व्यवसाय खोल्न पाउनु पर्ने माग राख्दै सैलुन व्यवसाय विरोध प्रदर्शन उत्रिए
अहिले काठमाडौ उपत्यका लकडाउन खुकुलो भएको भएता पनि अझै पनि केहि व्यसाय भने सरकारले खोल्ने अनुमति दिएको छैन् । लकडाउनका कारण लामो समयसम्म व्यवसाय बन्द हुँदा आफु मर्कामा परेको भन्दै ‘संयुक्त नाइ संघर्ष समितिले मंगलबार बिहान ललितपुरको पाटनदेखि काठमाडौंको माइतीघर मण्डलासम्म विरोध प्रदर्शन गरेको छ ।
नाइ श्रमिकहरुलाई लकडाउन अवधिभरको राहतको व्यवस्था गर्नुपर्ने, बैंकको ब्याजदर मिनाहा हुनुपर्ने, पसल तथा कोठा भाडा मिनाहा हुनुपर्ने, नाई श्रमिकहरुलाई निःशुल्क पीपीई सेट दिनुपर्ने, नाई श्रमिकहरुको ५० लाख बराबरको जीवन बीमा गरिदिनु माग राख्दै उनहिरुले विरोध प्रदर्शन गरेको समिति जनाएको । लकडाउन खुकुलो भए संगै देशभरका सबै सैलुन र ब्युटी पार्लर खोल्न पाउनु पर्ने भन्दै विरोध गरेको व्यवसायीहरुले बताएका छन् ।