Jana Prahar

आइतबार, असोज २५ २०८३ |

Jana Prahar

Advertisment

SKIP THIS

रामेछाप सांस्कृतिक कलाकार समाज गोकुलगंगा कार्यसमितिको अध्यक्षमा अनिता खड्का निर्विरोध


  • जन प्रहार
  • प्रकाशित मिति शनिबार, भाद्र २० २०८३
  • 3.5K
    SHARES

रामेछाप । रामेछाप सांस्कृतिक कलाकार समाज, गोकुलगंगा गाउँपालिका कार्यसमितिको तेस्रो अधिवेशनबाट अनिता खड्का अध्यक्ष पदमा निर्विरोध निर्वाचित हुनुभएको छ।

अध्यक्षमा निर्विरोध निर्वाचित भएपछि खड्काले आफूलाई प्रदान गरिएको माया, विश्वास, शुभेच्छा तथा जिम्मेवारीप्रति सम्पूर्ण अग्रज व्यक्तित्व, कलाकार, सांस्कृतिककर्मी, शुभेच्छुक तथा कार्यक्रममा उपस्थित महानुभावहरूप्रति हार्दिक आभार व्यक्त गर्नुभएको छ।

उहाँले आफूले प्राप्त गरेको जिम्मेवारी व्यक्तिगत उपलब्धि मात्र नभई सम्पूर्ण कलाकार तथा सांस्कृतिककर्मीहरूको साझा जिम्मेवारी भएको बताउनुभएको छ। रामेछापको कला, संस्कृति तथा कलाकारहरूको सम्मान, संरक्षण र प्रवर्द्धनका लागि सबैसँग सहकार्य गर्दै इमानदार, पारदर्शी र सक्रिय रूपमा अघि बढ्ने प्रतिबद्धता समेत व्यक्त गर्नुभएको छ।

अधिवेशन सफल बनाउन प्रत्यक्ष तथा अप्रत्यक्ष रूपमा सहयोग गर्नुहुने सम्पूर्ण अग्रज, सल्लाहकार, कलाकार, शुभेच्छुक तथा उपस्थित महानुभावहरूप्रति खड्काले धन्यवाद व्यक्त गर्नुभएको छ।

अधिवेशनबाट निर्वाचित कार्यसमितिमा उपाध्यक्ष राज थापा, सचिव इन्दिरा खड्का, सहसचिव रेजिना खड्का, कोषाध्यक्ष बबिता भुजेल र सहकोषाध्यक्ष महेश परियार रहनुभएको छ।

नवगठित सम्पूर्ण कार्यसमितिका पदाधिकारी तथा सदस्यहरूलाई बधाई दिँदै सफल कार्यकालको शुभकामना व्यक्त गरिएको छ।

“हाम्रो कला, हाम्रो संस्कृति—हाम्रो पहिचान !”

रामेछाप सांस्कृतिक कलाकार समाज, गोकुलगंगा गाउँपालिका कार्यसमितिले स्थानीय कला, संस्कृति र कलाकारहरूको संरक्षण तथा प्रवर्द्धनमा महत्वपूर्ण भूमिका खेल्ने अपेक्षा गरिएको छ।

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

  • Jana Prahar

    जन आवाज मिडिया हब प्रा.लि.द्धारा सञ्चालित
    कम्पनी दर्ता नं : १८४८४७/२०७४/०७५
    मु .अ.क.नं : ६०६७६८१०२
    अनलाइन दर्ता प्रमाणपत्र नं. ७४३/ २०७४-०७५
    अनलाइन दर्ता प्रमाणपत्र नं.३५३७/२०७८/०७९
    प्रेस काउन्सिल सूचीकरण नं. ३५२१
    स्थायी लेखा नं(PAN) : ६०६७६८१०२
    त्रिनेत्र खवर राष्ट्रिय साप्ताहिक
    दर्ता नं ३४५ /२०७५/०७६
    ठेगानाः गोकुलगंगा,०४,रामेछाप बागमती प्रदेश नेपाल ।
    सम्पर्क नं.: ९७७–९८४०४२११७४
    Email :janaprahar2074@gamil.com
    Email : janaprahar@gmail.com
    Email : janaaawaaj@gmail.com
    Email : trinetrakhabar2076@gmail.com

    हाम्रो टिम

    अध्यक्ष तथा प्रबन्ध निर्देशक

    प्रकाशक : – नेत्र बहादुर कार्की ।

    सम्पादक :- कुमार अधिकारी ।

    सह-सम्पादक :- नमुना दहाल कार्की ।

    सम्बाददाता :- टिका प्रसाद दहाल ।           

    मोबाइल नंम्बर :-९८४०४२११७४