Jana Prahar

आइतबार, असोज २५ २०८३ |

Jana Prahar

Advertisment

SKIP THIS

चर्चाको शिखरमा “दर्शक ,श्रोताको” मन जित्न सफल गीत “बिक्रम र सिर्जुको” ‘खोला खाल्सी हे माया’


  • जन प्रहार
  • प्रकाशित मिति बिहिबार, असोज १५ २०७७
  • 5K
    SHARES

दर्शक र श्रोताको मन जित्न सफल गीत ‘खोला खाल्सी हे माया’

जन न्युज नेपाल खबर सह – सम्पादक नमुना दहाल कार्की ।

काठमाडौं / कलाकार तथा फिल्म निर्माता बिक्रम जंग शाह र चर्चित कलाकार सिर्जु अधिकारीको नेपाली नयाँ लोक दोहोरी गीत ‘खोला खाल्सी हे माया’ ले धेरै श्रोता र दर्शकको मन जित्न सफल भएको छ । लोकप्रिय कलाकार अमृत खातीको संगीत तथा बिक्रम जंग शाहको शब्द रहेको उक्त गीतको म्युजिक भिडियो S3K Entertainment को यूटुब मार्फत सार्वजनिक गरिएको छ ।
कोरोना महामारीकै बीच काभ्रे जिल्लाका रमणीय विभिन्न ठाउँमा ठाउँमा छायांकन गरिएको उक्त गीत स्थानीय लोक संस्कृतिलाई बढि प्राथमिकता दिइएको छ । कमल सौरागको एरेन्ज, सागर गौतमको छायांकन, मनोज कार्कीको भिडियोमा सम्पादन रहेको छ । जुन गीतको भिडियोलाई शिशिर बुढाथोकीले निर्देशन गरेका हुन ।
बिक्रम जंग शाह, सिर्जु अधिकारी, सन्जिब ठकुरी, रिना थापा, रामकुमार नेपाली, सन्ध्या सानु, सुबास बजगाईं, उषा सुबेदी, बिनोद तामाङ्ग, ऋतु तामाङ्ग, राज गिरी, मालती घले, बिबस बस्नेत, वर्षा तामाङ्ग, गोबिन्द गौतम, सलिना कार्की, अमृत खाती,आशिका खाती लगायतले उक्त भिडियोमा अभिनय गरेका छन् ।
बिक्रम जंग शाहले भिडियोबाट प्राप्त आम्दानीको २० प्रतिशत कलाकार सुलेमान शंकर ‘इकु’द्वारा संचालित स्नेहा बाल आश्रमलाई उपलब्ध गराउने घोषणा गरेका छन् । राष्ट्रिय संगितकर्मी संघका महासचिव समेत रहेका शाह लगायत केन्द्रिय सदस्य सिर्जुको टिमले निकै लामो समय सम्म लकडाउनको समयमा समस्यामा परेका कलाकार तथा नागरिकहरुलाई काठमाडौंमा खाद्यान्न लगायतका सामाग्री वितरण गरेको थियोे । टिकटकमा समेत अत्याधिक रुचाइएको यो गीत सबैले हेरेर र सुनेर साथ दिन गायक शाहले आग्रह गरेका छन् ।
थप भिडियोमा हेर्नुहोस।

https://youtu.be/r7QwTp_6cVA

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

  • Jana Prahar

    जन आवाज मिडिया हब प्रा.लि.द्धारा सञ्चालित
    कम्पनी दर्ता नं : १८४८४७/२०७४/०७५
    मु .अ.क.नं : ६०६७६८१०२
    अनलाइन दर्ता प्रमाणपत्र नं. ७४३/ २०७४-०७५
    अनलाइन दर्ता प्रमाणपत्र नं.३५३७/२०७८/०७९
    प्रेस काउन्सिल सूचीकरण नं. ३५२१
    स्थायी लेखा नं(PAN) : ६०६७६८१०२
    त्रिनेत्र खवर राष्ट्रिय साप्ताहिक
    दर्ता नं ३४५ /२०७५/०७६
    ठेगानाः गोकुलगंगा,०४,रामेछाप बागमती प्रदेश नेपाल ।
    सम्पर्क नं.: ९७७–९८४०४२११७४
    Email :janaprahar2074@gamil.com
    Email : janaprahar@gmail.com
    Email : janaaawaaj@gmail.com
    Email : trinetrakhabar2076@gmail.com

    हाम्रो टिम

    अध्यक्ष तथा प्रबन्ध निर्देशक

    प्रकाशक : – नेत्र बहादुर कार्की ।

    सम्पादक :- कुमार अधिकारी ।

    सह-सम्पादक :- नमुना दहाल कार्की ।

    सम्बाददाता :- टिका प्रसाद दहाल ।           

    मोबाइल नंम्बर :-९८४०४२११७४