४२ बोरा प्याज बरामद काठमाडौं
जन न्युज नेपाल खबर प्रतिनिधि काठमाडौं
काठमाडौं महानगरपालिकाको उपभोक्ता हित संरक्षण समितिले तीनकुनेको हरितगृह तरकारी बजारमा बिहीबार बिहान छड्के अनुगमन गर्दा व्यापारीले लुकाएर राखेको ४२ बोरा प्याज जफत गरेर प्रहरीको जिम्मा लगाएको छ ।
सदस्य उपभोक्ता अधिकारकर्मी माधव तिमिल्सिनाका अनुसार विशेष गौतमको पसलबाट २९ र उन्नत सब्जी भण्डारबाट १३ बोरा प्याज जफत गरेको र महँगोमा प्याज बिक्री गरेको आरोपमा दुलाल आलु प्याजका सञ्चालकलाई पनि समितिले कारबाहीका लागी सिफारिस गरेको बताए ।
अनुगमनमा परेका सबैलाई १० बजे वाणिज्य विभागमा हाजिर हुन निर्देशन दिइएको र उनीहरुलाई उपभोक्ता हित संरक्षण ऐन अनुसार कारबाही हुन तिमिल्सिनाले जनाए ।
भारतले प्याज निर्यात बन्द गरेलगत्तै नेपाली बजारमा व्यापारीहरुले प्याजको कृत्रिम अभाव गरेको हुदा यस्तो गर्ने जो कोहि लाई पनि कानुन बमोजिमको कारबाहि गर्ने समेत तिमिल्सिनाले जनाएका छन् ।