Jana Prahar

आइतबार, असोज २५ २०८३ |

Jana Prahar

Advertisment

SKIP THIS

राष्ट्रसंघकाे महासभामा बालेनको प्रश्न– ‘हतियार ७२ घण्टामा पुग्छन्, किसानले मल र इन्धन किन पाउँदैनन् ?


  • जन प्रहार
  • प्रकाशित मिति शुक्रबार, असोज ९ २०८३
  • 589
    SHARES

काठमाडौँ। प्रधानमन्त्री बालेन शाहले विश्वव्यापी आपूर्ति प्रणालीमा देखिएको असमानताप्रति प्रश्न उठाउँदै हतियार आपूर्तिका लागि विकसित संयन्त्र किसानका अत्यावश्यक सामग्री उपलब्ध गराउन प्रभावकारी हुन नसकेको बताउनुभएको छ।

संयुक्त राष्ट्रसङ्घको ८१औँ महासभालाई अाज बिहान सम्बोधन गर्दै प्रधानमन्त्री शाहले क्षेप्यास्त्र, राइफल तथा गोलाबारुदजस्ता हतियार विश्वका विभिन्न कुनामा तोकिएको समयमै पुर्‍याउन सकिने अवस्था रहे पनि किसानले आवश्यक समयमा उचित मूल्यमा मल र इन्धन पाउन कठिन भइरहेको बताउनुभयो।

उहाँले युद्धका सामग्री तीव्र र सहज रूपमा ओसारपसार गर्न सक्ने विश्व व्यवस्थाले खाद्यान्न तथा कृषि सामग्रीको आपूर्तिलाई भने प्रभावकारी बनाउन नसकेको उल्लेख गर्नुभयो।

प्रधानमन्त्री शाहले आफूले आवश्यक वस्तु किन्न सक्ने क्षमता भएका देशले ती सामग्री सहज रूपमा प्राप्त गर्न सक्ने व्यवस्था हुनुपर्नेमा जोड दिनुभयो। ७२ घण्टाभित्र विश्वको जुनसुकै स्थानमा हतियार पुर्‍याउन सक्ने विश्व व्यवस्थाले किसानलाई सम्मानपूर्वक जीवनयापन गर्न आवश्यक आधारभूत सामग्रीबाट वञ्चित गरिनु उचित नभएको उहाँको भनाइ थियो।

शाहले आपूर्ति प्रणालीमा रहेको असमानतालाई जलवायु न्याय र विश्वव्यापी आर्थिक व्यवस्थासँग पनि जोड्नुभयो। विकासशील तथा कमजोर राष्ट्रका नागरिकले आफूले सिर्जना नगरेका संकटको असर भोग्नुपरेको उहाँले बताउनुभयो।

जलवायु परिवर्तनको प्रत्यक्ष प्रभाव नेपालजस्ता मुलुकमा परिरहेको उल्लेख गर्दै प्रधानमन्त्री शाहले कमजोर विश्वव्यापी आपूर्ति शृङ्खलाले आर्थिक रूपमा कमजोर समुदायमाथि संकटको भार थपिरहेको धारणा राख्नुभयो।

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

  • Jana Prahar

    जन आवाज मिडिया हब प्रा.लि.द्धारा सञ्चालित
    कम्पनी दर्ता नं : १८४८४७/२०७४/०७५
    मु .अ.क.नं : ६०६७६८१०२
    अनलाइन दर्ता प्रमाणपत्र नं. ७४३/ २०७४-०७५
    अनलाइन दर्ता प्रमाणपत्र नं.३५३७/२०७८/०७९
    प्रेस काउन्सिल सूचीकरण नं. ३५२१
    स्थायी लेखा नं(PAN) : ६०६७६८१०२
    त्रिनेत्र खवर राष्ट्रिय साप्ताहिक
    दर्ता नं ३४५ /२०७५/०७६
    ठेगानाः गोकुलगंगा,०४,रामेछाप बागमती प्रदेश नेपाल ।
    सम्पर्क नं.: ९७७–९८४०४२११७४
    Email :janaprahar2074@gamil.com
    Email : janaprahar@gmail.com
    Email : janaaawaaj@gmail.com
    Email : trinetrakhabar2076@gmail.com

    हाम्रो टिम

    अध्यक्ष तथा प्रबन्ध निर्देशक

    प्रकाशक : – नेत्र बहादुर कार्की ।

    सम्पादक :- कुमार अधिकारी ।

    सह-सम्पादक :- नमुना दहाल कार्की ।

    सम्बाददाता :- टिका प्रसाद दहाल ।           

    मोबाइल नंम्बर :-९८४०४२११७४