Jana Prahar

आइतबार, असोज २५ २०८३ |

Jana Prahar

Advertisment

SKIP THIS

ट्रम्प कोरोना संक्रमित हुँदा अमेरिकी निर्वाचनमा के असर गर्ला ?


  • जन प्रहार
  • प्रकाशित मिति बुधबार, असोज २१ २०७७
  • 6.1K
    SHARES

काठमाडौं । अमेरिकामा राष्ट्रपति डोनाल्ड ट्रम्पलाई कोरोना संक्रमण पुष्टि भएपछि त्यसले नोभेम्बर ३ मा हुने राष्ट्रपति निर्वाचनमा कस्तो असर पर्ला भन्नेमा यतिबेला सर्वत्र चासो छ ।

यसका दुई पाटा छन्, पहिलो ट्रम्प थप बिरामी भए त्यसले निर्वाचनमा के असर गर्ला र दोस्रो, संक्रमणले ट्रम्पलाई कति फाइदा र बेफाइदा भयो ? केहीले यो संक्रमणले उनलाई निर्वाचनमा थप सहज हुन सक्ने बताएका छन् भने कतिपयले नकारात्मक असर गर्ने धारणा राखेका छन् ।ट्र्रम्पलाई संक्रमण पुष्टि भएसँगै निर्वाचनको अभियानमा असर परेको छ । आइसोलेसनमा बस्नुपर्ने बाध्यताका कारण उनले राम्रोसँग आफ्नो चुनावी अभियानलाई अघि बढाउन पाएका छैनन् । साथै उनका निकटका धेरैलाई संक्रमण पुष्टि भएको कारण चुनावी अभियानमा थप धक्का पुगेको छ । जसको फाइदा विपक्षी पार्टीलाई पनि हुन सक्छ ।

अन्तर्राष्ट्रिय सञ्चारमाध्यमका अनुसार संक्रमणपछि ट्रम्प पहिलाजस्तै स्वस्थ नरहने भएकाले भौतिक रुपमा उनको उपस्थिति कमजोर हुन सक्छ । जसको कारण उनले पहिलाको जस्तो सशक्त चुनावी अभियान नचलाउन पनि सक्छन् । यसले विपक्षी उम्मेदवार जो बाइडनलाई केही फाइदा पुग्न सक्छ ।

डब्ल्यूएचओ तथा स्वास्थ्य विशेषज्ञहरुले दिएको सुझाव नमान्ने गरेका ट्रम्प स्वयंलाई कोरोना संक्रमण भएसँगै उनले थप आलोचनाको सामना गर्नुपर्ने हुन सक्छ, जुन आगामी निर्वाचनमा उनको लागि हानिकारक हुन सक्छ । कोरोना भाइरस नियन्त्रणको लागि उनले चालेको कदमको आलोचना भइरहेको अवस्थामा संक्रमण पुष्टि हुनुले विपक्षीलाई थप बल पुग्न सक्छ ।

उपचार गराइरहेकै समयमा अस्पतालबाट बाहिर निस्केर समर्थकलाई भेटेको तथा निको नहुँँदै घर फर्किएको जस्ता विषयलाई लिएर विपक्षीले ट्रम्पको आलोचना गरिरहेका छन् । यसको पनि केही असर आगामी निर्वाचनमा देखिन सक्छ ।

अमेरिकी राष्ट्रपति निर्वाचनमा अन्तिम एक महिनाको समय निकै महत्वपूर्ण मानिन्छ । तर, ट्रम्पलाई कोरोना संक्रमण देखिएसँगै यसअघि तय गरिएका धेरै कार्यक्रम रद्ध वा स्थगित गरिएका छन् । त्यसैले अन्तिम एक महिनामा ट्रम्पले चाहेको जसरी चुनावी अभियान पूरा नहुन सक्छ ।

अर्काेतर्फ ट्रम्पले संक्रमित भएपछि निको हुँदै आफ्नो अनुभव सुनाउँदै यो खासै ठूलो रोग नरहेको र यसबाट आत्तिनुपर्ने जरुरी नरहेको भन्दै यसअघिको आफ्नो अभिव्यक्तिको बचाउ गर्न सक्छन् ।

यसअघि पनि बेलायतका प्रधानमन्त्री बोरिस जोन्सन र ब्राजिलका राष्ट्रपति जेयर बोल्सोनारो पनि संक्रमित भइसकेका छन् । संक्रमित भएपछि उनीहरुको लोकप्रियता बढेको अध्ययनहरुले देखाएका छन् ।

उनीहरुप्रति हुने सहानुभूति र संक्रमित व्यक्तिप्रति उनीहरुले सकारात्मक धारणा राख्ने विश्वास मानिसहरुमा देखिन सक्छ । जसले ट्रम्पलाई केही फाइदा पुग्न सक्छ । कोरोना संक्रमित भएसँगै उनले मानिसहरुबाट सहानुभूति पनि पाउन सक्ने एकथरीको विश्लेषण छ । अमेरिकामा यसअघि पनि बिरामी उम्मेदवारलाई नागरिकले सहानुभूति राख्दै जिताएको इतिहास धेरै छ ।

ट्रम्पलाई कोरोना संक्रमण भएसँगै यसअघि तय गरिएको प्रत्यक्ष चुनावी बहसको कार्यक्रममा पनि असर पर्न सक्छ । जसको कारण टेलिभिजन र सामाजिक सञ्जालजस्ता प्लेटफर्मको प्रयोग बढाउनु आवश्यक हुन्छ । यो मामिलामा विपक्षी उम्मेदवारभन्दा ट्रम्प अगाडि छन् । त्यसैले यसको फाइदा ट्रम्पलाई हुनेछ ।

 

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

  • Jana Prahar

    जन आवाज मिडिया हब प्रा.लि.द्धारा सञ्चालित
    कम्पनी दर्ता नं : १८४८४७/२०७४/०७५
    मु .अ.क.नं : ६०६७६८१०२
    अनलाइन दर्ता प्रमाणपत्र नं. ७४३/ २०७४-०७५
    अनलाइन दर्ता प्रमाणपत्र नं.३५३७/२०७८/०७९
    प्रेस काउन्सिल सूचीकरण नं. ३५२१
    स्थायी लेखा नं(PAN) : ६०६७६८१०२
    त्रिनेत्र खवर राष्ट्रिय साप्ताहिक
    दर्ता नं ३४५ /२०७५/०७६
    ठेगानाः गोकुलगंगा,०४,रामेछाप बागमती प्रदेश नेपाल ।
    सम्पर्क नं.: ९७७–९८४०४२११७४
    Email :janaprahar2074@gamil.com
    Email : janaprahar@gmail.com
    Email : janaaawaaj@gmail.com
    Email : trinetrakhabar2076@gmail.com

    हाम्रो टिम

    अध्यक्ष तथा प्रबन्ध निर्देशक

    प्रकाशक : – नेत्र बहादुर कार्की ।

    सम्पादक :- कुमार अधिकारी ।

    सह-सम्पादक :- नमुना दहाल कार्की ।

    सम्बाददाता :- टिका प्रसाद दहाल ।           

    मोबाइल नंम्बर :-९८४०४२११७४