Jana Prahar

आइतबार, असोज २५ २०८३ |

Jana Prahar

Advertisment

SKIP THIS

रसुवा र नुवाकोटका जलविद्युत आयोजनाको सुरूङमा लेदो पन्छाएर खोजी तथा उद्धार आज पनि जारी


  • जन प्रहार
  • प्रकाशित मिति आइतबार, भाद्र २१ २०८३
  • 418
    SHARES

काठमाडौं। रसुवाकाे भोटेकोशी बाढीका कारण रसुवा र नुवाकोटका विभिन्न जलविद्युत आयोजनाको सुरुङ क्षेत्रमा आइतबार पनि खोजी तथा उद्धार कार्य निरन्तर रुपमा जारी रहेकाे छ।

नेपाली सेनाले मुख्यगरी टनेलमा खोज तथा उद्धार जारी रहेकाे जनाएको हाे। रसुवागढी जलविद्युत्, त्रिशूली–३ ‘ए’, त्रिशूली–३ ‘बी’, चिलिमे र माथिल्लो त्रिशूली–१ जलविद्युत आयोजनामा नेपाली सेना, सशस्त्र प्रहरी र नेपाल प्रहरी तथा विज्ञसहितको टोलीले खोज तथा उद्धार गरिरहेका सैनिक जनसम्पर्क तथा सूचना निर्देशनालयले जानकारी गराएकाे छ।

शनिबार रसुवागढी जलविद्युत आयोजनामा विद्युत गृहको छैठौं तलामा पुगेर खोजी गरेको र त्यसक्रममा केही फेला नपरेको सेनाले जनाएको हाे । त्रिशूली–३ ‘ए’ आयोजनाको सुरुङभित्र फसेकाको उद्धारका लागि सेनाका ७५, सशस्त्र प्रहरीका १८ एवं नेपाल प्रहरी र विज्ञसहितको संयुक्त टोली खोज तथा उद्धार तीव्र पारेको छ ।

त्रिशूली–३ ‘बी’मा सेना ८९, गैरसैनिक तीन र आयोजनाका प्रबन्ध निर्देशकसहितको संयुक्त टोलीले तीन वटा सानो डोजर र जेनेरेटरको प्रयोग गरी खोजी जारी राखेको हाे । टोलीले अडिट–२ टनेलबाट ‘एक्साभेटर’ लैजान सक्नेगरी बाटो सफा गरेको छ । चिलिमे जलविद्युत् आयोजनामा विदेशीसहितको संयुक्त टोलीले ‘मिनि एक्साभेटर’ र पम्पको सहायताले लेदो फाली १०५ मिटर भित्रसम्म खोजी गरेको हाे । त्यहाँ भित्र जाने गरी टोलीले काम गरिरहेको छ ।

माथिल्लो त्रिशूली–१ को हाकु सुरुङको २५० मिटरभित्रबाट विदेशीसहितको संयुक्त उद्धार टोलीले हिजो चिनियाँ नागरिक लु हाइताओको जीवितै उद्धार गरेको थियो । बाढीपछि सुरुङमा फसेका ३ जना र नुवाकोटको विदुरमा एउटा घरबाट एक महिला गरी दुई दिनमा ४ जनाको जिवितै उद्धार गरिएकाे सेनाले जनाएकाे छ ।

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

  • Jana Prahar

    जन आवाज मिडिया हब प्रा.लि.द्धारा सञ्चालित
    कम्पनी दर्ता नं : १८४८४७/२०७४/०७५
    मु .अ.क.नं : ६०६७६८१०२
    अनलाइन दर्ता प्रमाणपत्र नं. ७४३/ २०७४-०७५
    अनलाइन दर्ता प्रमाणपत्र नं.३५३७/२०७८/०७९
    प्रेस काउन्सिल सूचीकरण नं. ३५२१
    स्थायी लेखा नं(PAN) : ६०६७६८१०२
    त्रिनेत्र खवर राष्ट्रिय साप्ताहिक
    दर्ता नं ३४५ /२०७५/०७६
    ठेगानाः गोकुलगंगा,०४,रामेछाप बागमती प्रदेश नेपाल ।
    सम्पर्क नं.: ९७७–९८४०४२११७४
    Email :janaprahar2074@gamil.com
    Email : janaprahar@gmail.com
    Email : janaaawaaj@gmail.com
    Email : trinetrakhabar2076@gmail.com

    हाम्रो टिम

    अध्यक्ष तथा प्रबन्ध निर्देशक

    प्रकाशक : – नेत्र बहादुर कार्की ।

    सम्पादक :- कुमार अधिकारी ।

    सह-सम्पादक :- नमुना दहाल कार्की ।

    सम्बाददाता :- टिका प्रसाद दहाल ।           

    मोबाइल नंम्बर :-९८४०४२११७४