सुनको मूल्य घट्ने क्रम जारी, बिहीबार सुनको मूल्य तोलामा एक हजार दुई सय रुपैयाँ योे हप्ताको शुरुमा अन्तर्राष्ट्रिय बजारमा प्रतिऔंस एक हजार ९ सय ५० डलर हाराहारीमा किनबेच भएको सुन करिब एक सय डलरले घटेर प्रतिऔंस एक हजार ८ सय ५२ डलर हाराहारीमा कारोबार भइरहेको छ । अन्तराट्रिय बजारमाा सुनको मृल्य घेटपछि यसको प्रभाव नेपाली बजारमा परेको छ । यो महिनाको पहिलो हप्तातिर केहि बढ्एको भएपनि पछिल्लो करिब ३ दिन देखि भने सुनको मुल्यमा गिरावट आएको छ । तीन दिनमा सुनको मूल्य तोलामा चार हजार एक सय रुपैयाँले घटेको छ ।

बिहीबार सुनको मूल्य तोलामा एक हजार दुई सय रुपैयाँले घटेको छ । यसअघि मंगलबार तोलामा एक हजार सात सय रुपैयाँले घटेको सुन बुधबार तोलामा एक हजार दुई सय रुपैयाँले घटेको थियो । बिहीबार छापावाला सुन प्रतितोला ९३ हजार एक सय रुपैयाँमा किनबेच भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । तेजावी सुन प्रतितोला ९२ हजार ६ सय रुपैयाँमा कारोबार भइरहेको छ । चाँदी तोलामा ७० रुपैयाँले घटेर प्रतितोला एक हजार एक सय २० रुपैयाँमा किनबेच भइरहेको महासंघले जानकारी दिएको छ ।