Jana Prahar

आइतबार, असोज २५ २०८३ |

Jana Prahar

Advertisment

SKIP THIS

एलपीजी ग्यासबाट हुने आगलागीबाट बच्न ललितपुरमा सचेतना र डेमो प्रदर्शन


  • जन प्रहार
  • प्रकाशित मिति सोमबार, असोज १९ २०८३
  • 361
    SHARES

काठमाडौं । चाडबाड नजिकिएसँगै भान्साकोठामा प्रयोग हुने एलपीजी ग्यासबाट हुनसक्ने सम्भावित आगलागीका जोखिमलाई न्युनिकरण गर्न ललितपुरमा विशेष नमूना अभ्यास (डेमो) कार्यक्रम गरिएको छ ।

जिल्ला प्रशासन कार्यालय ललितपुरको आयोजनामा भएको उक्त कार्यक्रममा ग्यास सिलिण्डर, रेगुलेटर र पाइपको प्रयोगमा अपनाउनुपर्ने सावधानीका विषयमा व्यावहारिक ज्ञान दिइएको हो ।

दैनिक जीवनमा अपरिहार्य बनेको एलपीजी ग्यासको प्रयोगमा हेलचेक्र्याइँ गर्दा ठूलो जनधनको क्षति हुनसक्ने भन्दै प्रमुख जिल्ला अधिकारी नरहरि घिमिरेले सुरक्षाका मापदण्ड पालना गर्न आह्वान गरे ।

सोमवार ललितपुरमा आयोजित कार्यक्रममा बोल्दै उनले ग्यास सिलिण्डरलाई घाममा सुकाउने, तेर्सो पारेर प्रयोग गर्ने वा कमजोर पाइपको प्रयोग गर्ने जस्ता गलत अभ्यासले नै आगलागी निम्त्याउने बताए ।

कार्यक्रममा नगर प्रहरी र प्राविधिक टोलीले ग्यास चुहावट हुँदा उत्पन्न हुने जोखिम र त्यसलाई तत्काल नियन्त्रण गर्ने तरिकाबारे प्रत्यक्ष प्रदर्शन गरेका थिए । प्रशासकीय अधिकृत गणेश अधिकारी लगायत सहभागीहरूले सिलिण्डरको सुरक्षाबारे व्यावहारिक अभ्यास गरेका थिए । प्रजिअ घिमिरेले विपद् जुनसुकै समयमा आउन सक्ने भएकाले घरका वयस्क सदस्यहरूले यस्ता प्राविधिक सीप सिक्नु आवश्यक रहेकोमा जोड दिए ।

उनले भने, ‘आज एलपीजी ग्यासबाट हुन सक्ने आगलागीजन्य विपद्को सिमुलेसन तथा डेमो प्रस्तुत गरियो । ग्यास हाम्रो दैनिक जीवनको अभिन्न हिस्सा भएकाले यसको सुरक्षित भण्डारण, प्रयोग र व्यवस्थापनमा सबै सचेत हुन आवश्यक छ । आजको अभ्यासले आगलागी हुँदा कसरी आफूलाई सुरक्षित राख्ने र प्रारम्भिक रूपमा नियन्त्रण गर्ने भन्ने व्यवहारिक ज्ञान दिएको छ । विपद् कहिले आउँछ भन्ने थाहा हुँदैन, त्यसैले पूर्वतयारी र आवश्यक सीप अत्यन्त महत्त्वपूर्ण हुन्छ । यस कार्यक्रममा सहभागी नगरपालिकाको टोली, सुरक्षा निकाय, प्राविधिक तथा पत्रकार साथीहरूप्रति हार्दिक आभार व्यक्त गर्दछु । यसको वास्तविक सफलता सिकेको ज्ञानलाई घर, कार्यालय र समुदायसम्म पु¥याउन सक्नुमा हुनेछ । सम्भव भएसम्म घर, कार्यालय तथा व्यावसायिक प्रतिष्ठानमा अग्निनियन्त्रक सामग्री राखौँ, नियमित जाँच गरौँ र आगलागीको जोखिम न्युनिकरण गरौँ । सिकौँ, सिकाऔँ र सुरक्षित रहौँ ।’

उनले हरेक घर, कार्यालय र व्यावसायिक प्रतिष्ठानमा कम्तीमा एउटा अग्निनियन्त्रक (फायर एक्सटिङ्गुइसर) राख्न र समय–समयमा त्यसलाई रिफिल गर्न सुझाव दिए ।

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

  • Jana Prahar

    जन आवाज मिडिया हब प्रा.लि.द्धारा सञ्चालित
    कम्पनी दर्ता नं : १८४८४७/२०७४/०७५
    मु .अ.क.नं : ६०६७६८१०२
    अनलाइन दर्ता प्रमाणपत्र नं. ७४३/ २०७४-०७५
    अनलाइन दर्ता प्रमाणपत्र नं.३५३७/२०७८/०७९
    प्रेस काउन्सिल सूचीकरण नं. ३५२१
    स्थायी लेखा नं(PAN) : ६०६७६८१०२
    त्रिनेत्र खवर राष्ट्रिय साप्ताहिक
    दर्ता नं ३४५ /२०७५/०७६
    ठेगानाः गोकुलगंगा,०४,रामेछाप बागमती प्रदेश नेपाल ।
    सम्पर्क नं.: ९७७–९८४०४२११७४
    Email :janaprahar2074@gamil.com
    Email : janaprahar@gmail.com
    Email : janaaawaaj@gmail.com
    Email : trinetrakhabar2076@gmail.com

    हाम्रो टिम

    अध्यक्ष तथा प्रबन्ध निर्देशक

    प्रकाशक : – नेत्र बहादुर कार्की ।

    सम्पादक :- कुमार अधिकारी ।

    सह-सम्पादक :- नमुना दहाल कार्की ।

    सम्बाददाता :- टिका प्रसाद दहाल ।           

    मोबाइल नंम्बर :-९८४०४२११७४