Jana Prahar

आइतबार, असोज २५ २०८३ |

Jana Prahar

Advertisment

SKIP THIS

दशैं आउँदैछ, तर मासु व्यवसायीहरु निराश ।


  • जन प्रहार
  • प्रकाशित मिति शुक्रबार, असोज ९ २०७७
  • 11.3K
    SHARES

दशैं आउँदैछ, तर मासु व्यवसायीहरु निराश ।

जन न्युज नेपाल खवर प्रतिनिधि

काठमाडौँ / नेपालको सबभन्दा ठूलो चाड दशैं आउन महिना दिन पनि बाँकी छैन । दशैं भन्ने बितिक्कै मानसपटलमा नयाँ कपडा र माछामासुको परिकार झल्किन्छ । ठूलो जनघनत्व भएको काठमाडौं उपत्यकामा दशैंमा मासुको प्रबन्ध सधै चटारोको बिषय हुने गर्छ । दशैंमा मासुको सुलभताका लागि हरेक वर्ष सरकार र निजी क्षेत्रले एक महिना अघिदेखि नै तयारी थाल्ने गरे पनि यो साल कोरोना महामारीका कारण झण्डै ७ महिना मुलुकका धेरै व्यापार व्यवसाय ठप्प भयो । यही कारण यसवर्ष दशैंमा मासुको जोरजाममा खासै उत्साह नभएको व्यवसायीहरु बताउँछन् ।

काठमाडौंमा मासु खपत वाणिज्य विभागले गत वर्ष लिएको विवरणअनुसार काठमाडौं उपत्यकामा हुने मासुको मागमा कुखुराको मासुको हिस्सा अधिक छ । उपत्यकामा सामान्य अवस्थामा दैनिक तीन देखि तीन लाख ५० हजार किलोसम्म ब्रोइलर कुखुराको मासु खपत हुनेको गरेको छ । यस्तै १२ सय वटा खसी मासुका लागि दैनिक काटिने पनि विभागले जनाएको छ । उपत्यकामा आठ सय वटा राँगा–भैसी, छ सय वटा बंगुर र पाँच हजार किलो माछा दैनिक खपत हुने गरेको छ। यसवर्ष कोभिड-१९ महामारीका कारण दशैंको चहल पहल कम हुँदा यो मात्राको खपत हुने सम्भावना छैन । उपत्यका र देशभरको खपतअनुसार कुखुरा, अण्डा र बंगुरमा मात्र नेपाल आत्मनिर्भर छ । माछा र खसीमा भारत निर्भर भएपनि सरकारले भारतबाट हुने खसी आयातमा रोक लगाएको छ । राँगा–भैंसी भने वर्षेनी ठूलो परिमाणमा भारतबाटै भित्रिन्छन् ।

दशैंमा बिक्दैनन् कुखुराको मासुको ठूलो खपत हुने होटल, रेष्टुराँ तथा पार्टी प्यालेसहरु दशैंमा बन्द रहने तथा मानिसले खसीको मासुलाई प्राथमिकतामा राख्ने हुनाले दशैंमा कुखुराको मासु खासै बिक्री नहुने राष्ट्रिय कुखुरा बिक्री व्यवसायी संघले बताएको छ । यस वर्ष कोभिड महामारीका कारण मासुको नियमित खपतमा निकै ह्रास आएको र त्यसको मार अझै दशैंमा देखिने संघका अध्यक्ष जंगबहादुर बिसी बताउँछन् । होटल, रेष्टुराँ, पार्टी प्यालेस, होस्टल र खाजा घर बन्द हुँदा अहिले कुल खपतको ३० प्रतिशत मात्र मासु बिक्री भइरहेको बताउँदै उनी भन्छन्, ‘कोभिडका कारण मन्दी रहेको मासु व्यवसाय दशैंमा पनि लगभग यस्तै हुनेछ ।’ खसीको मासु व्यापारीमा छैन उत्साह मासु व्यवसायी संघका अनुसार, दशै सुरु हुन तीन साता बाँकी छँदासम्म अहिले दशैंको तयारीबारे कुनै छलफल भएको छैन ।

