Jana Prahar

आइतबार, असोज २५ २०८३ |

Jana Prahar

Advertisment

SKIP THIS

१५ उत्कृष्ट करदाता घोषित, व्यक्तिगत आयकर बढी तिर्नेमा विजयकुमार शाह


  • जन प्रहार
  • प्रकाशित मिति आइतबार, मंसिर ७ २०७७
  • 7K
    SHARES

काठमाडौं । सरकारले ९औं राष्ट्रिय कर दिवसको अवसर पारी उत्कृष्ट करदाता घोषणा गरेको छ ।  आन्तरिक राजस्व विभागले कर सप्ताहको आज अन्तिम दिन उत्कृष्ट १५ करदाताको नाम घोषणा गरेको छ ।

विभागका अनुसार आयकरतर्फ आर्थिक वर्ष २०७५/७६ र मूल्य अभिवृद्धि करतर्फ आर्थिक वर्ष २०७६/७७ लाई आधार मानेर सूची निकालिएको हो । विभागका अनुसार यस वर्ष व्यक्तिगत आयकरतर्फ सबैभन्दा बढी कर तिर्ने उद्योगी विजयबहादुर शाह बनेका छन् । उनी विभिन्न लिकर कम्पनीका मालिक हुन् ।

विभागले हरेक वर्ष १ मंसिरका दिन कर दिवसको अवसर पारी उत्कृष्ट करदाता घोषणा गर्दै आएको थियो । तर, यो वर्ष सार्वजनिक बिदा र कोरोना भाइरसको महामारीका कारण साविकमा जस्तै कार्यक्रम गरी घोषणा भने सरकारले गरेन ।

विभागका अनुसार आव २०७५/७६ मा सबैभन्दा बढी कर तिर्ने कम्पनी सूर्य नेपाल भएको छ । निर्यातकर्तामध्ये सबैभन्दा बढी आयकर तिर्ने कम्पनी भने डाबर नेपाल प्रालि रहेको छ ।

बढी आयकर तिर्ने विशेष उद्योगका रुपमा हिमाल पावर कम्पनी उत्कृष्ट घोषित भएको छ । कृषि एवम् पशुपंक्षी उद्योगमध्ये सबैभन्दा बढी आयकर तिर्ने करदाता अन्नपूर्ण एग्रो एण्डष्ट्रिज प्रालि घोषित भएको छ ।

पर्यटन व्यवसायमध्ये सबैभन्दा बढी आयकर तिर्ने कम्पनी तारागाउँ रिजेन्सी होटेल्स लिमिटेड भएको छ । विप्रेषणको कारोबार गर्ने कम्पनीमध्ये बढी आयकर आइएमई लिमिटेडले तिरेको छ । बैंक तथा वित्तीय संस्थामा बढी आयकर तिरेको नविल बैंक उत्कष्ट ठहर भएको छ ।

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

  • Jana Prahar

    जन आवाज मिडिया हब प्रा.लि.द्धारा सञ्चालित
    कम्पनी दर्ता नं : १८४८४७/२०७४/०७५
    मु .अ.क.नं : ६०६७६८१०२
    अनलाइन दर्ता प्रमाणपत्र नं. ७४३/ २०७४-०७५
    अनलाइन दर्ता प्रमाणपत्र नं.३५३७/२०७८/०७९
    प्रेस काउन्सिल सूचीकरण नं. ३५२१
    स्थायी लेखा नं(PAN) : ६०६७६८१०२
    त्रिनेत्र खवर राष्ट्रिय साप्ताहिक
    दर्ता नं ३४५ /२०७५/०७६
    ठेगानाः गोकुलगंगा,०४,रामेछाप बागमती प्रदेश नेपाल ।
    सम्पर्क नं.: ९७७–९८४०४२११७४
    Email :janaprahar2074@gamil.com
    Email : janaprahar@gmail.com
    Email : janaaawaaj@gmail.com
    Email : trinetrakhabar2076@gmail.com

    हाम्रो टिम

    अध्यक्ष तथा प्रबन्ध निर्देशक

    प्रकाशक : – नेत्र बहादुर कार्की ।

    सम्पादक :- कुमार अधिकारी ।

    सह-सम्पादक :- नमुना दहाल कार्की ।

    सम्बाददाता :- टिका प्रसाद दहाल ।           

    मोबाइल नंम्बर :-९८४०४२११७४