Jana Prahar

आइतबार, असोज २५ २०८३ |

Jana Prahar

Advertisment

SKIP THIS

प्रज्ञा प्रतिष्ठानले यही असोज १२ गतेदेखि २३ गतेसम्म बृहत् पुस्तक प्रदर्शनी गर्ने


  • जन प्रहार
  • प्रकाशित मिति शुक्रबार, असोज २ २०८३
  • 456
    SHARES

काठमाडौं । नेपाल प्रज्ञा प्रतिष्ठानले नेपाली भाषा, साहित्य, कला, संस्कृति, दर्शन तथा ज्ञान–विज्ञानसँग सम्बन्धित पुस्तकहरूको प्रवद्र्धन गर्ने उद्देश्यले बृहत् पुस्तक प्रदर्शनी आयोजना गर्ने भएको छ।

पठन संस्कृतिको विकास, पुस्तकप्रति पाठकको आकर्षण बढाउने तथा पाठक र प्रकाशकबीचको सम्बन्धलाई थप सुदृढ बनाउने उद्देश्यले प्रतिष्ठानले बृहत् पुस्तक प्रदर्शनी–२०८३ आयोजना गर्न लागेको हो।

प्रतिष्ठानका अनुसार प्रदर्शनी यही असोज १२ गतेदेखि २३ गतेसम्म काठमाडौंको कमलादीस्थित नेपाल प्रज्ञा प्रतिष्ठान परिसरमा सञ्चालन हुनेछ। प्रदर्शनीमा विभिन्न विधा र विषयका पुस्तकहरू राखिनेछन् भने पाठकले पुस्तक अवलोकन तथा खरिद गर्न सक्ने व्यवस्था मिलाइनेछ।

प्राज्ञ परिषद् सदस्य नवीन अभिलाषीका अनुसार प्रदर्शनीमा सरकारी तथा संस्थागत प्रकाशनका साथै निजी प्रकाशन गृह, पुस्तक वितरक तथा सम्बन्धित संस्थाहरूलाई समेत सहभागी गराइनेछ। इच्छुक प्रकाशन गृह तथा संस्थाहरूले प्रदर्शनीमा आफ्ना प्रकाशन तथा पुस्तकहरू प्रदर्शन र बिक्रीवितरण गर्न सक्नेछन्।

प्रतिष्ठानले प्रदर्शनीमा सहभागी हुन इच्छुक प्रकाशन गृह तथा संस्थाहरूलाई आवेदन दिन आह्वान गरेको छ। इच्छुक प्रकाशन गृह तथा संस्थाले असोज ७ गतेभित्र आफ्नो आवेदन प्रतिष्ठानमा दर्ता गराइसक्नुपर्नेछ।

आवेदन दिँदा प्रकाशन गृह वा संस्थाको नाम, ठेगाना, सम्पर्क व्यक्ति, सम्पर्क नम्बर तथा इमेल ठेगाना स्पष्ट रूपमा खुलाउनुपर्ने प्रतिष्ठानले जनाएको छ। यसका आधारमा सहभागी संस्थाहरूलाई प्रदर्शनीमा कक्ष उपलब्ध गराइनेछ।

प्रदर्शनीमा नेपाली भाषा तथा साहित्यसँग सम्बन्धित पुस्तकलाई विशेष प्राथमिकता दिइनेछ। त्यसका अतिरिक्त कला, संस्कृति, इतिहास, दर्शन, समाजशास्त्र, बालसाहित्य, लोकसाहित्यलगायत ज्ञानमूलक तथा सिर्जनात्मक विधाका पुस्तकहरू समेत प्रदर्शनीमा राख्न सकिने व्यवस्था गरिएको छ।

नेपाल प्रज्ञा प्रतिष्ठानले नेपाली भाषा, साहित्य, कला, संस्कृति तथा विभिन्न ज्ञानका क्षेत्रमा प्रकाशित महत्वपूर्ण कृतिहरूलाई पाठकसम्म पुर्‍याउन प्रदर्शनीलाई उपयोगी माध्यमका रूपमा अघि बढाउन खोजेको जनाएको छ। विभिन्न विधाका पुस्तकहरू एउटै स्थानमा उपलब्ध हुने भएकाले विद्यार्थी, अनुसन्धानकर्ता, साहित्यप्रेमी, शिक्षक, लेखक तथा आम पाठकलाई प्रदर्शनीबाट लाभ पुग्ने अपेक्षा गरिएको छ।

प्रतिष्ठानका अनुसार प्रत्येक सहभागी प्रकाशन गृह तथा संस्थालाई आयोजकले निर्धारण गरेको मापदण्ड र उपलब्धताका आधारमा निःशुल्क प्रदर्शनी कक्ष उपलब्ध गराइनेछ। सहभागी प्रकाशन गृह तथा संस्थाले प्रदर्शनीको सम्पूर्ण अवधिभर आफ्नो कक्ष सञ्चालन गर्नुपर्नेछ।

