Jana Prahar

आइतबार, असोज २५ २०८३ |

Jana Prahar

Advertisment

SKIP THIS

यो पटक–पटक सरकार ढल्छ भन्ने मान्छे सरकार नढलेको देखेर बेहोस भएर ढल्छ : सभापति लामिछाने


  • जन प्रहार
  • प्रकाशित मिति आइतबार, असोज १८ २०८३
  • 342
    SHARES

काठमाडौं । सत्तारुढ राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले प्रधानमन्त्री बालेन्द्र शाह नेतृत्वको सरकार नढल्ने दाबी गर्नुभएको छ।

नेपाली कांग्रेसको १५औँ महाधिवेशनको उद्घाटन समारोहलाई सम्बोधन गर्दै उहाँले सरकार ढल्ने हल्ला गर्नेहरू नै सरकार नढलेको देखेर बेहोस भएर ढल्ने टिप्पणी गर्नुभएको हो।

‘कहिलेकाहीँ सुनिन्छ, सरकार कमजोर भयो, सरकार ढल्छ, अहिल्यै ढल्छ, भोलि ढल्छ, दसैँमा ढल्छ, तिहारमा ढल्छ, छठमा ढल्छ, नेपाल संवत्मा ढल्छ,’ उहाँले भन्नुभयो, ‘ढल्न त ढल्छ, तर यो पटक–पटक सरकार ढल्छ भन्ने मान्छे सरकार नढलेको देखेर बेहोस भएर ढल्छ।’

लामिछानेले यसपटक व्यक्तिलाई मात्र नभई इतिहास बदल्ने उद्देश्यले सरकार चयन भएको बताउनुभयो। उहाँले जनमतको हुर्मत लिने काम नगर्न राजनीतिक दलहरूलाई आग्रह गर्नुभयो।

लोकतन्त्रमा कुनै खतरा नरहेको बताउँदै लामिछानेले पुराना दलहरूलाई लोकतन्त्रको संरक्षणको ठेक्का नलिन आग्रह गर्नुभयो।

‘लोकतन्त्रको रक्षा हामीले नै गर्छौँ भनेर पूरै ठेक्कापट्टा लिने काम नगर्नुहोस्। लोकतन्त्रलाई खतरा छैन, खतरा भए जोगाउने जनता छन्। जनताले जोगाउँछन्,’ उहाँले भन्नुभयो, ‘तर लोकतन्त्रको नाममा हामीले विधि स्थापना गर्छौँ।’

उहाँले सरकार ढाल्ने उद्देश्यले आन्दोलनको चेतावनी नदिन पनि आग्रह गर्नुभयो। सरकार नढल्ने दाबी गर्दै उहाँले पटक–पटक सरकार ढल्ने बताउनेहरू आफैँ बेहोस भएर ढल्न सक्ने व्यंग्य गर्नुभयो।

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

  • Jana Prahar

    जन आवाज मिडिया हब प्रा.लि.द्धारा सञ्चालित
    कम्पनी दर्ता नं : १८४८४७/२०७४/०७५
    मु .अ.क.नं : ६०६७६८१०२
    अनलाइन दर्ता प्रमाणपत्र नं. ७४३/ २०७४-०७५
    अनलाइन दर्ता प्रमाणपत्र नं.३५३७/२०७८/०७९
    प्रेस काउन्सिल सूचीकरण नं. ३५२१
    स्थायी लेखा नं(PAN) : ६०६७६८१०२
    त्रिनेत्र खवर राष्ट्रिय साप्ताहिक
    दर्ता नं ३४५ /२०७५/०७६
    ठेगानाः गोकुलगंगा,०४,रामेछाप बागमती प्रदेश नेपाल ।
    सम्पर्क नं.: ९७७–९८४०४२११७४
    Email :janaprahar2074@gamil.com
    Email : janaprahar@gmail.com
    Email : janaaawaaj@gmail.com
    Email : trinetrakhabar2076@gmail.com

    हाम्रो टिम

    अध्यक्ष तथा प्रबन्ध निर्देशक

    प्रकाशक : – नेत्र बहादुर कार्की ।

    सम्पादक :- कुमार अधिकारी ।

    सह-सम्पादक :- नमुना दहाल कार्की ।

    सम्बाददाता :- टिका प्रसाद दहाल ।           

    मोबाइल नंम्बर :-९८४०४२११७४