Jana Prahar

आइतबार, असोज २५ २०८३ |

Jana Prahar

Advertisment

SKIP THIS

‘दुई तिहाईको सरकार, जनतालाई ग्यास खोई ?’ भन्दै नेकपा बहुमतको प्रदर्शन


  • जन प्रहार
  • प्रकाशित मिति शनिबार, भाद्र २७ २०८३
  • 855
    SHARES

काठमाडाैं । खाना पकाउने ग्यासको आपूर्ति सहज बनाउन माग गर्दै नेकपा बहुमतले प्रदर्शन गरेको छ ।

नेकपा बहुमतले शनिवार माईतघरमा प्रदर्शन गरेको हो । नेकपा बहुमत पार्टीका कार्यकर्ताहरुले सरकारलाई व्यङ्ग्य गर्दै थालमा चामल राखेर प्रर्दशन गरेका थिए । उनीहरुले मंहगी उच्च र ग्यास अभाव हुँदा पनि सरकार नदेखेको आरोप लगाएका छन् ।

जनताको समस्यामा दुई तिहाईको सरकार नै हराएको उनीहरुको आरोप छ । नेकपा बहुमतको अध्यक्षमण्डलका सदस्य गुणराज लोहनीले सरकारले तत्काल ग्यास आपूर्ति सहज नगरे पार्टीले ग्यास डिपोमा रहेका ग्यास आफैले वितरण गर्ने चेतावनी दिनुभयो ।

उहाँले पर्याप्त ग्यास भएपनि सरकारले वितरण गर्न नसकेको आरोप लगाउनु भयो । उहाँले डिलरमार्फत नियमित रूपमा ग्यास वितरणको व्यवस्था गर्न सरकारसँग माग गर्नुभयो । उहाँकाअनुसार आपूर्ति व्यवस्थापनका लागि सेना तथा प्रहरी परिचालन गरेर डिलरबाट ग्यास वितरण गर्ने वातावरण बनाउन आवश्यक छ । उहाँले ठूला होटलमा मौज्दात रहेको ग्याससमेत आवश्यकताअनुसार वितरण गर्नुपर्ने बताउनुभयो ।

ग्यासको वितरणमा अनियमितता र कालोबजारी भएको आरोप लगाउँदै उहाँले त्यसको छानबिन गर्न पनि माग गर्नुभयो । उहाँले सामान्य उपभोक्ता र साना व्यवसायीले ग्यास नपाउने तर ठूला होटलमा ग्यास उपलब्ध हुने अवस्था अन्त्य गर्नुपर्ने बताउनु भयो । सरकारले तत्काल समस्या समाधान नगरे आफूहरू डिलरमा पुगेर जनताको सहभागितामा ग्यास वितरण अभियान सञ्चालन गर्ने उहाँले चेतावनी दिनुभयो । त्यसक्रममा गिरफ्तारी दिनुपरे पनि तयार रहेको उहाँको भनाइ छ । वर्तमान सरकारले प्रभावकारी रुपमा काम गर्न नसकेको उहाँको आरोप छ ।

उहाँले भन्नुभयो, ‘सरकारले ग्यास अब अरु चार–पाँच दिनमा राम्रोसंग वितरण गरेन भने हामीले नै जनतालाई ग्यास बाँड्ने हाम्रो अभियान छ । हामी डिलरमा गएर आह्वान गर्छौँ, जनतालाई आउनुस् भनेर डिलरमा लुकाईएको ग्यास वितरण गर्छौ, त्यसपछि के परिणाम हुन्छ, हेरौला । अस्ति मात्रै ५३ हजार सिलिन्डर आएको छ, हिजो ४३ हजार आएको छ, त्यसले राम्रो व्यवस्थित गरेमा जति पनि पुग्छ । त्यस्तै होटलहरुमा राखिएको ७ हजार भन्दा बढी ग्यास बाँडे पनि पुग्छ । जनता खान नपाउने अवस्थामा पुगिसके, जनता उस्तै परे ग्यास नपाएर आत्महत्या गर्नुपर्ने स्थिति भइसकेको छ । अहिले भएको ग्यास डिलरबाट निकालेर प्रत्येक दिन राम्रोसँग सेना प्रहरी परिचालन गरेर सहज रुपमा बाँड्ने व्यवस्था गर्नुपर्छ । ग्यास अहिले जत्ति भने नि छ, त्यसलाई डिलरबाट निकालेर बाँडे मात्रै पनि पुग्छ ।’

प्रदर्शनमा सहभागी नेकपा बहुमतका नेताहरूले ग्यासको सहज आपूर्ति, महँगी नियन्त्रण र कालोबजारी अन्त्य गर्न सरकारसँग माग गरेका छन् । प्रर्दशनकारीहरुले ‘महंगीको मार, ग्यासको हाहाकार, कहाँ छ सरकार’, खै ग्यास बालेनले लुकायो, ‘खै बालेन माफियाले डुबायो’, दुईतिहाईको सरकार ओई, जनतालाई ग्यास खोई ?’, ‘भोको पेटले के भन्छ, भरि ग्यास दे भन्छ’, ‘बढ्दो मंहगी नियन्त्रण गर ! ग्यासको आपूर्ति सहज गर !’, ‘गरिबको चमेली ग्यास दिने कोही छैन’, ‘जनता ग्यास खोज्दै सरकार बाहाना खोज्दै’ लगायतका नारा लेखेको प्लेकार्ड बोकेका थिए ।

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

  • Jana Prahar

    जन आवाज मिडिया हब प्रा.लि.द्धारा सञ्चालित
    कम्पनी दर्ता नं : १८४८४७/२०७४/०७५
    मु .अ.क.नं : ६०६७६८१०२
    अनलाइन दर्ता प्रमाणपत्र नं. ७४३/ २०७४-०७५
    अनलाइन दर्ता प्रमाणपत्र नं.३५३७/२०७८/०७९
    प्रेस काउन्सिल सूचीकरण नं. ३५२१
    स्थायी लेखा नं(PAN) : ६०६७६८१०२
    त्रिनेत्र खवर राष्ट्रिय साप्ताहिक
    दर्ता नं ३४५ /२०७५/०७६
    ठेगानाः गोकुलगंगा,०४,रामेछाप बागमती प्रदेश नेपाल ।
    सम्पर्क नं.: ९७७–९८४०४२११७४
    Email :janaprahar2074@gamil.com
    Email : janaprahar@gmail.com
    Email : janaaawaaj@gmail.com
    Email : trinetrakhabar2076@gmail.com

    हाम्रो टिम

    अध्यक्ष तथा प्रबन्ध निर्देशक

    प्रकाशक : – नेत्र बहादुर कार्की ।

    सम्पादक :- कुमार अधिकारी ।

    सह-सम्पादक :- नमुना दहाल कार्की ।

    सम्बाददाता :- टिका प्रसाद दहाल ।           

    मोबाइल नंम्बर :-९८४०४२११७४