Jana Prahar

आइतबार, असोज २५ २०८३ |

Jana Prahar

Advertisment

SKIP THIS

पार्टी एकता कायम राख्न मन्त्री छोड्न तयार छु : पर्यटनमन्त्री भट्टराई


  • जन प्रहार
  • प्रकाशित मिति बिहिबार, मंसिर ४ २०७७
  • 4.4K
    SHARES

वीरगञ्ज । सँस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री योगेश भट्टराईले पार्टीलाई एक ढिक्का राख्न आफू मन्त्री पद छाड्न तयार रहेको बताएका छन् ।

नेकपा पर्साको पार्टी कार्यालय वीरगञ्जमा नेता कार्यकर्ताहरुसँगको भेटमा उनले सरकार पुनर्गठन गर्दा पार्टीभित्रको विवाद अन्त्य हुने अवस्था आए राजीनामा दिन तयार रहेको बताएका हुन् ।

‘तपाई हामी जे सुकै कुरा त्याग्न तयार हुनुपर्छ, आज पर्यटन मन्त्री छु, पार्टी एक हुनका लागि सरकार पुनर्गठन गर्नुपर्ने भो, मन्त्री पद छोडिदिनुस् भन्नुहुन्छ भने हामी छोडिहाल्छौं, राजिनामा दिउँला’ उनले भने ‘के गर्दा पार्टी एकता बलियो हुन्छ त्यही गरौंला, पार्टीभित्र कुनै जिम्मेवारी मिलेको छैन भने मिलाउनुपर्छ, हिजो जिम्मेवारी बाँडफाँट गर्दा एक पक्षीय भएको छ भने मिलाएर जानुपर्छ । त्यसो गर्दा सरकार स्थिर र बलियो हुन्छ ।’

नेकपा स्थायी कमिटी सदस्यसमेत रहेका भट्टराईले पार्टीभित्रको अन्तर्विरोधका बेला कसैलाई साथ नदिएर कार्यकर्ताले दबाब सिर्जना गर्न सक्ने बताए ।

‘लडाईको मुख्य केन्द्र टुप्पीतिर छ, माथिल्लो तहमा अन्तर्विरोध छ, हामीलाई डन्डा हान्ने अधिकार छैन भनेपनि तिम्रो लडाईमा हामी भाग लिँदैनौ है भन्न सकिन्छ । त्यति भन्दा मात्रै पनि पार्टीभित्रको अन्तर्विरोधमा कमी आउँछ, नेतृत्वले अन्तर्विरोधमा कसैले साथ दिएको छैन भन्ने बुझेपछि सहमति, समझदारीको कुरा शुरु गर्न थाल्दछन्’ उनले भने ।

पार्टी दक्षिण वा उत्तरको सक्रियताले फुट्ने वा जुट्ने नभई नेता कार्यकर्ताको हातमा नै पार्टीको भविष्य रहेको भट्टराईले बताए ।

‘नेकपा घरेलु हो, नेपालमा पत्ता लागेको बिउ हो, नेपाली मल र हावापानीमा हुर्केको पार्टी हो । आयातीत मल छैन, जैविक र मौलिक पार्टी हो । नेपाली सीप र प्रविधिले बनेको पार्टी हो । विदेशी सीप वा प्रविधिले बनेको होइन’ उनले भने, ‘नेकपामा आयातीतको कुनै असर पर्दैन, यो पार्टी विकास हुने हो वा विनाश हुने पार्टी भित्रैबाट हुने हो ।’

कसैले जोगाउँछु र सक्छु भन्दैमा पार्टी जोगिने र सकिने नहुने भन्दै मन्त्री भट्टराईले थपे ‘हिमालपारीको खुसामदले जोडिने वा मैदान पारीको सक्रियताले टुट्ने पार्टी होइन । फुट्ने कि जुट्ने नेकपाको नेता कार्यकर्ताको हातमा छ ।’

कार्यकर्ताहरुलाई पार्टीको अन्र्तविरोधमा पेट्रोल नछर्कन पनि उनले आग्रह गरे ।

‘नेकपाका प्रत्येक सदस्यसँग दुईवटा हात छ । हातमा पेट्रोल बोक्ने वा पानी ? यो निर्णय कार्यकर्ताले गर्ने हो । अलि अलि आगो लागेको छ त्यसमा छर्किनुदिनु भो भने ठूलो आगो लाग्छ । त्यसले एकछिन मज्जा आउँछ । उर्जा आउँछ, एकछिनपछि खरानी हुन्छ, तपाई हाम्रो सपना पनि डढ्छ’, नेता भट्टराईले भने, ‘पानीको जर्किन छ भने पानीले उर्जा र जीवन दुवै दिन्छ । स्थायित्व दिन्छ । पेट्रोल नबोकिदिनुस, पानी बोकिदिनुस्, बोक्न मन छैन भने केही नबोक्नुस् ।’

इतिहासकै कठिन क्षणमा पार्टी रहेको बताउँदै उनले कठिनाईलाई पार गर्दा १०÷२० वर्ष केही नहुने दावी गरे । सरकार पार्टी सञ्चालन गर्दा नेतृत्वबीच समझदारी र छलफल आवश्यकता रहेको उनको भनाइ छ ।

 

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

  • Jana Prahar

    जन आवाज मिडिया हब प्रा.लि.द्धारा सञ्चालित
    कम्पनी दर्ता नं : १८४८४७/२०७४/०७५
    मु .अ.क.नं : ६०६७६८१०२
    अनलाइन दर्ता प्रमाणपत्र नं. ७४३/ २०७४-०७५
    अनलाइन दर्ता प्रमाणपत्र नं.३५३७/२०७८/०७९
    प्रेस काउन्सिल सूचीकरण नं. ३५२१
    स्थायी लेखा नं(PAN) : ६०६७६८१०२
    त्रिनेत्र खवर राष्ट्रिय साप्ताहिक
    दर्ता नं ३४५ /२०७५/०७६
    ठेगानाः गोकुलगंगा,०४,रामेछाप बागमती प्रदेश नेपाल ।
    सम्पर्क नं.: ९७७–९८४०४२११७४
    Email :janaprahar2074@gamil.com
    Email : janaprahar@gmail.com
    Email : janaaawaaj@gmail.com
    Email : trinetrakhabar2076@gmail.com

    हाम्रो टिम

    अध्यक्ष तथा प्रबन्ध निर्देशक

    प्रकाशक : – नेत्र बहादुर कार्की ।

    सम्पादक :- कुमार अधिकारी ।

    सह-सम्पादक :- नमुना दहाल कार्की ।

    सम्बाददाता :- टिका प्रसाद दहाल ।           

    मोबाइल नंम्बर :-९८४०४२११७४