Jana Prahar

आइतबार, असोज २५ २०८३ |

Jana Prahar

Advertisment

SKIP THIS

मुलककै राजधानी काठमाडौको वडामा कोरोनाको अवस्था उपत्यका कोरोना संक्रमणको ‘हटस्पट बन्दै


  • जन प्रहार
  • प्रकाशित मिति शुक्रबार, असोज २ २०७७
  • 4.6K
    SHARES

मुलककै राजधानी काठमाडौका वडामा कोरोनाको अवस्था उपत्यका कोरोना संक्रमणको ‘हटस्पट बन्दै गएको छ । काठमाडौ जिल्लामा मात्र कोरोना संक्रमितको संख्या ११ हजार नाघेको छ ।

भदौ ३० गतेसम्मको तथ्यांकलाई मात्र हर्ने हो भने काठमाडौं महानगरमामात्र ६ हजार २९ संक्रमित रहेका छन् भने सक्रिय संक्रमितको संख्या ३ हजार ३ सय ९७ छ। देशभर कोरोना संक्रमितको संख्या ५८ हजार ३ सय २७ पुगेको छ।
काठमाडौं महानगरमा दैनिक रुपमा हटस्पद थपिँदै गएका छन्। साउन ५ गते लकडाउन खुलेपछि काठमाडौंमा संक्रमित थपिदै गएका थिए। अहिले काठमाडौंका सवै वडामा कोरोना संक्रमित रहेका छन्। महानगरभित्रमात्र ५० संक्रमितले ज्यान गुमाएका छन्। देशभर मृत्यु भएकामध्ये ३ सय ७९ मध्ये १५ प्रतिशत मानिस महानगरका रहेका छन्।
महानगरका २ वडामा ४र४ जनाले ज्यान गुमाएका छन्। उपत्यकाको सवैभन्दा धेरै संक्रमित रहेको स्थान काठमाडौं महानगरको वडा नम्बर १५ रहेको छ। स्वयम्भु क्षेत्रमा ५ सय ६४ जनामा कोरोना संक्रमण भएको पुष्टि भएको छ भने एक जनाको मृत्यु भएको छ। त्यस्तै वडा नम्वर ३२ कोटेश्वर बढी प्रभावित क्षेत्र मानिएको छ। उक्त क्षेत्रमा ४ सय ५२ जनामा संक्रमण पुष्टि भएको छ भने २ जनाले ज्यान गुमाएका छन्। उक्त क्षेत्रपछि वडा न १६ बालाजुमा धेरै संक्रमित रहेका छन्। बालाजुमा ४ सय १५ जनामा संक्रमण पुष्टि भएको छ भने तीन जनाको मृत्यु भएको छ। काठमाडौं महानगरका ९ वडामा २ सयभन्दा धेरै संक्रमित रहेका छन् ।

२ सयभन्दा धेरै संक्रमित रहेका काठमाडौं महानगरका वडाहरु

वडा न ३ महारागञ्ज–३७३, मृत्यु १
वडा न ७ मित्रपार्क–२०८, मृत्यु ४
वडा न ११ त्रिपुरेश्वर–३२९, मृत्यु १
वडा न १३ कालिमाटी–३०१, मृत्यु ३
वडा न १४ कलंकी–२७०, मृत्यु १
वडा न १५ स्वयम्भु–५६४, मृत्यु १
वडा न १६ बालाजु–४१५, मृत्यु ३
वडा न २७ इनबहाल–२८०, मृत्यु ४
वडा न २८ बागवजार–३२१, मृत्यु १
वडा न ३२ कोटेश्वर–४५२, मृत्यु २
अन्य ४५२

