Jana Prahar

आइतबार, असोज २५ २०८३ |

Jana Prahar

Advertisment

SKIP THIS

सागका स्वर्ण विजेतालाई फारम भराएर पनि विभूषित गरेन सरकारले


  • जन प्रहार
  • प्रकाशित मिति सोमबार, असोज ५ २०७७
  • 3K
    SHARES

सागका स्वर्ण विजेतालाई फारम भराएर पनि विभूषित गरेन सरकारले

युवा तथा खेलकुद मन्त्रालयले गत साउनमा मानपदवी, अलंकार र पदकबाट सम्मान गर्न १३औं दक्षिण एसियाली खेलकुद (साग) का स्वर्ण विजेता खेलाडीलाई फारम भर्न उर्दी जारी गरेको थियो। ‘नभर्नेले पदक पाउँदैन‘ भन्दै सागका ५१ स्वर्ण विजेतालाई मन्त्रालयले राष्ट्रिय खेलकुद परिषद्बाट फारम भर्न भनेको थियो। परिषद्ले खेलकुद मन्त्रालयको निर्देशनअनुसार स्वर्ण विजेता खेलाडीलाई फारम भराएर पठाएको थियो। राज्यका लागि स्वर्ण पदक जितेका खेलाडीले समेत फारम भरेर मानपदवीका लागि दाबी गर्नु पर्ने अवस्था ठिक नभएको भन्दै त्यतिबेलै राष्ट्रिय तथा अन्तर्राष्ट्रिय खेलाडी संघले विरोध गरेको थियो।

‘राज्यका लागि स्वर्ण जित्ने खेलाडीले पदकका लागि दाबी गर्दै फारम भर्नु शोभनीय होइन। अर्कोतर्फ स्वर्ण विजेतालाई मात्र पदक दिनु पनि उचित होइन,’ राष्ट्रिय तथा अन्तर्राष्ट्रिय खेलाडी संघका अध्यक्ष दीपक श्रेष्ठले भने,’हिजोको दिनमा पदक विजेता खेलाडीले फारम भरेको आधारमा पदक दिने गरिएको थिएन। राज्यले मूल्याङ्कन गरेर विभूषित गर्नुपर्छ भन्ने हाम्रो भनाइ थियो।‘ १३औं सागमा नेपालले ५१ स्वर्ण, ६० रजत र ९६ कास्य जितेको थियो। यो पदक नेपालले साग इतिहासमा हात परेको अहिलेसम्मकै बढी हो। साथै नेपालले २० वर्षपछि पदक तालिकामा दोस्रो स्थान हात पारेको थियो।

१३औं सागमा उच्च सफलता हात पारेकाले सबैलाई पदक दिनु पर्ने खेलाडी संघको मागमा मन्त्रालयले कोटा थोरै छ भनेर सम्झाउने प्रयास गरेको थियो तर मन्त्रिषरिषद्ले पछि कोटा बढाएको थियो। त्यसपछि सागका स्वर्ण विजेतालाई विभूषित गर्ने बाटो खुलेको मन्त्रालय श्रोत बताउँछ।

‘सुरूमा २ सय जनालाई मात्र विभूषित गर्ने भनिएकोमा पछि कोटा बढाइएको थियो। पदक विजेता सबै खेलाडीलाई विभूषित गर्न सकिने अवस्था बनेको थियो,’ श्रोतले भन्यो, ‘तर मन्त्रीज्यूले कोटा बढाइएको विषय र पदक विजेता खेलाडीलाई सिफारिस गर्न मन्त्रालयमार्फत पहल गर्नु भएन। त्यसैले खेलाडीको नाम छुटेको हो।‘

 यस विषयमा बुझ्न खोज्दा युवा तथा खेलकुद मन्त्री जगतबहादुर विश्वकर्मा सम्पर्कमा आउन चाहेनन्।देशका लागि पदक जितेका खेलाडी विभूषित नभएको विषयमा आइतबार बसेको नेकपा सचिवालय बैठकमा समेत कुरा उठेको बताइएको छ।यस्तै सागका प्रशिक्षकहरूसँग पनि मन्त्री सम्पर्कमा आउन चाहिरहेका छैनन्। स्वर्ण विजेता खेलाडीहरूले पदक नपाएको विषयमा मन्त्रीज्यूसँग बुझ्न खोज्दा उहाँ सम्पर्कमा आउन चाहिरहनु भएको छैन,’  सागमा स्वर्ण दिलाउने एक प्रशिक्षकले भने।राज्यको उपेक्षामा परेपछि स्वर्ण विजेता खेलाडी निराश भइरहेको खेलाडी संघका अध्यक्ष श्रेष्ठ बताउँछन्।

