि बढाउनुपर्ने बताए । उनले भने,’राजनीतिक र अन्य विषयले गर्दा दुई देशको बीचमा धेरै सम्भावना रहेको आर्थिक सहकार्य ओझेलमा परेको छ, यसलाई अगाडि बढाउन आवश्यक छ ।’

विवेकानन्द फाउन्डेसनका संस्थापक निर्देशक अहिलेका भारतका राष्ट्रिय सुरक्षा सल्लाहकार अजित डोभल हुन् । भारतीय विदेश सचिवको नेपाल भ्रमणलाई लक्षित गरेर सो कार्यक्रमको आयोजना गरिएको हो ।

 

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

  • Jana Prahar

    जन आवाज मिडिया हब प्रा.लि.द्धारा सञ्चालित
    कम्पनी दर्ता नं : १८४८४७/२०७४/०७५
    मु .अ.क.नं : ६०६७६८१०२
    अनलाइन दर्ता प्रमाणपत्र नं. ७४३/ २०७४-०७५
    अनलाइन दर्ता प्रमाणपत्र नं.३५३७/२०७८/०७९
    प्रेस काउन्सिल सूचीकरण नं. ३५२१
    स्थायी लेखा नं(PAN) : ६०६७६८१०२
    त्रिनेत्र खवर राष्ट्रिय साप्ताहिक
    दर्ता नं ३४५ /२०७५/०७६
    ठेगानाः गोकुलगंगा,०४,रामेछाप बागमती प्रदेश नेपाल ।
    सम्पर्क नं.: ९७७–९८४०४२११७४
    Email :janaprahar2074@gamil.com
    Email : janaprahar@gmail.com
    Email : janaaawaaj@gmail.com
    Email : trinetrakhabar2076@gmail.com

    हाम्रो टिम

    अध्यक्ष तथा प्रबन्ध निर्देशक

    प्रकाशक : – नेत्र बहादुर कार्की ।

    सम्पादक :- कुमार अधिकारी ।

    सह-सम्पादक :- नमुना दहाल कार्की ।

    सम्बाददाता :- टिका प्रसाद दहाल ।           

    मोबाइल नंम्बर :-९८४०४२११७४