धरान । जिल्ला प्रहरी कार्यालय सुनसरीका प्रहरी नायब उपरीक्षक नरेन्द्र कार्कीका अनुसार सुनसरीको बराहक्षेत्र नगरपालिका–१ कटहरेकी १२ वर्षीया बालिका मीना राईको हत्या गरेको अरोपमा आइतबार प्रहरीले छिमेकी १६ वर्षीय किशोर लाई प्रकाउ गरेको छ । शनिबार बालिकाको अभिभावक छोरीलाई घरमै राखेर छिमेकीको घरमा धामी बसेको हेर्न गएका बेला चटपटे किनबेचको विषयमा वादविवाद हुँदा ती किशोरले शनिबार राति बालिकाको घरमा कोही नभएको मौका पारेर बोतलले प्रहार गरेर हत्या गरेको प्रहरी अनुसन्धानबाट खुलेको छ । प्रहरी नायब उपरीक्षक कार्कीले अनुसार घटनाको विषयमा थप अनुसन्धान भइरहेको बताउनु भएको छ ।