अहिले सम्म कोरोनाका कारण धेरै मृत्यु हुने वडा

महानगरका तीन वटामा ४र४ जनाले ज्यान गुमाएका छन् । बडा नम्बर २७ इनावहाल, बडा नम्वर २१ लगन र बडा नम्वर १७ मित्रपार्कमा ४र४ जना कोरोना संक्रमितको मृत्यु भएको छ। भने ६ वटा वडामा ३–३ जनाको मृत्यु भएको छ। वडा न ४ धुम्वाराही, वडा नम्बर ५ हाँडीगाउँ, वडा नम्बर १० बानेश्वर, वडा नम्बर १३ कालिमाटी, बडा नम्वर २५ नःघल र वडा नम्वर १६ बालाजु रहेका छन्।

एक जना संक्रमितको मृत्यु भएका वडा १२ वटा

महानगरका ३२ वडामध्ये १२ वटा वडामा एकजना संक्रमितको मात्र मृत्यु भएको छ। त्यस्तै २ जना संक्रमितको मृत्यु हुने वडा ४ वटा छन्। २ जना संक्रमितको मृत्यु भएका वडामा वडा नम्बर ३० ज्ञानेश्वर ,वडा न ३२ कोटेश्वर , वडा न २० भीमसेनस्थान र वडा न १२ टेकु रहेका छन्। जसमा निम्न छन्९
वडा न १ नक्साल–१
वडा न ३ महाराजगञ्ज –१
वडा न ६ बौद्ध– १
वडा न ९ गौशाला– १
वडा न ११ त्रिपुरेश्वर–१
वडा न १४ कलंकी– १
वडा न १५ स्वायम्भु– १
वडा न १७ खुशिवु– १
वडा न २२ संकटा–१
वडा न २६ लैनचौर– १
वडा न २८बागवजार– १
वडा न ३१ शान्तिनगर– १

शून्य मृत्यु हुने वडा ७ वटा

महानगरका ७ वटा वडामा संक्रमित भए पनि कसैले पनि ज्यान गुमाएका छैन। महानगरका यी वडाहरुका विरामी होम आइसोलेन, संस्थागत आइसोलेनदेखि अस्पतालमा उपचाररत छन्। संक्रमणको दर पनि यी वडामा न्यून तहमै रहेको छ। शून्य मृत्यु रहेका वडामा वडा नम्वर २९ डिल्लीबजार , वडा न २३ ओमबहाल, वडा न २४ मखन, वडा न १८ नरदेवी, वडा न १९ कंकेश्वरी , बडा न ८ जयवागेश्वरी र वडा न २ लाजिम्पाट रहेका छन्।

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

  • Jana Prahar

    जन आवाज मिडिया हब प्रा.लि.द्धारा सञ्चालित
    कम्पनी दर्ता नं : १८४८४७/२०७४/०७५
    मु .अ.क.नं : ६०६७६८१०२
    अनलाइन दर्ता प्रमाणपत्र नं. ७४३/ २०७४-०७५
    अनलाइन दर्ता प्रमाणपत्र नं.३५३७/२०७८/०७९
    प्रेस काउन्सिल सूचीकरण नं. ३५२१
    स्थायी लेखा नं(PAN) : ६०६७६८१०२
    त्रिनेत्र खवर राष्ट्रिय साप्ताहिक
    दर्ता नं ३४५ /२०७५/०७६
    ठेगानाः गोकुलगंगा,०४,रामेछाप बागमती प्रदेश नेपाल ।
    सम्पर्क नं.: ९७७–९८४०४२११७४
    Email :janaprahar2074@gamil.com
    Email : janaprahar@gmail.com
    Email : janaaawaaj@gmail.com
    Email : trinetrakhabar2076@gmail.com

    हाम्रो टिम

    अध्यक्ष तथा प्रबन्ध निर्देशक

    प्रकाशक : – नेत्र बहादुर कार्की ।

    सम्पादक :- कुमार अधिकारी ।

    सह-सम्पादक :- नमुना दहाल कार्की ।

    सम्बाददाता :- टिका प्रसाद दहाल ।           

    मोबाइल नंम्बर :-९८४०४२११७४