Jana Prahar

आइतबार, असोज २५ २०८३ |

Jana Prahar

Advertisment

SKIP THIS

लाइभ’मै पेट्रोल खनाएर पूर्वपतिले आगो लगाइदिएपछि चर्चित चिनियाँ टिकटक स्टारको मृत्यु


  • जन प्रहार
  • प्रकाशित मिति शुक्रबार, असोज १६ २०७७
  • 3.6K
    SHARES

चीनमा एक टिकटक स्टारको पतिले आफ्नो नियमित ‘लाइभ‘ गर्नेक्रममा नै पेट्रोल खनाएर आगो लगाइदिएपछि मृत्यु भएको छ।बिबिसीमा प्रकाशित समाचार अनुसार लामु नाम गरेकी ती महिला चिनियाँ संस्करणको टिकटक ‘डोइन‘मा चर्चित थिइन् जहाँ उनलाई लाखौंले पछ्याउने गरेका थिए। स्थानीय चिनियाँ संचारमाध्यमका अनुसार पूर्व पतिले लगाएको आगोबाट उनको शरिरको ९० प्रतिशत भाग जलेको थियो। आक्रमण भएको दुई सातापछि बुधबार उपचारका क्रममा उनको मृत्यु भएको हो। 

घटनाले चीनमा महिलाविरूद्ध हुने हिंसालाई पुनः सामाजिक संजालमा आलोचनाको प्रमुख विषय बनाएको छ।चीनको सिचुवान प्रान्तकी बासिन्दा ३० वर्षीय लामु टिकटकमा पोस्ट गर्ने ग्रामिण जीवन झल्काउने सुखद् टिकटक भिडिओका कारण टिकटक प्रयोगकर्तामाझ चर्चित रहँदै आएकी थिइन्। टिकटकका प्रयोगकर्ताहरूले बिना मेकअप भिडिओ बनाएकोमा उनको प्रशंसा गर्ने गरेका थिए। उनको भिडिओमा लाखौंको संख्यामा ‘लाइक्स‘हरू आउने गर्थे। 

त्यहाँको स्थानीय प्रहरीले उनीमाथि सेप्टेम्बर १४ मा आक्रमण भएको जनाएको छ। आक्रमणपछि उनलाई उपचारका लागि सुरूमा स्थानीय अस्पताल लगिएको थियो भने त्यसपछि उनलाई सिचुवानको प्रान्तीय अस्पतालमा सारिएको थियो।
घटनामा घाइते भएकी उनको उपचारका लागि उनका परिवारले प्रशंसकहरूसँग आर्थिक सहयोगका लागि आव्हान गरेर २४ घण्टामा एक मिलियन चिनियाँ युवान संकलन गरेको त्यहाँको एक स्थानीय संचारमाध्यमले जनाएको छ।चिनियाँ प्रहरीले घटनामा संलग्न भएको शंकामा लामुका पूर्वपतिलाई पक्राउ गरेर अनुसन्धान गरिरहेको जनाएको छ।

डेली मेलले लामुले सेप्टेम्बरमा उनले अन्तिम भिडिओ पोस्ट गरेको जनाएको छ। सो भिडिओमा उनले आफ्ना प्रशंसकलाई परम्परागत तिब्बती भाषाको गीतमा शुभकामना दिएकी थिइन्।

भोलिपल्ट आफ्नो नियमित लाइभमा आएकी लामुको लाइभ स्क्रिन कालो भएको थियो र लाइभ हेरिरहेका प्रयोगकर्ताहरूले उनी चिच्याएको आवाज सुनेका थिए।aत्यसपछि दुईदिन पछि उनी दिदीले घटनाको जानकारी दिएपछि उनीमाथिको आक्रमण भएको सार्वजनिक भएको थियो।

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

  • Jana Prahar

    जन आवाज मिडिया हब प्रा.लि.द्धारा सञ्चालित
    कम्पनी दर्ता नं : १८४८४७/२०७४/०७५
    मु .अ.क.नं : ६०६७६८१०२
    अनलाइन दर्ता प्रमाणपत्र नं. ७४३/ २०७४-०७५
    अनलाइन दर्ता प्रमाणपत्र नं.३५३७/२०७८/०७९
    प्रेस काउन्सिल सूचीकरण नं. ३५२१
    स्थायी लेखा नं(PAN) : ६०६७६८१०२
    त्रिनेत्र खवर राष्ट्रिय साप्ताहिक
    दर्ता नं ३४५ /२०७५/०७६
    ठेगानाः गोकुलगंगा,०४,रामेछाप बागमती प्रदेश नेपाल ।
    सम्पर्क नं.: ९७७–९८४०४२११७४
    Email :janaprahar2074@gamil.com
    Email : janaprahar@gmail.com
    Email : janaaawaaj@gmail.com
    Email : trinetrakhabar2076@gmail.com

    हाम्रो टिम

    अध्यक्ष तथा प्रबन्ध निर्देशक

    प्रकाशक : – नेत्र बहादुर कार्की ।

    सम्पादक :- कुमार अधिकारी ।

    सह-सम्पादक :- नमुना दहाल कार्की ।

    सम्बाददाता :- टिका प्रसाद दहाल ।           

    मोबाइल नंम्बर :-९८४०४२११७४