Jana Prahar

आइतबार, असोज २५ २०८३ |

Jana Prahar

Advertisment

SKIP THIS

संघीय संसदका दुवै सदनको बैठक आज बस्दै: (कार्यसूचीसहित)


  • जन प्रहार
  • प्रकाशित मिति बुधबार, भाद्र २४ २०८३
  • 798
    SHARES

काठमाडौं । संघीय संसदअन्तर्गत प्रतिनिधि सभा र राष्ट्रिय सभाको बैठक बुधबार दिउँसो बस्ने भएको छ। संसद् सचिवालयका अनुसार प्रतिनिधि सभाको बैठक दिउँसो १ बजे सिंहदरबारमा बस्नेछ।

बैठकमा कानून, न्याय तथा संसदीय मामिलामन्त्री सोविता गौतमले ‘नेपाल कानून आयोग (पहिलो संशोधन) विधेयक, २०८३’ प्रस्तुत गर्ने कार्यसूची रहेको छ।

त्यस्तै, मन्त्री गौतमले ‘मेलमिलाप सम्बन्धी (दोस्रो संशोधन) विधेयक, २०८३’ माथि विचार गरियोस् भन्ने प्रस्ताव पनि बैठकमा प्रस्तुत गर्नेछिन्। यसैगरी, ‘एशियाली विधायिकी संस्थाहरूको परिषद्को सदस्यता प्राप्त गर्ने सम्बन्धी प्रस्ताव’ समेत पेश गर्ने कार्यसूची रहेको संसद् सचिवालयले जनाएको छ।

यसैबीच, राष्ट्रिय सभाको बैठक पनि बुधबारै दिउँसो सवा १ बजे बस्ने भएको छ। बैठकको सुरुवातमा राष्ट्रिय सभाका अध्यक्ष नारायणप्रसाद दाहालले प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयबाट प्राप्त मन्त्रिपरिषद् सदस्यहरूको कार्यभार तोकिएको सम्बन्धी पत्रको व्यहोरा पढेर सदनलाई जानकारी गराउने कार्यक्रम रहेको छ।

बैठकमा विधायन व्यवस्थापन समितिका सभापति कृष्णबहादुर रोकायाले ‘नेपाल विशेष सेवा ऐन, २०४२ को साविकको व्यवस्था जगाउने सम्बन्धी विधेयक, २०८३’ सम्बन्धी समितिको प्रतिवेदन पेश गर्ने कार्यसूची रहेको छ।

प्रतिनिधि सभा र राष्ट्रिय सभाका बैठकमा विभिन्न विधेयक तथा प्रस्तावमाथि छलफल र आवश्यक प्रक्रिया अघि बढाइने संसद् सचिवालयले जनाएको छ।

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

  • Jana Prahar

    जन आवाज मिडिया हब प्रा.लि.द्धारा सञ्चालित
    कम्पनी दर्ता नं : १८४८४७/२०७४/०७५
    मु .अ.क.नं : ६०६७६८१०२
    अनलाइन दर्ता प्रमाणपत्र नं. ७४३/ २०७४-०७५
    अनलाइन दर्ता प्रमाणपत्र नं.३५३७/२०७८/०७९
    प्रेस काउन्सिल सूचीकरण नं. ३५२१
    स्थायी लेखा नं(PAN) : ६०६७६८१०२
    त्रिनेत्र खवर राष्ट्रिय साप्ताहिक
    दर्ता नं ३४५ /२०७५/०७६
    ठेगानाः गोकुलगंगा,०४,रामेछाप बागमती प्रदेश नेपाल ।
    सम्पर्क नं.: ९७७–९८४०४२११७४
    Email :janaprahar2074@gamil.com
    Email : janaprahar@gmail.com
    Email : janaaawaaj@gmail.com
    Email : trinetrakhabar2076@gmail.com

    हाम्रो टिम

    अध्यक्ष तथा प्रबन्ध निर्देशक

    प्रकाशक : – नेत्र बहादुर कार्की ।

    सम्पादक :- कुमार अधिकारी ।

    सह-सम्पादक :- नमुना दहाल कार्की ।

    सम्बाददाता :- टिका प्रसाद दहाल ।           

    मोबाइल नंम्बर :-९८४०४२११७४