Jana Prahar

आइतबार, असोज २५ २०८३ |

Jana Prahar

Advertisment

SKIP THIS

सरकारले भेटेन ‘थिंकट्यांक’मा जागिर गर्न इच्छुक अनुसन्धानकर्ता


  • जन प्रहार
  • प्रकाशित मिति सोमबार, मंसिर ८ २०७७
  • 3.1K
    SHARES

काठमाडौं । नोवेल कोरोना भाइरस (कोभिड–१९) महामारीले बेरोजगारी बढेको समाचार आइरहेका बेला नीति अनुसन्धान प्रतिष्ठानमा जागिर खान भने कोही पनि इच्छुक देखिएको छैन ।

नेपाल सरकारले अख्तियार गरेको र गर्ने नीति/रणनीतिलाई विज्ञहरूको अध्ययन, अनुसन्धान तथा विश्लेषण गर्न स्थापित प्रतिष्ठानमा जागिर खान योग्य व्यक्तिहरूले आवेदन नै दिएनन् ।

प्रतिष्ठानले गत कात्तिक १ गते ६ अनुसन्धानकर्ता र २ सहअनुसन्धानकर्ताको विज्ञापन खुलाएको थियो । पर्याप्त आवेदन नपरेपछि प्रतिष्ठानले पुनः विज्ञापन आह्वान गरेको छ ।

विकास पूर्वाधार तथा आर्थिक मामिला, शासकीय प्रबन्ध तथा सार्वजनिक सेवा प्रवाह, राजनीतिक र सामाजिक मामिला, विज्ञान, प्रविधि तथा वातावरण र सूचना तथा ज्ञान व्यवस्थापन गरी ६ अनुसन्धानकर्ता पदका लागि आवेदन पुनः खुलाएको हो ।

यस्तै, विकास पूर्वाधार तथा आर्थिक मामिला र शासकीय प्रबन्ध तथा सार्वजनिक सेवा प्रवाहतर्फ एक–एक जना सहअनुसन्धानकर्तामा जागिर खुलेको छ ।

कम्तिमा स्नातकोत्तर तह उत्तीर्णलाई २९ मंसिरभित्र आवेदन दिन प्रतिष्ठानले आह्वान गरेको छ ।

 

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

  • Jana Prahar

    जन आवाज मिडिया हब प्रा.लि.द्धारा सञ्चालित
    कम्पनी दर्ता नं : १८४८४७/२०७४/०७५
    मु .अ.क.नं : ६०६७६८१०२
    अनलाइन दर्ता प्रमाणपत्र नं. ७४३/ २०७४-०७५
    अनलाइन दर्ता प्रमाणपत्र नं.३५३७/२०७८/०७९
    प्रेस काउन्सिल सूचीकरण नं. ३५२१
    स्थायी लेखा नं(PAN) : ६०६७६८१०२
    त्रिनेत्र खवर राष्ट्रिय साप्ताहिक
    दर्ता नं ३४५ /२०७५/०७६
    ठेगानाः गोकुलगंगा,०४,रामेछाप बागमती प्रदेश नेपाल ।
    सम्पर्क नं.: ९७७–९८४०४२११७४
    Email :janaprahar2074@gamil.com
    Email : janaprahar@gmail.com
    Email : janaaawaaj@gmail.com
    Email : trinetrakhabar2076@gmail.com

    हाम्रो टिम

    अध्यक्ष तथा प्रबन्ध निर्देशक

    प्रकाशक : – नेत्र बहादुर कार्की ।

    सम्पादक :- कुमार अधिकारी ।

    सह-सम्पादक :- नमुना दहाल कार्की ।

    सम्बाददाता :- टिका प्रसाद दहाल ।           

    मोबाइल नंम्बर :-९८४०४२११७४