Jana Prahar

आइतबार, असोज २५ २०८३ |

Jana Prahar

Advertisment

SKIP THIS

हिमलुङ हिमालमा हिमपहिरो : ११ जना सम्पर्कमा, १२ जना अझै बेपत्ता


  • जन प्रहार
  • प्रकाशित मिति बुधबार, असोज १४ २०८३
  • 323
    SHARES

काठमाडौँ । मनाङको हिमलुङ हिमाल आधार शिविरमा गएको हिमपहिरोमा परेर सम्पर्कविहीन भएका ११ जना परिवार तथा आफन्तको सम्पर्कमा आएका छन्। जिल्ला प्रशासन कार्यालय मनाङका अनुसार हिमालयन होलिडेजका सात जना र इम्याजिन नेपालका चार जना सकुशल रहेका छन्।

प्रतिकूल मौसमको पूर्वसूचना पाएपछि उनीहरू हिमलुङ हिमालको आधार शिविरबाट तल्लो क्षेत्रमा ओर्लिएका कारण हिमपहिरोबाट जोगिन सफल भएको प्रशासनले जनाएको छ। हिमपहिरोपछि फर्किएका उनीहरू आइतबार साँझ नार्पाभूमि गाउँपालिकाको फू गाउँ पुगेका थिए।

उनीहरूलाई उद्धार गरी सुरक्षित स्थानमा ल्याउन हेलिकोप्टरको प्रयोग गरिएको थियो। परिवार तथा आफन्तसँग सम्पर्कमा आएपछि उनीहरूको अवस्थाबारे थप जानकारी प्राप्त भएको प्रशासनले जनाएको छ।

१२ जना अझै सम्पर्कविहीन

हिमलुङ हिमालमा गएको हिमपहिरोमा परेका १२ जना अझै सम्पर्कविहीन रहेको जिल्ला प्रशासन कार्यालय मनाङले जनाएको छ।

सम्पर्कविहीन हुनेमा हिमालयन होलिडेजका १० जना र इम्याजिन नेपालका दुई जना रहेका छन्। उनीहरूको खोजी तथा उद्धारका लागि सम्बन्धित निकायले प्रयास जारी राखेका छन्।

प्रतिकूल मौसम, उच्च हिमाली भूभाग तथा हिमपहिरोको जोखिमका कारण खोजी तथा उद्धार कार्य चुनौतीपूर्ण बनेको प्रशासनले जनाएको छ।

चार जनाको शव फेला

यसैबीच, हिमपहिरोमा परी मृत्यु भएका चार जनाको शव फेला परेको छ।

सोमबार घटनास्थल पुगेको उद्धार टोलीले वीरेन्द्र गुरुङ र घनश्याम राईको शव फेला पारेको थियो। फेला परेका दुवै शव मंगलबार चामे ल्याइएको थियो। त्यसपछि कैलाश एयरको हेलिकोप्टरमार्फत उनीहरूको शव काठमाडौँस्थित शिक्षण अस्पताल पठाइएको जिल्ला प्रशासन कार्यालय मनाङले जनाएको छ।

यसअघि आइतबार नै छिवी भोटे र पासाङ भोटेको शव फेला परेको थियो। उनीहरूको शव पनि सोमबार हेलिकोप्टरमार्फत काठमाडौँ ल्याइएको थियो।

हिमलुङ हिमाल क्षेत्रमा भएको हिमपहिरोपछि बेपत्ता भएकाहरूको खोजी, उद्धार तथा घटनाको थप विवरण संकलन गर्ने काम भइरहेको छ। प्रशासनले मौसम तथा भौगोलिक अवस्थालाई ध्यानमा राख्दै उद्धार टोलीले आवश्यक सतर्कतासहित काम गरिरहेको जनाएको छ।

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

  • Jana Prahar

    जन आवाज मिडिया हब प्रा.लि.द्धारा सञ्चालित
    कम्पनी दर्ता नं : १८४८४७/२०७४/०७५
    मु .अ.क.नं : ६०६७६८१०२
    अनलाइन दर्ता प्रमाणपत्र नं. ७४३/ २०७४-०७५
    अनलाइन दर्ता प्रमाणपत्र नं.३५३७/२०७८/०७९
    प्रेस काउन्सिल सूचीकरण नं. ३५२१
    स्थायी लेखा नं(PAN) : ६०६७६८१०२
    त्रिनेत्र खवर राष्ट्रिय साप्ताहिक
    दर्ता नं ३४५ /२०७५/०७६
    ठेगानाः गोकुलगंगा,०४,रामेछाप बागमती प्रदेश नेपाल ।
    सम्पर्क नं.: ९७७–९८४०४२११७४
    Email :janaprahar2074@gamil.com
    Email : janaprahar@gmail.com
    Email : janaaawaaj@gmail.com
    Email : trinetrakhabar2076@gmail.com

    हाम्रो टिम

    अध्यक्ष तथा प्रबन्ध निर्देशक

    प्रकाशक : – नेत्र बहादुर कार्की ।

    सम्पादक :- कुमार अधिकारी ।

    सह-सम्पादक :- नमुना दहाल कार्की ।

    सम्बाददाता :- टिका प्रसाद दहाल ।           

    मोबाइल नंम्बर :-९८४०४२११७४