Jana Prahar

आइतबार, असोज २५ २०८३ |

Jana Prahar

Advertisment

SKIP THIS

बालुवाटारमा खटिएका नेपाली सेनाका २८ सहित ६३ सुरक्षाकर्मीमा कोरोना


  • जन प्रहार
  • प्रकाशित मिति शनिबार, असोज १७ २०७७
  • 5.5K
    SHARES

प्रधानमन्त्री निवास बालुवाटारमा खटिने अधिकृत सुरक्षाकर्मीलाई कोरोना संक्रमण देखिएको छ। 

सम्बद्ध अधिकारीहरूका अनुसार शनिबार सम्ममा ६३ जना सुरक्षाकर्मीमा कोरोना संक्रमण देखिएको हो। यो जनशक्ति नेपाली सेना, सशस्त्र प्रहरी र नेपाल प्रहरीको हो। कोरोना संक्रमण देखिएकामध्ये सबभन्दा बढी २८ जना नेपाली सेनाका छन्। सैनिक जनसम्पर्क तथा निर्देशनालयका अनुसार दुई दिनको अवधिमा यी सुरक्षाकर्मीलाई कोरोना संक्रमण देखिएको हो। उनीहरूको सम्पर्कमा रहेका अन्यको क्रमश: कन्ट्याक्ट ट्रेसिङ भइरहेको छ। प्रधानमन्त्री निवासमा नेपाली सेनाको एक गुल्म खटिएको छ। प्रमुख सेनानीको नेतृत्वमा सेनाको सुरक्षा छ। 

नारायणहिटी दरबारबाट प्रधानमन्त्री कार्यालयमा सेना खटाइएको थियो। अब यो पूरै गुल्मलाई परिवर्तन गर्ने सेनाको तयारी छ। ‘यो गुल्मको ठाउँमा अर्को गुल्म पठाउने तयारी भइरहेको छ, यो काठमाडौंमै विभिन्न युनिटमा भएको टोलीबाट पठाइन्छ,’ सैनिक प्रवक्ता सहायक रथी सन्तोषवल्लभ पौडेलले जन न्युज नेपाल खवरसँग भने, ‘नयाँ सुरक्षाकर्मी पठाउँदा दर्जा मिलाउनुपर्ने हुन्छ, त्यो काम भइरहेको छ।’पौडेलका अनुसार प्रधानमन्त्री तथा उनको सचिवालयसँग नजिक नरहेको जनशक्तिमा कोरोना देखिएको छ। 

नेपाल प्रहरीबाट खटिएका १७ जनामा कोरोना संक्रमण देखिएको छ। शुक्रबार र शनिबारको परीक्षण रिपोर्टमा यति जनामा कोरोना संक्रमण देखिएको प्रहरी प्रवक्ता कुबेर कडायतले बताए। 

प्रधानमन्त्री निवास सुरक्षामा प्रहरी नायब उपरीक्षकको नेतृत्वमा नेपाल प्रहरीको टोली खटिएको छ। 

संक्रमित प्रहरीको ठाउँमा सुरक्षा सेवा निर्देशनालयले अन्य जनशक्ति खटाउने तयारी गरिरहेको कडायतले बताए। यस्तै, सशस्त्र प्रहरीका १८ जनामा कोरोना संक्रमण देखिएको छ। शुक्रबारको परीक्षणमा यतिको संख्यामा सशस्त्र प्रहरीलाई कोरोना संक्रमण देखिएको प्रवक्ता सशस्त्र प्रहरी नायब महानिरीक्षक राजु अर्यालले बताए। 

प्रहरी निरीक्षकको नेतृत्वमा सशस्त्र प्रहरी प्रधानमन्त्री निवास सुरक्षामा छ। ‘पिसिआर परीक्षण गरेर नयाँ सुरक्षाकर्मी पठाउँछौं,’ अर्यालले भने। सुरक्षाकर्मीहरूको कन्ट्याक्ट ट्रेसिङ भने जारी छ। 

‘प्रधानमन्त्री कार्यालयको सुरक्षामा रहने सुरक्षाकर्मीहरूको त्यहाँभित्र धेरैजसोसँग पनि सम्पर्क हुन सक्छ, ठ्याक्कै भन्न सकिएन,’ अर्यालले भने।

 

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

  • Jana Prahar

    जन आवाज मिडिया हब प्रा.लि.द्धारा सञ्चालित
    कम्पनी दर्ता नं : १८४८४७/२०७४/०७५
    मु .अ.क.नं : ६०६७६८१०२
    अनलाइन दर्ता प्रमाणपत्र नं. ७४३/ २०७४-०७५
    अनलाइन दर्ता प्रमाणपत्र नं.३५३७/२०७८/०७९
    प्रेस काउन्सिल सूचीकरण नं. ३५२१
    स्थायी लेखा नं(PAN) : ६०६७६८१०२
    त्रिनेत्र खवर राष्ट्रिय साप्ताहिक
    दर्ता नं ३४५ /२०७५/०७६
    ठेगानाः गोकुलगंगा,०४,रामेछाप बागमती प्रदेश नेपाल ।
    सम्पर्क नं.: ९७७–९८४०४२११७४
    Email :janaprahar2074@gamil.com
    Email : janaprahar@gmail.com
    Email : janaaawaaj@gmail.com
    Email : trinetrakhabar2076@gmail.com

    हाम्रो टिम

    अध्यक्ष तथा प्रबन्ध निर्देशक

    प्रकाशक : – नेत्र बहादुर कार्की ।

    सम्पादक :- कुमार अधिकारी ।

    सह-सम्पादक :- नमुना दहाल कार्की ।

    सम्बाददाता :- टिका प्रसाद दहाल ।           

    मोबाइल नंम्बर :-९८४०४२११७४