काठमाडौं । रामेछाप सांस्कृतिक कलाकार समाज उपत्यका कार्यसमितिको पाँचौँ साधारण सभा तथा तेस्रो अधिवेशन सम्पन्न भएको छ। अधिवेशनबाट बिनोद कार्की अध्यक्ष पदमा निर्विरोध निर्वाचित हुनुभएको छ।
अधिवेशनले नयाँ कार्यसमिति चयन गर्दै रामेछापका कलाकार तथा सांस्कृतिककर्मीहरूको हकहित, कला तथा संस्कृतिको संरक्षण र प्रवर्द्धनका लागि थप सक्रिय भएर अघि बढ्ने प्रतिबद्धता जनाएको छ।
अधिवेशनबाट निर्वाचित नयाँ कार्यसमितिको उपाध्यक्षमा शिव सागर खड्का, कोषाध्यक्षमा नवीन घिमिरे, सचिवमा रामचन्द्र खड्का र सहसचिवमा राम खड्का चयन हुनुभएको छ।
त्यस्तै सदस्यहरूमा श्यामलाल श्रेष्ठ, एमुना बस्नेत, विवेक कार्की, विनय लामा, सुरेश बस्नेत र गोविन्द कार्की चयन हुनुभएको छ। यसअघि अध्यक्षको जिम्मेवारी सम्हाल्नुभएका नवीन गौतम निवर्तमान अध्यक्षका रूपमा रहनुभएको छ।
नवनिर्वाचित अध्यक्ष बिनोद कार्कीले रामेछापका कलाकार तथा सांस्कृतिककर्मीहरूलाई एकताबद्ध गर्दै कला, संस्कृति र कलाकारको सम्मान तथा प्रवर्द्धनका लागि कार्यसमितिले प्रभावकारी भूमिका निर्वाह गर्ने बताउनुभएको छ।
अधिवेशनमा सहभागी अग्रज व्यक्तित्व, कलाकार, सांस्कृतिककर्मी, शुभेच्छुक तथा सहयोगी सबैप्रति आयोजकले आभार व्यक्त गरेको छ।
नवगठित कार्यसमितिका सम्पूर्ण पदाधिकारी तथा सदस्यहरूलाई हार्दिक बधाई तथा सफल कार्यकालको शुभकामना व्यक्त गरिएको छ।
नवगठित कार्यसमिति
निवर्तमान अध्यक्ष: नवीन गौतम
अध्यक्ष: बिनोद कार्की
उपाध्यक्ष: शिव सागर खड्का
कोषाध्यक्ष: नवीन घिमिरे
सचिव: रामचन्द्र खड्का
सहसचिव: राम खड्का
सदस्य: श्यामलाल श्रेष्ठ
सदस्य: एमुना बस्नेत
सदस्य: विवेक कार्की
सदस्य: विनय लामा
सदस्य: सुरेश बस्नेत
सदस्य: गोविन्द कार्की
“हाम्रो कला, हाम्रो संस्कृति—हाम्रो पहिचान !”