Jana Prahar

आइतबार, असोज २५ २०८३ |

Jana Prahar

Advertisment

SKIP THIS

अनसनरत डाक्टर केसीको जीवन रक्षा गर्न ३३ नागरिकको अपिल


  • जन प्रहार
  • प्रकाशित मिति आइतबार, असोज ११ २०७७
  • 6.3K
    SHARES

अनसनरत डाक्टर केसीको जीवन रक्षा गर्न ३३ नागरिकको अपिल

काठमाडौँ / चिकित्सा शिक्षा सुधारका लागि १९ औं पटक १४ दिनदेखि अनसनरत डाक्टर गोविन्द केसीको जीवन रक्षा गर्न नागरिकहरूले सरकारसँग अपिल गरेका छन्। केसीको स्वास्थ्य अवस्था दिनप्रतिदिन गिर्दो अवस्थामा रहेकोले कुनै पनि दिन परिस्थिति गम्भीर बन्न सक्नेतर्फ उनीहरूले सरकारको ध्यानाकर्षण गरेका हुन्।

आइतबार विज्ञप्ति निकालेर उनीहरूले यसअघि केसीसँग गरेका सम्झौता कार्यान्वयन गर्न सरकारसँग माग गरेका हुन्। ‘डाक्टर केसीको गिर्दो स्वास्थ्य अवस्थालाई ख्याल गरी तत्कालै उहाँको जीवन रक्षा र उहाँले उठाएका मागहरू सम्बोधन गर्न सरकारसँग हामी अपिल गर्दछौं,’ विज्ञप्तिमा भनिएको छ।

केसीलाई अनसनस्थल जुम्लाबाट काठमाडौं ल्याएको एक साता भएको तथ्य जान्दाजान्दै पनि सरकारले चासो नदिएकोमा आफूहरू चिन्तित भएको अपिलमा उनीहरूले उल्लेख गरेका छन्।

पूर्वप्रधानन्यायाधिशहरू कल्याण श्रेष्ठ, सुशीला कार्कीलगायतले अपिल जारी गर्दै डाक्टर केसीको जीवन रक्षाको माग गरेका हुन्।

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

  • Jana Prahar

    जन आवाज मिडिया हब प्रा.लि.द्धारा सञ्चालित
    कम्पनी दर्ता नं : १८४८४७/२०७४/०७५
    मु .अ.क.नं : ६०६७६८१०२
    अनलाइन दर्ता प्रमाणपत्र नं. ७४३/ २०७४-०७५
    अनलाइन दर्ता प्रमाणपत्र नं.३५३७/२०७८/०७९
    प्रेस काउन्सिल सूचीकरण नं. ३५२१
    स्थायी लेखा नं(PAN) : ६०६७६८१०२
    त्रिनेत्र खवर राष्ट्रिय साप्ताहिक
    दर्ता नं ३४५ /२०७५/०७६
    ठेगानाः गोकुलगंगा,०४,रामेछाप बागमती प्रदेश नेपाल ।
    सम्पर्क नं.: ९७७–९८४०४२११७४
    Email :janaprahar2074@gamil.com
    Email : janaprahar@gmail.com
    Email : janaaawaaj@gmail.com
    Email : trinetrakhabar2076@gmail.com

    हाम्रो टिम

    अध्यक्ष तथा प्रबन्ध निर्देशक

    प्रकाशक : – नेत्र बहादुर कार्की ।

    सम्पादक :- कुमार अधिकारी ।

    सह-सम्पादक :- नमुना दहाल कार्की ।

    सम्बाददाता :- टिका प्रसाद दहाल ।           

    मोबाइल नंम्बर :-९८४०४२११७४