Jana Prahar

आइतबार, असोज २५ २०८३ |

Jana Prahar

Advertisment

SKIP THIS

प्रधानमन्त्री ओलीले गरे अमेरिकी राष्ट्रपति ट्रम्पको स्वास्थ्य लाभको कामना


  • जन प्रहार
  • प्रकाशित मिति शनिबार, असोज १७ २०७७
  • 2.8K
    SHARES

काठमाडौं,  । प्रधानमन्त्री केपी ओलीले अमेरिकी राष्ट्रपति डोनल्ड ट्रम्पको स्वास्थ्य लाभको कामना गर्नुभएको छ ।आज सामाजिक सञ्जाल ट्वीटरमार्फत् उहाँले राष्ट्रपति ट्रम्प र उनकी पत्नी मेलानियाको शीघ्र स्वास्थ्य लाभको कामना गर्नुभएको हो ।राष्ट्रपति ट्रम्पलाई मेन्सन गरिएको ट्वीटमा प्रधानमन्त्री ओलीले राष्ट्रपति ट्रम्प र प्रथम महिला मेलानियाको स्वास्थ्य लाभको कामना गरिएको छ ।

अमेरिकी राष्ट्रपति ट्रम्प कोरोना भाइरसबाट संक्रमित भई सैनिक अस्पताल अस्पताल भर्ना हुनुभएको छ ।

शुक्रबार गरिएको कोरोना परीक्षणमा पोजिटिभ देखिएपछि उहाँ ह्वाइट हाउसमै आइसोलेसनमा बसेपनि ज्वरो नघटेपछि सैन्य अस्पताल भर्ना गरिएको हो ।ज्वरोसहित कोभिड १९ का सामान्य लक्षण देखिएपछि ट्रम्पलाई वाल्टर रिड नेशनल मिलिटरी मेडिकल सेन्टरमा भर्ना गरिएको राष्ट्रपति कार्यालय ह्वाइट हाउसले जनाएको छ ।

यद्यपि, अस्पताल भर्ना हुनुअघि एक भिडियो सन्देश दिँदै ट्रम्पले आफ्नो स्वास्थ्य अवस्था राम्रो रहेको उल्लेख गर्नुभएको छ ।राष्ट्रपति ट्रम्पको स्वास्थ्य लाभको कामना गर्दै विश्वभरका नेताहरुले सन्देश पठाएका छन् ।

कोरोनाप्रति निकै हेलचेक्र्याईपूर्ण व्यवहार गर्दै आउनु भएको राष्ट्रपति ट्रम्प आफैलाई संक्रमण भएपछि अस्पताल जाने क्रममा भने मास्क लगाउनुभएको अमेरिकी सञ्चारमाध्यमहरुले जनाएका छन् ।उता, राष्ट्रपति पदका डेमोक्रेयाट प्रतिष्पर्धी जो बाइडन र उनकी पत्नीको कोरोना परीक्षणको नतिजा भने नेगेटिभ आएको छ ।

अमेरिकामा कोरोना महामारीको नियन्त्रणलाई लिएर राष्ट्रपति ट्रम्पको ब्यापक आलोचना हुने गरेको छ भने कोरोनाबाट अमेरिका विश्वकै सबैभन्दा बढी प्रभावित मुलुक हो ।

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

  • Jana Prahar

    जन आवाज मिडिया हब प्रा.लि.द्धारा सञ्चालित
    कम्पनी दर्ता नं : १८४८४७/२०७४/०७५
    मु .अ.क.नं : ६०६७६८१०२
    अनलाइन दर्ता प्रमाणपत्र नं. ७४३/ २०७४-०७५
    अनलाइन दर्ता प्रमाणपत्र नं.३५३७/२०७८/०७९
    प्रेस काउन्सिल सूचीकरण नं. ३५२१
    स्थायी लेखा नं(PAN) : ६०६७६८१०२
    त्रिनेत्र खवर राष्ट्रिय साप्ताहिक
    दर्ता नं ३४५ /२०७५/०७६
    ठेगानाः गोकुलगंगा,०४,रामेछाप बागमती प्रदेश नेपाल ।
    सम्पर्क नं.: ९७७–९८४०४२११७४
    Email :janaprahar2074@gamil.com
    Email : janaprahar@gmail.com
    Email : janaaawaaj@gmail.com
    Email : trinetrakhabar2076@gmail.com

    हाम्रो टिम

    अध्यक्ष तथा प्रबन्ध निर्देशक

    प्रकाशक : – नेत्र बहादुर कार्की ।

    सम्पादक :- कुमार अधिकारी ।

    सह-सम्पादक :- नमुना दहाल कार्की ।

    सम्बाददाता :- टिका प्रसाद दहाल ।           

    मोबाइल नंम्बर :-९८४०४२११७४