‘देशका लागि पदक जितेको अर्थ राज्यले सम्मान गरेपछि मात्र हुन्छ,’  सागमा कराते प्रशिक्षक समेत रहेका श्रेष्ठले  भने,’पहिले राज्यले पदक जितेपछि रोगजारी दिन्थ्यो। हुँदाहुँदा अहिले सम्मान पनि खोसियो।‘खेलाडीको सम्मानमा कन्जुस्याँइ गर्दा नयाँ पुस्तामा बितृष्णा फैलन सक्ने डर रहेको श्रेष्ठको भनाइ छ। नेपालमा खेलाडी खेलेर पाउने सम्मान मात्र त थियो। तर यसरी विभेद हुँदा खेलमा युवा कसरी आकर्षित हुन्छन्?,’ श्रेष्ठको प्रश्न छ,’कतिपय खेलाडीले यस्तो देशमा बसेर केहि नहुने रहेछ समेत भन्न थालिसके।‘

सरकारले यस वर्षको संविधान दिवसको अवसरमा प्रदान गर्ने घोषणा गरेको विभिन्न मानपदवी, अलंकार र पदकबाट सम्मान गर्ने ५ सय ९४ व्यक्ति मध्ये खेल क्षेत्रका १८ जना नाम भने सिफारिस भएको छ। जसमा सागका १५ जना स्वर्ण विजेता खेलाडीसहित ओलम्पियन तथा तेक्वान्दो प्रशिक्षक संगिना वैद्य, राष्ट्रिय खेलकुद परिषद् (राखेप) का सदस्य सचिव रमेशकुमार सिलवाल र राखेपका विभागिय प्रमुख कुलबहादुर थापा खेल क्षेत्रबाट सम्मानित हुनेछन्।

सम्मान हुने सूचीमा रहेका १५ जना स्वर्ण विजेता खेलाडी नेपाल प्रहरी, सशस्त्र प्रहरी र नेपाल आर्मीका खेलाडी हुन्।   मन्त्रालयले सिफारिस नगरे पनि उनीहरू विभागीय सिफारिसमा विभूषित हुने सूचीमा परेका हुन्।

 

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

  • Jana Prahar

    जन आवाज मिडिया हब प्रा.लि.द्धारा सञ्चालित
    कम्पनी दर्ता नं : १८४८४७/२०७४/०७५
    मु .अ.क.नं : ६०६७६८१०२
    अनलाइन दर्ता प्रमाणपत्र नं. ७४३/ २०७४-०७५
    अनलाइन दर्ता प्रमाणपत्र नं.३५३७/२०७८/०७९
    प्रेस काउन्सिल सूचीकरण नं. ३५२१
    स्थायी लेखा नं(PAN) : ६०६७६८१०२
    त्रिनेत्र खवर राष्ट्रिय साप्ताहिक
    दर्ता नं ३४५ /२०७५/०७६
    ठेगानाः गोकुलगंगा,०४,रामेछाप बागमती प्रदेश नेपाल ।
    सम्पर्क नं.: ९७७–९८४०४२११७४
    Email :janaprahar2074@gamil.com
    Email : janaprahar@gmail.com
    Email : janaaawaaj@gmail.com
    Email : trinetrakhabar2076@gmail.com

    हाम्रो टिम

    अध्यक्ष तथा प्रबन्ध निर्देशक

    प्रकाशक : – नेत्र बहादुर कार्की ।

    सम्पादक :- कुमार अधिकारी ।

    सह-सम्पादक :- नमुना दहाल कार्की ।

    सम्बाददाता :- टिका प्रसाद दहाल ।           

    मोबाइल नंम्बर :-९८४०४२११७४