संघका उपाध्यक्ष उमेश खड्गी भन्छन् ‘ लकडाउन र निषेधाज्ञा लागेपछि मासु व्यवसायीका संस्थाका प्रतिनिधि भेट नभएकै सात महिना भयो, दशैं तयारीको कुरै नर्गनुस्,’ उनले भने । अघिल्ला वर्षहरुमा यतिबेला दशैका लागि खसी आयात गर्न व्यवसायीहरु विभिन्न जिल्लामा पुग्ने गरेकामा यस वर्ष कोही कतै नगएको खड्गीले सुनाए । उनका अनुसार, यसवर्ष काठमाडौंमा दाङ, सुर्खेत, धादिङ, नुवाकोट र काभ्रेबाट आउने खसीबोकाले नै दशैं मानिने छ । लकडाउनका कारण धेरै मानिस घर फर्केका, रोजगारी गुमाएर आर्थिक रुपमा कमजोर भएकाले दशैं र मासुको खासै उत्साह नहुने व्यवसायीले ठानेको उपाध्यक्ष खड्गी बताउँछन् । ६ करोडको खसी र च्यांग्रा दशैंका लागि काठमाडौं उपत्यकामा बिक्री गर्न सरकारी स्वामित्वको खाद्य व्यवस्था तथा व्यापार कम्पनीले च्यांग्रा र खसी बोका खरिद तयारी थालेको छ ।

घटस्थापनासम्म काठमाडौं ल्याइपुर्यायउने गरी १४ सय च्यांग्रा र १६ सय वटा खसी बोका खरिद गर्ने गरी तयारी भएको जानकारी कम्पनीकी सूचना अधिकारी शर्मिला न्यौपाने सुवेदीले दिइन् । उनका अनुसार, कम्पनीको वार्षिक कार्यक्रममै उक्त परिमाणको च्यांग्रा र खसी–बोका आयात गर्न ५ करोड ९९ लाख ८६ हजार रुपैयाँ छुट्याइएको थियो । योवर्ष मुस्ताङबाट १४ सय च्यांग्रा, दाङ, तुल्सीपुर र हेटौंडाबाट १६ सय खसी ल्याउने कम्पनीको योजना छ । कम्पनीले किन्ने खसीबोका र च्यांग्राको भाउ सम्बन्धित जिल्लाका प्रमुख जिल्ला अधिकारी संयोजक रहने मूल्य निर्धारण समितिको सिफारिस अनुसार हुनेछ ।

 

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

  • Jana Prahar

    जन आवाज मिडिया हब प्रा.लि.द्धारा सञ्चालित
    कम्पनी दर्ता नं : १८४८४७/२०७४/०७५
    मु .अ.क.नं : ६०६७६८१०२
    अनलाइन दर्ता प्रमाणपत्र नं. ७४३/ २०७४-०७५
    अनलाइन दर्ता प्रमाणपत्र नं.३५३७/२०७८/०७९
    प्रेस काउन्सिल सूचीकरण नं. ३५२१
    स्थायी लेखा नं(PAN) : ६०६७६८१०२
    त्रिनेत्र खवर राष्ट्रिय साप्ताहिक
    दर्ता नं ३४५ /२०७५/०७६
    ठेगानाः गोकुलगंगा,०४,रामेछाप बागमती प्रदेश नेपाल ।
    सम्पर्क नं.: ९७७–९८४०४२११७४
    Email :janaprahar2074@gamil.com
    Email : janaprahar@gmail.com
    Email : janaaawaaj@gmail.com
    Email : trinetrakhabar2076@gmail.com

    हाम्रो टिम

    अध्यक्ष तथा प्रबन्ध निर्देशक

    प्रकाशक : – नेत्र बहादुर कार्की ।

    सम्पादक :- कुमार अधिकारी ।

    सह-सम्पादक :- नमुना दहाल कार्की ।

    सम्बाददाता :- टिका प्रसाद दहाल ।           

    मोबाइल नंम्बर :-९८४०४२११७४