Jana Prahar

आइतबार, असोज २५ २०८३ |

Jana Prahar

Advertisment

SKIP THIS

इटहरीमा करेन्ट लागेर २० वर्षीय युवकको मृत्यु


  • जन प्रहार
  • प्रकाशित मिति सोमबार, असोज ५ २०८३
  • 532
    SHARES

सुनसरी । सुनसरीको इटहरीमा करेन्ट लागेर एक युवकको मृत्यु भएको छ । इटहरी उपमहानगरपालिका–१० संविधान चोकस्थित निर्मला स्टिल फेब्रिकेसन ट्रेनिङ सेन्टरमा काम गर्ने २० वर्षीय शिवम् विकको करेन्ट लागेर मृत्यु भएको हो ।

उदयपुरको चौदण्डीगढी नगरपालिका–२ घर भएका विक हाल इटहरीमा बस्दै आएका थिए । उनी उक्त स्टिल फेब्रिकेसन ट्रेनिङ सेन्टरमा काम गर्दै आएका थिए ।

प्रहरीका अनुसार सोमबार बिहान मोटरको स्विच अन गर्ने क्रममा अचानक विकको बायाँ हातमा करेन्ट लागेको थियो । करेन्ट लागेर गम्भीर घाइते भएका उनलाई तत्काल उपचारका लागि इटहरी सामुदायिक अस्पताल लगिएको थियो ।

इटहरी सामुदायिक अस्पतालमा प्रारम्भिक तथा सामान्य उपचारपछि उनको अवस्था थप उपचार आवश्यक पर्ने देखिएपछि विराटनगरस्थित विराट मेडिकल कलेज टिचिङ अस्पतालमा रेफर गरिएको थियो । त्यसपछि उनलाई थप उपचारका लागि विराट मेडिकल कलेज टिचिङ अस्पताल विराटनगर पु¥याइएको थियो ।

तर अस्पतालमा उपचार भइरहेका क्रममा विकको मृत्यु भएको इलाका प्रहरी कार्यालय इटहरीका प्रमुख प्रहरी नायब उपरीक्षक सुवास हमालले जानकारी दिए ।

प्रहरी नायब उपरीक्षक हमालका अनुसार मोटरको स्विच अन गर्ने क्रममा करेन्ट लागेपछि उनी घाइते भएका थिए । घटनापछि प्रहरी टोलीले घटनास्थलको प्रारम्भिक निरीक्षण गरी घटनाबारे आवश्यक अनुसन्धान अघि बढाएको जनाएको छ ।

करेन्ट लाग्नुको वास्तविक कारण, मोटर तथा विद्युतीय उपकरणको अवस्था र घटनाको अन्य पक्षबारे प्रहरीले थप अनुसन्धान गरिरहेको छ । घटनासम्बन्धी थप विवरण अनुसन्धानपछि खुल्ने प्रहरीले जनाएको छ ।

यस घटनाले औद्योगिक तथा फेब्रिकेसन क्षेत्रमा काम गर्दा विद्युतीय उपकरण सञ्चालनमा आवश्यक सुरक्षा सावधानी अपनाउनुपर्ने देखाएको छ । विशेषगरी मोटर तथा अन्य विद्युतीय उपकरण सञ्चालन गर्नुअघि विद्युत् जडान, स्विच तथा उपकरणको अवस्था जाँच गर्नुपर्ने आवश्यकता देखिन्छ ।

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

  • Jana Prahar

    जन आवाज मिडिया हब प्रा.लि.द्धारा सञ्चालित
    कम्पनी दर्ता नं : १८४८४७/२०७४/०७५
    मु .अ.क.नं : ६०६७६८१०२
    अनलाइन दर्ता प्रमाणपत्र नं. ७४३/ २०७४-०७५
    अनलाइन दर्ता प्रमाणपत्र नं.३५३७/२०७८/०७९
    प्रेस काउन्सिल सूचीकरण नं. ३५२१
    स्थायी लेखा नं(PAN) : ६०६७६८१०२
    त्रिनेत्र खवर राष्ट्रिय साप्ताहिक
    दर्ता नं ३४५ /२०७५/०७६
    ठेगानाः गोकुलगंगा,०४,रामेछाप बागमती प्रदेश नेपाल ।
    सम्पर्क नं.: ९७७–९८४०४२११७४
    Email :janaprahar2074@gamil.com
    Email : janaprahar@gmail.com
    Email : janaaawaaj@gmail.com
    Email : trinetrakhabar2076@gmail.com

    हाम्रो टिम

    अध्यक्ष तथा प्रबन्ध निर्देशक

    प्रकाशक : – नेत्र बहादुर कार्की ।

    सम्पादक :- कुमार अधिकारी ।

    सह-सम्पादक :- नमुना दहाल कार्की ।

    सम्बाददाता :- टिका प्रसाद दहाल ।           

    मोबाइल नंम्बर :-९८४०४२११७४