Jana Prahar

आइतबार, असोज २५ २०८३ |

Jana Prahar

Advertisment

SKIP THIS

६७३१ जनामा परीक्षण गर्दा १४४२ जनामा कोरोना संक्रमण पुष्टि


  • जन प्रहार
  • प्रकाशित मिति बुधबार, मंसिर ३ २०७७
  • 3.9K
    SHARES

काठमाडौं । पछिल्लो २४ घण्टामा थप १४४२ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार ६७३१ जनामा गरिएको परीक्षणमा ९०८ पुरुष र ५३४ जना महिलामा संक्रमण पुष्टि भएको हो ।

योसँगै नेपालमा कोरोना भाइरस संक्रमितको संख्या २ लाख १२ हजार ९१७ पुगेको छ ।

पछिल्लो २४ घण्टामा ३५३८ जना कोरोना भाइरस संक्रमणमुक्त भएका छन् । हालसम्म १ लाख ८२ हजार ७८० जना संक्रमणमुक्त भएका छन् । देशभर सक्रिय संक्रमितको संख्या २८ हजार ८७८ रहेको छ ।

कहाँ कति संक्रमित ?

पछिल्लो २४ घण्टामा काठमाडौंमा ८२२, भक्तपुरमा ४८ र ललितपुरमा १६८ जनामा संक्रमण देखिएको छ । त्यस्तै चितवनमा १०५, कास्कीमा ३२, मोरङमा २९, मकवानपुरमा १७, झापा र रुपन्देहीमा १६/१६, स्याङ्जामा १५ जनामा संक्रमण पुष्टि भएको छ ।

त्यस्तै दाङमा १४, तनहुँमा १३, धनुषामा १०, सर्लाहीमा ९, बाँके र कैलालीमा ८/८, धादिङ, नुवाकोट र सिन्धुपाल्चोकमा ७/७, महोत्तरी, सिराहा, काभ्रे र पाल्पामा ६/६, सप्तरी, गोरखा, बाग्लुङ, कपिलवस्तु र नवलपरासीमा ५/५ जना संक्रमित भेटिएका छन् ।

बारा र प्युठानमा ४/४, इलाम, रामेछाप र म्याग्दीमा ३/३, धनकुटा, सुनसरी, सिन्धुली, पर्वत, लमजुङ, बर्दिया र दार्चुलामा २/२ र ताप्लेजुङ, भोजपुर, संखुवासभा, पर्सा, अर्घाखाँची, गुल्मी र रोल्पामा १/१ जना संक्रमित भेटिएका छन् ।

 

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

  • Jana Prahar

    जन आवाज मिडिया हब प्रा.लि.द्धारा सञ्चालित
    कम्पनी दर्ता नं : १८४८४७/२०७४/०७५
    मु .अ.क.नं : ६०६७६८१०२
    अनलाइन दर्ता प्रमाणपत्र नं. ७४३/ २०७४-०७५
    अनलाइन दर्ता प्रमाणपत्र नं.३५३७/२०७८/०७९
    प्रेस काउन्सिल सूचीकरण नं. ३५२१
    स्थायी लेखा नं(PAN) : ६०६७६८१०२
    त्रिनेत्र खवर राष्ट्रिय साप्ताहिक
    दर्ता नं ३४५ /२०७५/०७६
    ठेगानाः गोकुलगंगा,०४,रामेछाप बागमती प्रदेश नेपाल ।
    सम्पर्क नं.: ९७७–९८४०४२११७४
    Email :janaprahar2074@gamil.com
    Email : janaprahar@gmail.com
    Email : janaaawaaj@gmail.com
    Email : trinetrakhabar2076@gmail.com

    हाम्रो टिम

    अध्यक्ष तथा प्रबन्ध निर्देशक

    प्रकाशक : – नेत्र बहादुर कार्की ।

    सम्पादक :- कुमार अधिकारी ।

    सह-सम्पादक :- नमुना दहाल कार्की ।

    सम्बाददाता :- टिका प्रसाद दहाल ।           

    मोबाइल नंम्बर :-९८४०४२११७४