Jana Prahar

आइतबार, असोज २५ २०८३ |

Jana Prahar

Advertisment

SKIP THIS

५० वर्षभन्दा कम अवधिमा वन्यजन्तुको संख्या दुई तिहाइभन्दा धेरै घट्यो’


  • जन प्रहार
  • प्रकाशित मिति बिहिबार, भाद्र २५ २०७७
  • 3.9K
    SHARES

५० वर्षभन्दा कम अवधिमा वन्यजन्तुको संख्या दुई तिहाइभन्दा धेरै घट्यो’

जन न्युज नेपाल खबर

काठमाडौं । ५० वर्षभन्दा कम अवधिमा वन्यजन्तुको संख्या दुई तिहाइभन्दा धेरैले घटेको विश्व वन्यजन्तु कोष ९डब्ल्यू डब्ल्यू एफ०ले जनाएको छ ।
डब्ल्यू डब्ल्यू एफको एक प्रमुख रिपोर्टले यो डरलाग्दो तथ्य सार्वजनिक गरेको हो । रिपोर्टमा लेखिएअनुसार यो विनाशकारी गिरावट कम हुने संकेतसमेत देखिएको छैन । साथै रिपोर्टमा प्रकृतिलाई मानिसले यसरी विनास गरेको यसअघि कहिल्यै देखिएको थिएन ।

डब्ल्यू डब्ल्यू एफका मुख्य कार्यकारी अधिकारी तान्या स्टिलका अनुसार वन्यजन्तुहरु ‘फ्रि–फल’मा छन् । किनभने हामीले जंगलमा डढेलो लगाउँछौं । जंगल क्षेत्रलाई नष्ट गर्छौं । ‘हामीले विश्वलाई बर्बाद गरिरहेका छौं,’ तान्या भन्छिन्, ‘एकातिर हामीले पृथ्वीलाई घर भन्छौं तर अर्कोतिर पृथ्वीमा हाम्रो स्वास्थ्य, सुरक्षा र अस्तित्वलाई खतरामा पार्छौं । अब प्रकृतिले हामीलाई एक हतास एसओएस पठाउँदै छ र समय समाप्त हुँदै छ ।’

डब्ल्यू डब्ल्यू एफको रिपोर्टका अनुसार सन् १९७० पछि स्तनधारी, पंक्षी, उभयचर, सरीसृप र माछाको २० हजार बढी आवादीमा औसत ६८ प्रतिशतले गिरावट आएको छ ।
जुलोजिकल सोसाइटी अफ लण्डनका संरक्षण निर्देशक एन्ड्र्यु टेरीले भनेका छन्, ‘यो गिरावटले स्पष्ट हुन्छ मानिसले प्रकृतिमा के गरिरहेको छ । वन्यजन्तु लोप हुने र पारिस्थितिक प्रणालीको अखण्डतामा खतरा छ, जसमा हामी निर्भर छौं ।’

वन्यजन्तुको संख्यामा भारी गिरावट आउनुमा उनीहरुको बासस्थानमा क्षति पुर्याउने, उनीहरुको व्यापार गर्ने, मारेर खाने लगायतका केही प्रमुख कारणहरु संरक्षणकर्मीले औंल्याएका छन् ।

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

  • Jana Prahar

    जन आवाज मिडिया हब प्रा.लि.द्धारा सञ्चालित
    कम्पनी दर्ता नं : १८४८४७/२०७४/०७५
    मु .अ.क.नं : ६०६७६८१०२
    अनलाइन दर्ता प्रमाणपत्र नं. ७४३/ २०७४-०७५
    अनलाइन दर्ता प्रमाणपत्र नं.३५३७/२०७८/०७९
    प्रेस काउन्सिल सूचीकरण नं. ३५२१
    स्थायी लेखा नं(PAN) : ६०६७६८१०२
    त्रिनेत्र खवर राष्ट्रिय साप्ताहिक
    दर्ता नं ३४५ /२०७५/०७६
    ठेगानाः गोकुलगंगा,०४,रामेछाप बागमती प्रदेश नेपाल ।
    सम्पर्क नं.: ९७७–९८४०४२११७४
    Email :janaprahar2074@gamil.com
    Email : janaprahar@gmail.com
    Email : janaaawaaj@gmail.com
    Email : trinetrakhabar2076@gmail.com

    हाम्रो टिम

    अध्यक्ष तथा प्रबन्ध निर्देशक

    प्रकाशक : – नेत्र बहादुर कार्की ।

    सम्पादक :- कुमार अधिकारी ।

    सह-सम्पादक :- नमुना दहाल कार्की ।

    सम्बाददाता :- टिका प्रसाद दहाल ।           

    मोबाइल नंम्बर :-९८४०४२११७४