आङरिता शेर्पाको आज राष्ट्रिय सम्मानसहित अन्त्येष्टि गरिदै ।
जन न्युज नेपाल खवर प्रतिनिधि
आज बसेको मन्त्रिपरिषद् बैठकले विश्वप्रसिद्ध पर्वतारोही आङरिता शेर्पाको राष्ट्रिय सम्मानका साथ अन्त्येष्टि गर्ने निर्णय गरेको छ । नेपालको पर्वतीय पर्यटनमा हिमचितुवाका नामले परिचित साहसिक आरोही शेर्पाको सोमबार निधन भएको हो । काठमाडौंको जोरपाटीमा ७२ वर्षको उमेरमा निधन भएका शेर्पाको नाममा १० पटक बिना अक्सिजन सगरमाथाको चुचुरो पुगेको कीर्तिमान रहेको छ ।