Jana Prahar

आइतबार, असोज २५ २०८३ |

Jana Prahar

Advertisment

SKIP THIS

जोटा लिभरपुलमा


  • जन प्रहार
  • प्रकाशित मिति आइतबार, असोज ४ २०७७
  • 7.3K
    SHARES

काठमाडौं । प्रिमियर लिग च्याम्पियन लिभरपुलले टोलीलाई थप बलियो बनाउने क्रममा वल्भ्सबाट डिएगो जोटालाई अनुबन्ध गरेको छ । लिभरपुलले पोर्चुगिज फरवार्ड जोटालाई शनिवार अनुबन्ध गरेको हो ।२३ वर्षीय फरवार्ड जोटाले लिभरपुलसँग ५ वर्षको सम्झौता गरेका छन् । लिभरपुलले जोटालाई ४१ मिलियन पाउण्डमा अनुबन्ध गरेको हो । लिभरपुलले ३० मिलयन पाउण्ड जोटाको लागि खर्च गरेको छ भने लिभरपुलका डिफेण्डर कि जान होएभर वल्भ्समा गएका छन् । होएभरको मूल्य ९ मिलियन पाउण्ड रहेको छ ।जोटाले लिभरपुलमा अनुबन्ध भएपछि यो आफू र आफ्नो परिवारको लागि उत्साहजनक क्षण भएको बताएका छन् ।

सन् २०१८ मा स्पानिस क्लब एट्लेटिको मड्रिडबाट वल्भ्स पुगेका जोटा त्यहाँ दुई सिजन बिताएर लिभरपुल गएका हुन् । वल्भ्समा स्थायी अनुबन्धित हुनुअघि एक सिजन उनले लोनमा खेलेका थिए ।वल्भ्सका लागि जोटाले १४१ खेलमा ४४ गोल गरेका थिए । गत सिजन उनले ३४ प्रिमियर लिग खेलमा ७ गोल गरेका थिए ।पोर्चुगलका लागि ४ अन्तर्राष्ट्रिय खेल खेलेका जोटाले लिभरपुलमा २० नम्बरको जर्सी लगाउने छन् ।

 

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

  • Jana Prahar

    जन आवाज मिडिया हब प्रा.लि.द्धारा सञ्चालित
    कम्पनी दर्ता नं : १८४८४७/२०७४/०७५
    मु .अ.क.नं : ६०६७६८१०२
    अनलाइन दर्ता प्रमाणपत्र नं. ७४३/ २०७४-०७५
    अनलाइन दर्ता प्रमाणपत्र नं.३५३७/२०७८/०७९
    प्रेस काउन्सिल सूचीकरण नं. ३५२१
    स्थायी लेखा नं(PAN) : ६०६७६८१०२
    त्रिनेत्र खवर राष्ट्रिय साप्ताहिक
    दर्ता नं ३४५ /२०७५/०७६
    ठेगानाः गोकुलगंगा,०४,रामेछाप बागमती प्रदेश नेपाल ।
    सम्पर्क नं.: ९७७–९८४०४२११७४
    Email :janaprahar2074@gamil.com
    Email : janaprahar@gmail.com
    Email : janaaawaaj@gmail.com
    Email : trinetrakhabar2076@gmail.com

    हाम्रो टिम

    अध्यक्ष तथा प्रबन्ध निर्देशक

    प्रकाशक : – नेत्र बहादुर कार्की ।

    सम्पादक :- कुमार अधिकारी ।

    सह-सम्पादक :- नमुना दहाल कार्की ।

    सम्बाददाता :- टिका प्रसाद दहाल ।           

    मोबाइल नंम्बर :-९८४०४२११७४