जन न्युज नेपाल खवर प्रतिनिधि कालिकोट
कालिकोट जिल्लाको तिलागुफा नगरपालिका वडानम्बर ४ राँचुली मा बुधबार आइसोलेसनबाट २० जना कोरोना संक्रमित निको भएर घर फर्किएसँगै कालिकोट कोरोना संक्रमण मुक्त जिल्ला बनेको छ बुधबार जिल्लाको तिलागुफा नगरपालिका वडानम्बर ४ राँचुली आइसोलेसनबाट २० जना कोरोना संक्रमित निको भएर घर फर्किएसँगै कालिकोट कोरोना संक्रमणमुक्त जिल्ला बनेको छ ।
जिल्ला स्वास्थ्य सेवा कार्यालय कालिकोटका निमित्त व्यवस्थापक कटक बहादुर महतका अनुसार जिल्लाभर १ सय जनामा कोरोना संक्रमण देखिएकामा सबै निको भएर घर फर्केको पछि कालिकोट कोरोना संक्रमित व्यवस्थापक महतले जनाकारी दिएका छन् ।
जिल्लामा हालसम्म ५ हजार ६ सय ९० जनाको पिसिआर विधिबाट स्वाब परीक्षण गरिएको र दुई हजार ६ सय ६१ जनाको जिल्लाका नौ स्थानीय तहमध्ये पचालझरना गाउँपालिकाबाहेकका सबै स्थानीय तहमा कोरोना संक्रमणका बिरामी भेटिएको समेत व्यवस्थापक महतले जनाए
आरडिटी विधिबाट परीक्षण गरिएकामा १ सय जनामा कोरोना संक्रमण देखिएको निमित्त व्यवस्थापक महतले बताए ।