Jana Prahar

आइतबार, असोज २५ २०८३ |

Jana Prahar

Advertisment

SKIP THIS

भान्सामा व्यस्त महिलाले बाढी आएको पत्तै पाएनन्


  • जन प्रहार
  • प्रकाशित मिति बुधबार, भाद्र १७ २०८३
  • 722
    SHARES

काठमाडौं । गत भदौ १० गते बुधबार बिहान छोराछोरीलाई स्कुल पठाउने चटारो थियो महिलालाई ।

‘भान्सामा खाना पकाउनै व्यस्त थिए, उनीहरू । भोटेकोशी बाढी उर्लिएर आएको मेसै पाएनछन् । अन्ततः उनीहरू घरभित्रैबाट बिलाए ।’

भोटेकोशी बाढीपीडित अवलोकनमा पुगेका महिला पुनस्र्थापना केन्द्र (ओरेक)का कार्यक्रम संयोजक सुलोचना खनालले बताए । उनले भने, ‘कतिले त फोन उठाउन नै पनि पाएनछन् ।’

मङ्गबार बाढीपीडित क्षेत्रमा पुगेका महिलावादी संस्थाले नुवकोट, त्रिशूली, बेत्रावतीलगायतका स्थानमा पुगी होल्डिङ सेन्टरमा रहेका महिला र किशोरकिशोरीलाई आन्तरिक पहिरनका सामग्री उपलब्ध गराएका छन् ।

यतिखेर महिला पुनस्र्थापना केन्द्र (ओरेक)मात्र होइन, तरङ्गिनी फाउन्डेसन, लुम नेपाललगायतका संस्था पनि त्यहाँ पुगेका छन् ।

ओरेकका कार्यक्रम संयोजक सुलोचन खनालले बाढी पीडितका क्षेत्रमा महिला, बालबालिका र सुत्केरीको स्थिति जटिल रहेको बताए ।

संयुक्त राष्ट्र महिला (युएन युमेन)ले सार्वजनिक गरेको विज्ञप्तिअनुसार लगभग एक लाख ६० हजार महिला र बालबालिकालाई भोटेकोशी बाढीले प्रभावित गरेको उल्लेख छ ।

देवीघाट ज्येष्ठ नागरिक संरक्षण तथा अध्ययन प्रतिष्ठान, नुवाकोटबाट प्राप्त विवरणअनुसार आश्रममा रहेका ३४ ज्येष्ठ नागरिकमध्ये २४ जनाको उद्धार गरिएको छ ।

हालसम्म पाँच जना बेपत्ता रहेको, एक जनाको मृत्यु भएको, घाइते स्वास्थ्य समस्या भएका ज्येष्ठ नागरिकको विभिन्न अस्पतालमा उपचार भइरहेको छ ।

त्यसैगरी, सात जनालाई आफन्तको जिम्मामा पठाइएको छ । १४ जना उद्धार गरिएका ज्येष्ठ नागरिकलाई नुवाकोटको आयुर्वेद भवनमा राखिएको छ । नुवाकोटमा अलपत्र परेका करिब ४० विद्यार्थीको उद्धारका लागि सम्बन्धित निकायसँग समन्वय गरिएको छ ।

अभिभावकबाट अलग भएका केटाकेटीको सुरक्षित संरक्षण, हेरचाह तथा उचित व्यवस्थापन गरिँदै आएको महिलामन्त्री सिता बादीले बताए ।

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

  • Jana Prahar

    जन आवाज मिडिया हब प्रा.लि.द्धारा सञ्चालित
    कम्पनी दर्ता नं : १८४८४७/२०७४/०७५
    मु .अ.क.नं : ६०६७६८१०२
    अनलाइन दर्ता प्रमाणपत्र नं. ७४३/ २०७४-०७५
    अनलाइन दर्ता प्रमाणपत्र नं.३५३७/२०७८/०७९
    प्रेस काउन्सिल सूचीकरण नं. ३५२१
    स्थायी लेखा नं(PAN) : ६०६७६८१०२
    त्रिनेत्र खवर राष्ट्रिय साप्ताहिक
    दर्ता नं ३४५ /२०७५/०७६
    ठेगानाः गोकुलगंगा,०४,रामेछाप बागमती प्रदेश नेपाल ।
    सम्पर्क नं.: ९७७–९८४०४२११७४
    Email :janaprahar2074@gamil.com
    Email : janaprahar@gmail.com
    Email : janaaawaaj@gmail.com
    Email : trinetrakhabar2076@gmail.com

    हाम्रो टिम

    अध्यक्ष तथा प्रबन्ध निर्देशक

    प्रकाशक : – नेत्र बहादुर कार्की ।

    सम्पादक :- कुमार अधिकारी ।

    सह-सम्पादक :- नमुना दहाल कार्की ।

    सम्बाददाता :- टिका प्रसाद दहाल ।           

    मोबाइल नंम्बर :-९८४०४२११७४