Jana Prahar

आइतबार, असोज २५ २०८३ |

Jana Prahar

Advertisment

SKIP THIS

उपत्यकामा थपिए ६३७ संक्रमित, ४३ जना भेन्टिलेटरमा (विवरणसहित)


  • जन प्रहार
  • प्रकाशित मिति बुधबार, असोज ७ २०७७
  • 7.5K
    SHARES

काठमाडौं । उपत्यकामा बुधबार ६३७ जनामा कोरोनाभाइस संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार काठमाडौंमा ४९२, ललितपुरमा ५० र भक्तपुरमा ९५ जनामा कोरोनाभाइरस संक्रमण पुष्टि भएको छ ।
मन्त्रालयका अनुसार काठमाडौंमा ६३७ सहित देशभर भने ११७२ जनामा संक्रमण पुष्टि भएको छ । संक्रमितमध्ये महिला ४२६ र पुरुष ७४६ जना रहेको स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा जागेश्वर गौतमले जानकारी दिए ।
यससँगै देशभर कुल संक्रमितको संख्या ६७ हजार ८०४ पुगेको छ ।यस्तै हाल देशभर २२० जना आईसीयू र ४३ जना भेन्टिलेटरमा रहेका छन् । यस्तै हाल क्वारेन्टिनमा ७ हजार १०४ जना रहँदा कोरोना निको हुनेको संख्या भने ४९ हजार ९५४ जना रहेका छन् । यस्तै बितेको २४ घण्टामा एक महिला सहित ७ जनाको मृत्यु भएको छ । यससँगै कोरोनाबाट मृत्यु हुनेको कुल संख्या ४३६ पुगेको छ ।

यसैबीच हालसम्म सोलुखुम्बु, रसुवा, मुस्ताङ, डोल्पा, मुगु र हुम्ला जिल्ला कोरोनमुक्त रहेको छ भने मोरङ, सिरहा, काठमाडौं, ललितपुर, भक्तपुर, चितवन र रुपन्देहीमा ५०० बढी संक्रमित रहेका छन् ।

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

  • Jana Prahar

    जन आवाज मिडिया हब प्रा.लि.द्धारा सञ्चालित
    कम्पनी दर्ता नं : १८४८४७/२०७४/०७५
    मु .अ.क.नं : ६०६७६८१०२
    अनलाइन दर्ता प्रमाणपत्र नं. ७४३/ २०७४-०७५
    अनलाइन दर्ता प्रमाणपत्र नं.३५३७/२०७८/०७९
    प्रेस काउन्सिल सूचीकरण नं. ३५२१
    स्थायी लेखा नं(PAN) : ६०६७६८१०२
    त्रिनेत्र खवर राष्ट्रिय साप्ताहिक
    दर्ता नं ३४५ /२०७५/०७६
    ठेगानाः गोकुलगंगा,०४,रामेछाप बागमती प्रदेश नेपाल ।
    सम्पर्क नं.: ९७७–९८४०४२११७४
    Email :janaprahar2074@gamil.com
    Email : janaprahar@gmail.com
    Email : janaaawaaj@gmail.com
    Email : trinetrakhabar2076@gmail.com

    हाम्रो टिम

    अध्यक्ष तथा प्रबन्ध निर्देशक

    प्रकाशक : – नेत्र बहादुर कार्की ।

    सम्पादक :- कुमार अधिकारी ।

    सह-सम्पादक :- नमुना दहाल कार्की ।

    सम्बाददाता :- टिका प्रसाद दहाल ।           

    मोबाइल नंम्बर :-९८४०४२११७४