प्रदर्शनीमा आफ्नो कक्ष राख्ने सहभागी प्रकाशन गृह तथा संस्थाले स्टल तथा प्रदर्शनीस्थलको आवश्यक व्यवस्थापन आफैँ गर्नुपर्नेछ। त्यस्तै, आफ्ना पुस्तकहरूको प्रदर्शन, बिक्रीवितरण, कक्षको सरसफाइ तथा सुरक्षासम्बन्धी आवश्यक व्यवस्थासमेत सम्बन्धित सहभागीले नै गर्नुपर्ने प्रतिष्ठानले जनाएको छ।

प्रदर्शनीको मुख्य उद्देश्य पुस्तकको पहुँच विस्तार गर्नुका साथै नेपाली समाजमा पठन संस्कृतिको विकास गर्नु रहेको प्रतिष्ठानले जनाएको छ। पछिल्लो समय डिजिटल माध्यमको प्रयोग बढ्दै जाँदा पुस्तक पढ्ने संस्कृतिलाई थप प्रोत्साहन गर्न यस्ता प्रदर्शनीले महत्वपूर्ण भूमिका खेल्ने अपेक्षा गरिएको छ।

पुस्तक प्रदर्शनीले लेखक, प्रकाशक र पाठकबीच प्रत्यक्ष सम्पर्कको वातावरणसमेत सिर्जना गर्ने विश्वास गरिएको छ। पाठकले आफूलाई आवश्यक तथा रुचिका पुस्तकबारे प्रकाशक तथा वितरकसँग प्रत्यक्ष जानकारी लिन सक्नेछन् भने प्रकाशकहरूले पाठकको रुचि र माग बुझ्ने अवसर पाउनेछन्।

त्यसैगरी, नेपाली भाषा, साहित्य, कला, संस्कृति तथा विभिन्न ज्ञानका क्षेत्रमा प्रकाशित नयाँ तथा महत्वपूर्ण कृतिहरूलाई व्यापक पाठकसमक्ष पुर्‍याउन प्रदर्शनी उपयोगी हुने प्रतिष्ठानको अपेक्षा छ।

प्रतिष्ठानले प्रदर्शनीमा सहभागी हुन इच्छुक सबै प्रकाशन गृह तथा सम्बन्धित संस्थालाई निर्धारित समयभित्र आवेदन दिन आग्रह गरेको छ। आवेदनका लागि असोज ७ गतेभित्र प्रतिष्ठानमा निवेदन दर्ता गराइसक्नुपर्नेछ।

प्रदर्शनी असोज १२ गतेदेखि २३ गतेसम्म कमलादीस्थित नेपाल प्रज्ञा प्रतिष्ठान परिसरमा सञ्चालन हुने भएकाले पुस्तकप्रेमी, विद्यार्थी, शिक्षक, साहित्यकार, लेखक, अनुसन्धानकर्ता तथा आम पाठकलाई सहभागी भई पुस्तक अवलोकन तथा खरिद गर्न प्रतिष्ठानले अपेक्षा गरेको छ।

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

  • Jana Prahar

    जन आवाज मिडिया हब प्रा.लि.द्धारा सञ्चालित
    कम्पनी दर्ता नं : १८४८४७/२०७४/०७५
    मु .अ.क.नं : ६०६७६८१०२
    अनलाइन दर्ता प्रमाणपत्र नं. ७४३/ २०७४-०७५
    अनलाइन दर्ता प्रमाणपत्र नं.३५३७/२०७८/०७९
    प्रेस काउन्सिल सूचीकरण नं. ३५२१
    स्थायी लेखा नं(PAN) : ६०६७६८१०२
    त्रिनेत्र खवर राष्ट्रिय साप्ताहिक
    दर्ता नं ३४५ /२०७५/०७६
    ठेगानाः गोकुलगंगा,०४,रामेछाप बागमती प्रदेश नेपाल ।
    सम्पर्क नं.: ९७७–९८४०४२११७४
    Email :janaprahar2074@gamil.com
    Email : janaprahar@gmail.com
    Email : janaaawaaj@gmail.com
    Email : trinetrakhabar2076@gmail.com

    हाम्रो टिम

    अध्यक्ष तथा प्रबन्ध निर्देशक

    प्रकाशक : – नेत्र बहादुर कार्की ।

    सम्पादक :- कुमार अधिकारी ।

    सह-सम्पादक :- नमुना दहाल कार्की ।

    सम्बाददाता :- टिका प्रसाद दहाल ।           

    मोबाइल नंम्बर :-९८४०४२११७४