Jana Prahar

आइतबार, असोज २५ २०८३ |

Jana Prahar

Advertisment

SKIP THIS

नेपाल र बंगलादेशबीच दोस्रो खेल आज, बदला लेला नेपालले ?


  • जन प्रहार
  • प्रकाशित मिति मंगलबार, मंसिर २ २०७७
  • 5.9K
    SHARES

काठमाडौं । दुई खेलको अन्तर्राष्ट्रिय मैत्रीपूर्ण फुटबल सिरिजका लागि ढाकामा रहेको नेपाली राष्ट्रिय फुटबल टोलीले आज दोस्रो खेल खेल्दैछ । नेपाल र बंगलादेशबीच दोस्रो मेत्रीपूर्ण खेल नेपाली समयअनुसार पौने ५ बजे ढाकास्थित बंगबन्धु नेशनल स्टेडियममा हुनेछ ।

शुक्रबार भएको पहिलो खेलमा बंगलादेशसँग २-० ले पराजित भएको नेपाल दोस्रो खेलमा जित हात पार्दै सिरिज बराबरी गर्ने लक्ष्यमा छ । केही सिनियर खेलाडीहरु टिममा नहुनु र फिटनेसमा पनि कमजोर देखिएको नेपालले पहिलो खेलमा राम्रो प्रदर्शन गर्न सकेको थियो ।

रंगशालामा उपस्थित हजारौँ घरेलु दर्शकका कारण पनि बंगलादेश पहिलो खेलमा उत्साहित देखिएको थियो । दुई खेलको सिरिज भएकाले नेपाल दोस्रो खेल जित्दै सिरिजको सुखद अन्त्य गर्न चाहन्छ । नेपालका अन्तरिम मुख्य प्रशिक्षक बालगोपाल महर्जनले पनि दोस्रो खेल जित हात पार्ने लक्ष्य रहेको बताएका छन् ।

पहिलो खेलअघि कोरोना पोजेटिभ देखिएकाले खेल्न नपाएका डिफेण्डर रजिन धिमाल कोरोना संक्रमणबाट मुक्त भएर प्रशिक्षणमा फर्किइसकेका छन् । उनले दोस्रो खेल पहिलो रोजाइमा खेल्ने सम्भावना पनि छ ।

यस्तै पहिलो खेलमा डेब्यु गरेका युवा खेलाडीहरु विकास खवास, एरिक विष्ट र दर्शन गुरुङको प्रदर्शन नेपालको लागि सकारात्मक विषयको रुपमा रहेको छ । नेपाली टिममा गोलरक्षक विशाल श्रेष्ठसहित अझै ६ खेलाडीले डेब्यु गर्न बाँकी छ ।

पहिलो खेलमा सहज जित हात पारेको बंगलादेशी टोली दोस्रो खेलमा पनि उकत लय कायम राख्दै मुजिब बोर्शो फिफा अन्तर्राष्ट्रिय सिरिज ट्रफी घरमै राख्न चाहन्छ । पहिलो खेलपछि कोरोना संक्रमित भएका बंगलादेशका मुख्य प्रशिक्षक जेमी डे दोस्रो खेलमा टसलाइनमा हुने छैनन् ।

२०२२२ मा कतारमा हुने फिफा विश्वकप र २०२३ मा चीनमा हुने एएफसी एसियन कपको संयुक्त छनोट अन्तर्गत २०२१ मा हुने समूह चरणको बाँकी खेलको तयारी स्वरुप नेपाल र बंगलादेशबीच मैत्रीपूर्ण खेल खेलिएको हो । यस्तै फिफा वरीयतामा पनि यो दुई खेलले प्रभाव पार्नेछ ।

 

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

  • Jana Prahar

    जन आवाज मिडिया हब प्रा.लि.द्धारा सञ्चालित
    कम्पनी दर्ता नं : १८४८४७/२०७४/०७५
    मु .अ.क.नं : ६०६७६८१०२
    अनलाइन दर्ता प्रमाणपत्र नं. ७४३/ २०७४-०७५
    अनलाइन दर्ता प्रमाणपत्र नं.३५३७/२०७८/०७९
    प्रेस काउन्सिल सूचीकरण नं. ३५२१
    स्थायी लेखा नं(PAN) : ६०६७६८१०२
    त्रिनेत्र खवर राष्ट्रिय साप्ताहिक
    दर्ता नं ३४५ /२०७५/०७६
    ठेगानाः गोकुलगंगा,०४,रामेछाप बागमती प्रदेश नेपाल ।
    सम्पर्क नं.: ९७७–९८४०४२११७४
    Email :janaprahar2074@gamil.com
    Email : janaprahar@gmail.com
    Email : janaaawaaj@gmail.com
    Email : trinetrakhabar2076@gmail.com

    हाम्रो टिम

    अध्यक्ष तथा प्रबन्ध निर्देशक

    प्रकाशक : – नेत्र बहादुर कार्की ।

    सम्पादक :- कुमार अधिकारी ।

    सह-सम्पादक :- नमुना दहाल कार्की ।

    सम्बाददाता :- टिका प्रसाद दहाल ।           

    मोबाइल नंम्बर :-९८४०४२११७४