जन न्युज नेपाल खबर प्रतिनिधि
मोरङस्थित विराट शिक्षण अस्पतालको आइसोलेसनमा उपचाररत झापा भद्रपुर १० स्थायी ठेगाना भएका ८६ वर्षीय पुरुषको आज बिहान करिब ६ बजे मृत्यु भएको अस्पतालले जनाएको छ । मृतक बृद्धमा उच्च रक्तचाप, मधुमेह र मृगौलाको समस्या रहेको बताइएको छ । भने कोहलपुर मेडिकल कलेजमा उपचारका क्रममा बर्दिया ठाकुरबाबा नगरपालिकाका ६४ वर्षीय पुरुषको मृत्यु भएको जिल्ला जनस्वास्थ्य कार्यालय बाँकेका ले जनाएको छ ।