Jana Prahar

आइतबार, असोज २५ २०८३ |

Jana Prahar

Advertisment

SKIP THIS

जनकपुरधाममा विजयादशमीको रौनकः शक्तिपीठहरूमा भव्य तयारी


  • जन प्रहार
  • प्रकाशित मिति बुधबार, असोज २१ २०८३
  • 209
    SHARES

काठमाडौं । नेपालीहरूको महान चाड विजयादशमी नजिकिएसँगै मिथिलाको सांस्कृतिक केन्द्र जनकपुरधाममा तयारी तिब्र पारिएको छ ।

यहाँका प्रमुख शक्तिपीठ राजदेवी मन्दिरसहितका दर्जनौँ स्थानमा देवी दुर्गाको मूर्ति स्थापना गरी भव्य पूजाअर्चना गर्ने तयारी भइरहेको छ । जनकपुरधाममा यसवर्षको दशैँलाई विशेष बनाउन स्थानीय युवा क्लवहरू सक्रिय रूपमा जुटेका छन् ।

राजा जनकका कुलदेवी मानिने प्रसिद्ध राजदेवी मन्दिर परिसरमा पूजाको व्यवस्थापनका लागि महावीर युवा कमिटीले १६ वटा विभिन्न समिति तथा उपसमिति गठन गरेर काम गरिरहेको छ ।

महावीर युवा कमिटीका अध्यक्ष दीपककुमार साहकाअनुसार अघिल्ला वर्षहरूको तुलनामा यसवर्ष दशैँलाई थप भव्य र व्यवस्थित बनाउने लक्ष्य राखिएको छ । मन्दिर परिसरमा आकर्षक पण्डाल निर्माण र विद्युतीय सजावटका कार्यहरू अन्तिम चरणमा पुगेका छन् ।

त्यस्तै, राम युवा कमिटीले पनि बौद्धी माता र अमरखाना माइ मन्दिरमा पूजाको तयारी शुरु गरेको छ । राम युवा कमिटीका अध्यक्ष विजय साहले धार्मिक अनुष्ठानसँगै दशैँलाई व्यवस्थित बनाउन सरसफाई र व्यवस्थापकीय पाटोमा विशेष ध्यान दिइएको जानकारी दिनुभयो ।

केबल राजदेवी र राम मन्दिर मात्र नभई जनकपुरका विद्यापति चोक, भ्रमरपुरा चोक, पिडडीया माइस्थान र रजौल लगायतका स्थानहरूमा पनि स्थानीय युवा क्लवहरूले दुर्गा भवानीको मूर्ति स्थापना गरी पूजाको तयारी गरिरहेका छन् ।

मन्दिर र पूजा स्थलहरूलाई रंगीचंगी बत्ती र कलात्मक पण्डालले सिँगार्ने कार्यले जनकपुरधाममा दशैँको उत्साहपूर्ण वातावरण छाएको छ ।

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

  • Jana Prahar

    जन आवाज मिडिया हब प्रा.लि.द्धारा सञ्चालित
    कम्पनी दर्ता नं : १८४८४७/२०७४/०७५
    मु .अ.क.नं : ६०६७६८१०२
    अनलाइन दर्ता प्रमाणपत्र नं. ७४३/ २०७४-०७५
    अनलाइन दर्ता प्रमाणपत्र नं.३५३७/२०७८/०७९
    प्रेस काउन्सिल सूचीकरण नं. ३५२१
    स्थायी लेखा नं(PAN) : ६०६७६८१०२
    त्रिनेत्र खवर राष्ट्रिय साप्ताहिक
    दर्ता नं ३४५ /२०७५/०७६
    ठेगानाः गोकुलगंगा,०४,रामेछाप बागमती प्रदेश नेपाल ।
    सम्पर्क नं.: ९७७–९८४०४२११७४
    Email :janaprahar2074@gamil.com
    Email : janaprahar@gmail.com
    Email : janaaawaaj@gmail.com
    Email : trinetrakhabar2076@gmail.com

    हाम्रो टिम

    अध्यक्ष तथा प्रबन्ध निर्देशक

    प्रकाशक : – नेत्र बहादुर कार्की ।

    सम्पादक :- कुमार अधिकारी ।

    सह-सम्पादक :- नमुना दहाल कार्की ।

    सम्बाददाता :- टिका प्रसाद दहाल ।           

    मोबाइल नंम्बर :-९८४०४२११७४