कांग्रेस सभापति देउवा सचिवालयमा कार्यरत १जनामा कोरोना पोजेटिभ देउवाको स्वाब संकलन गर्ने तयारीमा ।
शेरबहादुर देउवाको निजी सचिवालयमा कार्यरत एक जना कर्मचारीमा कोरोना पोजेटिभ देखिएपछि देउवा होम आइसोलेसनमा बस्नुभएको देउवाका स्वकीय सचिव भानु देउवाले जनाकारी दिनुभएको हो । देउवाको स्वाब संकलन गर्ने तयारी भइरहेको र चिवालयमा कार्यरत अन्य चार जनाको रिपोर्ट भने नेगेटिभ आएको भएता पनि एक जनाको रिपोर्ट पोजेटिभ आएसँगै सभापति देउवा बालुवाटार बैठकमा सहभागि नहुने निश्चित भएको देउवाका स्वकीय सचिव भानु देउवाले जनाए ।
बुधबार सत्तारुढ दल नेकपाका अध्यक्षद्वय प्रधानमन्त्री केपी शर्मा ओली र पुष्पकमल दाहालबीच भएको छलफलमा बिहीबारका लागि प्रमुख प्रतिपक्षी दलका नेता शेरबहादुर देउवासँगको भेट तय भएको भएता पनि सभापति देउवा होम आइसोलेसनमा बसे संगै परिषदको बैठक बिहीबार बस्ने भनिएको सत्तारुढ र प्रमुख प्रतिपक्षीबीचको छलफल स्थगित हुने भएको छ ।