Jana Prahar

आइतबार, असोज २५ २०८३ |

Jana Prahar

Advertisment

SKIP THIS

अन्तर्राष्ट्रिय मञ्चमा जलवायु न्यायको आवाज कमजोर, पर्याप्त तयारीसहित प्रस्तुत हुन विज्ञको सुझाव


  • जन प्रहार
  • प्रकाशित मिति शुक्रबार, भाद्र २६ २०८३
  • 418
    SHARES

काठमाडौं । जलवायु परिवर्तनका कारण सिर्जित विपद् र यसबाट भएको क्षतिबारे नेपालले अन्तर्राष्ट्रिय मञ्चहरूमा प्रभावकारी आवाज उठाउन नसकेको जलवायु विज्ञ अरिनिता मास्केले बताइन् । विकास, आर्थिक मामिला तथा सुशासन समितिको बैठकमा बोल्दै उनले जलवायु न्यायका लागि पर्याप्त गृहकार्य र प्रमाणसहित अन्तर्राष्ट्रिय समुदायसमक्ष प्रस्तुत हुनुपर्नेमा जोड दिइन् ।

अन्तर्राष्ट्रिय सम्मेलनहरूमा नेपालले आफ्ना मुद्दा उठाउँदै आए पनि आवश्यक तयारी र सम्बन्धित निकायहरूबीच अययचमष्लबतष्यल (समन्वय) नहुँदा ती प्रयासहरू परिणाममुखी बन्न नसकेको विज्ञ मास्केको भनाइ छ ।

विगतमा मेलम्ची बाढी र रसुवा घटनापछि नेपालले आफ्ना भनाइ राखे पनि त्यसको ठोस प्रभाव नपरेको उल्लेख गर्दै उनले आगामी कोप र यूएन–वाटर सम्मेलनजस्ता महत्त्वपूर्ण मञ्चमा स्पष्ट प्रमाणसहित क्षतिपूर्तिको माग गर्न सुझाव दिइन् ।

नेपालले मुख्य रूपमा वित्तीय सहयोग, राष्ट्रिय क्षमता तथा सीप विकास र प्रविधि हस्तान्तरणलाई प्राथमिकताका साथ उठाउनुपर्ने उनको जोड छ । विपद्ले केवल भौतिक पूर्वाधारमा मात्र नभई जीविकोपार्जन, मानसिक स्वास्थ्य र सामाजिक संरचनामा पनि ठूलो गैर–आर्थिक क्षति पुर्‍याएको उनले उल्लेख गरिन् । भविष्यमा आउन सक्ने जोखिम सामना गर्न आफ्नै देशमा दक्ष जनशक्ति र क्षमता विकास गर्न आवश्यक रहेको उनले बताईन ।

बैठकमा सहभागी अन्य विज्ञहरूले पनि जलवायु जोखिममा परेका मुलुकहरूलाई समेटेर साझा आवाज निर्माण गर्न पहल गर्नुपर्ने सुझाव दिएका छन् । साथै, रसुवा बाढीपछिको पुनर्निर्माणलाई जलवायु–मैत्री बनाउन र पूर्वसूचना प्रणालीलाई थप सशक्त बनाउँदै पूर्वतयारीमा ध्यान दिन उनीरूले आग्रह गरेकि छन् ।

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

  • Jana Prahar

    जन आवाज मिडिया हब प्रा.लि.द्धारा सञ्चालित
    कम्पनी दर्ता नं : १८४८४७/२०७४/०७५
    मु .अ.क.नं : ६०६७६८१०२
    अनलाइन दर्ता प्रमाणपत्र नं. ७४३/ २०७४-०७५
    अनलाइन दर्ता प्रमाणपत्र नं.३५३७/२०७८/०७९
    प्रेस काउन्सिल सूचीकरण नं. ३५२१
    स्थायी लेखा नं(PAN) : ६०६७६८१०२
    त्रिनेत्र खवर राष्ट्रिय साप्ताहिक
    दर्ता नं ३४५ /२०७५/०७६
    ठेगानाः गोकुलगंगा,०४,रामेछाप बागमती प्रदेश नेपाल ।
    सम्पर्क नं.: ९७७–९८४०४२११७४
    Email :janaprahar2074@gamil.com
    Email : janaprahar@gmail.com
    Email : janaaawaaj@gmail.com
    Email : trinetrakhabar2076@gmail.com

    हाम्रो टिम

    अध्यक्ष तथा प्रबन्ध निर्देशक

    प्रकाशक : – नेत्र बहादुर कार्की ।

    सम्पादक :- कुमार अधिकारी ।

    सह-सम्पादक :- नमुना दहाल कार्की ।

    सम्बाददाता :- टिका प्रसाद दहाल ।           

    मोबाइल नंम्बर :-९८४०४२११७४