प्रहरी हिरासतमा मृत्यु बारे अध्ययन गर्न ५सदस्यीय उपसमिति गठन
केही महिनायता धनुषा, रौतहट र कैलालीमा प्रहरी हिरासतमा रहेका बेला ३ जनाको मृत्युबारे बिहीबार बसेको प्रतिनिधिसभाको कानुन, न्याय तथा मानव अधिकार समितिको बैठकले हिरासतमा भएका बेला मृत्यु भएकाहरुका बारेमा स्थलगत अध्ययन गरी प्रतिवेदन तयार गर्न ५ सदस्यीय उपसमिति गठन गरेको छ ।
सभापति कृष्णभक्त पोखरेलका अनुसार उपसमितिका सदस्य भने केही दिनमा चयन गरिने जनाएका छन् । सो मृत्युको घटनालाई लिएर मृत्यु हुनेका आफन्तजनले विरोध प्रदर्शन गरेका छन् भने प्रहरीले गठन गरेको छानबिनमा कतिपय प्रहरी अधिकारी नै तानिएका देखिन्छन् ।