Jana Prahar

आइतबार, असोज २५ २०८३ |

Jana Prahar

Advertisment

SKIP THIS

प्रदेशसभामा तोडफोड गर्ने तीन सांसदलाई कांग्रेसले कारवाही गर्ने


  • जन प्रहार
  • प्रकाशित मिति सोमबार, असोज १९ २०७७
  • 10.7K
    SHARES

काठमाडौं । प्रदेश नम्बर ५ को प्रदेशसभामा सोमबार तोडफोडमा उत्रिएका तीनजना प्रदेशसभा सांसदलाई नेपाली कांग्रेसले अनुशासनको कारवाही गर्ने भएको छ ।

संसदमा तोडफोड गर्नु नेपाली कांग्रेसको सिद्धान्त र मान्यताविपरीत कार्य भएको भन्दै कांग्रेसको अनुशासन विभागले प्रदेशसभा सदस्य बसिरुद्दिन खाँ, अष्टभुजा पाठक र बैजनाथ कलवार माथि अनुशासनको कारवाही गर्ने भएको हो । कांग्रेस स्रोतका अनुसार सोमबार दिउँसो बुटवलमा कांग्रेस सांसदले प्रदेशसभाभित्र तोडफोड गरेको सुन्नासाथ काठमाडौंमा पार्टी सभापति शेरबहादुर देउवा आक्रोशित बनेका थिए ।

सानेपामा सोमबार नै बस्ने भनिएको केन्द्रीय कार्यसमितिको बैठक कोरोनाका कारण बस्न नसकिरहेका बेला देउवाले केही केन्द्रीय नेताहरुसँग टेलिफोन सम्वाद गरेको स्रोतले बतायो । कांग्रेसको नीति विपरीत तोडफोड गर्नेहरुलाई तत्कालै कारवाही गर्न देउवाले निर्देशन दिएको एक नेताले जन न्युज नेपाल खबरलाई बताए ।

‘खास गरी तीनजना सांसदको व्यवहार देखेर सभापति आक्रोशित हुनुभएको छ’ कांग्रेसका एक नेताले भने, ‘तीनैजना प्रदेशसभा सदस्यमाथि विधानको प्रक्रिया पुर्‍याएर कारवाही हुन्छ ।’

सोमबार बुटवलमा प्रदेशसभाको बैठक भइरहँदा कांग्रेस सांसद बसिरुद्दिन खाँ, अष्टभुजा पाठक र बैजनाथ कलवार तोडफोडमा उत्रिएका थिए । अन्य केही सांसदले पनि उनीहरुलाई साथ दिएका थिए ।

रोष्टम अगाडि उभिएर शान्तिपूर्वक नाराबाजी गर्नु स्वाभाविकै भए पनि सरकारी सम्पतिमाथि भौतिक क्षति पुर्‍‍याइनु कांग्रेसको नीति विपरीत भएको एक नेताले बताए ।


यसैवीच, कांग्रेस प्रवक्ता विश्वप्रकाश शर्माले पनि सोमबार नै ट्विटमार्फत प्रदेशसभा तोडफोडको घटनालाई नेपाली कांग्रेसले ढाकछोप नगर्ने बताएका छन् । शर्माले ट्विटमा भनेका छन्, ‘अरुका गल्तीमा सच्याउँदै बढ्न प्रेरित गर्ने कांग्रेस आफ्नाको छिटपुट झगडा भनेर छोप्दैन, कठोरतापूर्वक सच्याएर बढ्ने सामर्थ्य राख्नेछौं ।’

Profile photo, opens profile page on Twitter in a new tab

Bishwa Prakash शर्मा
@bishwaprakash77

Replying to @bishwaprakash77

संसदीय ब्यवस्था कम्युनिस्टका लागि बाध्यताको,कांग्रेसका लागि रोजाईको पद्धति हो l परिमार्जित र सुसंस्कृत बनाउंदै अघि बढ्ने कर्तव्य पनि हाम्रै हो ! अरुका गल्तीमा सच्याउंदै बढ्न प्रेरित गर्ने कांग्रेस आफ्नाको `छिटपुट´ भनेर छोप्दैन,कठोरतापुर्वक सच्याएर बढ्ने सामर्थ्य राख्नेछौं !

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

  • Jana Prahar

    जन आवाज मिडिया हब प्रा.लि.द्धारा सञ्चालित
    कम्पनी दर्ता नं : १८४८४७/२०७४/०७५
    मु .अ.क.नं : ६०६७६८१०२
    अनलाइन दर्ता प्रमाणपत्र नं. ७४३/ २०७४-०७५
    अनलाइन दर्ता प्रमाणपत्र नं.३५३७/२०७८/०७९
    प्रेस काउन्सिल सूचीकरण नं. ३५२१
    स्थायी लेखा नं(PAN) : ६०६७६८१०२
    त्रिनेत्र खवर राष्ट्रिय साप्ताहिक
    दर्ता नं ३४५ /२०७५/०७६
    ठेगानाः गोकुलगंगा,०४,रामेछाप बागमती प्रदेश नेपाल ।
    सम्पर्क नं.: ९७७–९८४०४२११७४
    Email :janaprahar2074@gamil.com
    Email : janaprahar@gmail.com
    Email : janaaawaaj@gmail.com
    Email : trinetrakhabar2076@gmail.com

    हाम्रो टिम

    अध्यक्ष तथा प्रबन्ध निर्देशक

    प्रकाशक : – नेत्र बहादुर कार्की ।

    सम्पादक :- कुमार अधिकारी ।

    सह-सम्पादक :- नमुना दहाल कार्की ।

    सम्बाददाता :- टिका प्रसाद दहाल ।           

    मोबाइल नंम्बर :-९८४०४२११७४