Jana Prahar

आइतबार, असोज २५ २०८३ |

Jana Prahar

Advertisment

SKIP THIS

‘बलात्कारको घटनामा पीडित महिलाकै कमजोरी खोजियो’


  • जन प्रहार
  • प्रकाशित मिति शुक्रबार, असोज २३ २०७७
  • 5K
    SHARES

काठमाडौं । अधिकारका क्षेत्रमा कार्यरतहरुले बलात्कारलगायतका महिलामाथि हुने यौन हिंसाका घटनामा महिलाकै कमजोरीलाई खोजिँदा पीडित महिला अझै पीडित भईरहेका बताएका छन् ।त्रिभुवन विश्वविद्यालय, मानवशास्त्र केन्द्रीय विभाग र महिला मानव अधिकार रक्षकको राष्ट्रिय सञ्जालले आज आयोजना गरेको ‘महिला र दतिमाथिको बढ्दो अपराध’ विषयको वेभ छलफमा उनीहरुले कुनै पनि घटनामा पीडकलाई उन्मुक्ति दिएर पीडितको कमजोरी खोजिने प्रवृत्ति हट्न नसकेको बताए ।

महिला अधिकारवादी डा. रेणु राजभण्डारीले अहिले पनि बलात्कृत महिलालाई समाजले बिटुलीएको र परिवारको इज्जत जान्छ भन्ने रुपमा लिने गरेको उल्लेख गरे । अधिकारकर्मी र मिडियाले पनि पीडितको कारवाही भए÷नभएको कुरामा ध्यान दिए पनि महिलामा परेको सामाजिक, मानसिकलगायतका असरबारेमा ध्यान नदिएको उनको औँल्याए । उनले भने, “अहिलेसम्म धेरै राजनीतिक बहस भए पनि अबका दिनमा रुपान्तरणमुखी सामाजिक बहसको खाँचो छ ।”

पत्रकार तथा सामाजिक अभियानकर्मी कनकमणी दिक्षितले अबको बाटो सामाजिक शिक्षा नै भएको औँल्याए । सामाजिक, नैतिक शिक्षा र सहअनुभूतिका कुरा बालबालिकालाई सिकाउन खाँचो रहेको उनको भनाइ छ । महिला हिंसाका घटना नेपालमा मात्रै नभएर संसारभर भइरहे पनि मुलधारकै मिडियामा पनि कमजोर र शक्तिहिन महिलाका रुपमा चित्रण गरिने गरेको बताए । उनले भने, “युट्युबलगायतका मिडियाको नियन्त्रणको कुरा उठीरहँदा यससँगै वाक स्वतन्त्रताको विषय जोडिएको छ ।”

सामाजिक अभियानकर्मी गौरा नेपालीले पाठ्यक्रममा रहेको जातीय विभेदका विषयवस्तु हट्न नसकेको औँल्याए। पाठ्यक्रममा दलितलाई तल्लो जातका रुपमा चित्रण गरिएकाले यस समुदायका बालबालिकामा आफु तल्लो जातको हुँ भन्ने भावना विकास भएको उहाँको भनाइ छ । कतिपय शिक्षित व्यक्तिले समेत दलितका विषयप्रति संवेदनशील हुन नसकेको उनको आरोप छ । उनले भने, “डिग्री पढेका व्यक्तिमा समेत समान भए आरक्षण किन चाहियो र समान नभए विभेद किन नगर्ने भन्ने सोचाइ पाइन्छ ।”

 

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

  • Jana Prahar

    जन आवाज मिडिया हब प्रा.लि.द्धारा सञ्चालित
    कम्पनी दर्ता नं : १८४८४७/२०७४/०७५
    मु .अ.क.नं : ६०६७६८१०२
    अनलाइन दर्ता प्रमाणपत्र नं. ७४३/ २०७४-०७५
    अनलाइन दर्ता प्रमाणपत्र नं.३५३७/२०७८/०७९
    प्रेस काउन्सिल सूचीकरण नं. ३५२१
    स्थायी लेखा नं(PAN) : ६०६७६८१०२
    त्रिनेत्र खवर राष्ट्रिय साप्ताहिक
    दर्ता नं ३४५ /२०७५/०७६
    ठेगानाः गोकुलगंगा,०४,रामेछाप बागमती प्रदेश नेपाल ।
    सम्पर्क नं.: ९७७–९८४०४२११७४
    Email :janaprahar2074@gamil.com
    Email : janaprahar@gmail.com
    Email : janaaawaaj@gmail.com
    Email : trinetrakhabar2076@gmail.com

    हाम्रो टिम

    अध्यक्ष तथा प्रबन्ध निर्देशक

    प्रकाशक : – नेत्र बहादुर कार्की ।

    सम्पादक :- कुमार अधिकारी ।

    सह-सम्पादक :- नमुना दहाल कार्की ।

    सम्बाददाता :- टिका प्रसाद दहाल ।           

    मोबाइल नंम्बर :-९८४०४२११७४