Jana Prahar

आइतबार, असोज २५ २०८३ |

Jana Prahar

Advertisment

SKIP THIS

सुदूरपश्चिमाञ्चल विश्वविद्यालयको परीक्षा अनलाइनबाटै


  • जन प्रहार
  • प्रकाशित मिति बुधबार, भाद्र २४ २०७७
  • 13.7K
    SHARES

सुदूरपश्चिमाञ्चल विश्वविद्यालयको परीक्षा अनलाइनबाटै

जन न्युज नेपाल खवर

डोटी । सुदूरपश्चिम विश्वविद्यालयले कोरोना महामारी ९कोभिड–१९० का कारण प्रभावित भएका परीक्षा अनलाइन माधयमबाटै सञ्चालन गर्ने भएको छ।
विश्वविद्यालयको परीक्षा नियन्त्रण कार्यालयले असोज दोस्रो सातादेखि सञ्चालन हुने गरी सबै संकायका स्नातक तह तेस्रो शत्रका परीक्षा, इन्जिनियरिङको स्नातक तह पहिलो र तेस्रो शत्र र स्थानीय तह कृषि विज्ञान बिषयका पहिलो र तेस्रो शत्रका परीक्षा सञ्चालन गर्ने गरी कार्यतालिका सार्वजनिक गरेको छ । सार्वजनिक कार्यतालिका अनुसार खुला किताब अवधारणामा विद्युतीय( अनलाइन) प्रणालीबाट परीक्षा सञ्चालन हुनेछन् ।

विश्वविद्यालयले विद्यार्थीलाई इमेलमा प्रश्नपत्र पठाउनेछ । प्रश्न पत्र पाएको पाँच घण्टाभित्र विद्यार्थीले उत्तरपुस्तिका इमेलमा पठाउनुपर्नेछ । ‘चार घण्टा विद्यार्थीहरुलाई उत्तर लेख्नका लागि र एक घण्टा इमेलमा अपलोड गर्नका लागि छुट्याइएको छ’ सहपरीक्षा नियन्त्रक प्रेमसिंह भाटले भने ‘ए फोर साइजको कागजमा विद्यार्थीहरुले हातले लेखेर प्रष्ट देखिने गरि फोटो खिचेर वा स्क्यान गरेर इमेल गर्नुपर्नेछ ।’

उनले इन्टरनेटको सुविधा भएका विद्यार्थीहरुले घरवाटै वा आफूलाई पायक पर्ने ठाउँमा बसेर परीक्षा दिनसक्ने वताए । उनले थपे ‘इन्टरनेटको समस्या भएका विद्यार्थीहरुले सुदूरपश्चिम विश्वविद्यालयका १५ आंगिक क्याम्पसहरुमध्ये आफूलाई पायक पर्ने क्याम्पसमा गएर तोकिएको समयभित्र उत्तर पुस्तिका बुझाउनुपर्नेछ ।’

यसरी प्राप्त गरेको उत्तरपुस्तिका क्याम्पसले सोही दिन राति १२ बजेभित्र परीक्षा नियन्त्रण कार्यालयलाई इमेल गरिसक्नुपर्ने उनले वताए ।
विगत बर्षमा जस्तो बहुवैकल्पिक प्रश्न यस परीक्षामा नसोधिने सहनियन्त्रक भाटले जानकारी दिए । उनले भने ‘यो खुला किताब वा खुला स्रोतमा आधारित परीक्षा भएकाले यसमा विद्यार्थीहरुलाई विषयगत प्रश्न मात्रै सोधिनेछ ।’

किताबबाट हुवहु सार्न मिल्ले प्रश्न नसोधिने भएका कारण यस परीक्षामा विश्वसनीयताको समस्या नहुने उनको दावी छ । सहनियन्त्रक भाटले भने ‘विश्लेषणात्मक प्रश्न सोधिने भएकाले विद्यार्थीले आफ्नै मौलिकताले लेख्नु पर्ने हुन्छ ।’ विश्वविद्यालयले अनलाइन परीक्षा सञ्चालनसम्बन्धी निर्देशिका स्वीकृत गरी कार्यान्वयनमा ल्याएको भाटले बताए ।

 

 

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

  • Jana Prahar

    जन आवाज मिडिया हब प्रा.लि.द्धारा सञ्चालित
    कम्पनी दर्ता नं : १८४८४७/२०७४/०७५
    मु .अ.क.नं : ६०६७६८१०२
    अनलाइन दर्ता प्रमाणपत्र नं. ७४३/ २०७४-०७५
    अनलाइन दर्ता प्रमाणपत्र नं.३५३७/२०७८/०७९
    प्रेस काउन्सिल सूचीकरण नं. ३५२१
    स्थायी लेखा नं(PAN) : ६०६७६८१०२
    त्रिनेत्र खवर राष्ट्रिय साप्ताहिक
    दर्ता नं ३४५ /२०७५/०७६
    ठेगानाः गोकुलगंगा,०४,रामेछाप बागमती प्रदेश नेपाल ।
    सम्पर्क नं.: ९७७–९८४०४२११७४
    Email :janaprahar2074@gamil.com
    Email : janaprahar@gmail.com
    Email : janaaawaaj@gmail.com
    Email : trinetrakhabar2076@gmail.com

    हाम्रो टिम

    अध्यक्ष तथा प्रबन्ध निर्देशक

    प्रकाशक : – नेत्र बहादुर कार्की ।

    सम्पादक :- कुमार अधिकारी ।

    सह-सम्पादक :- नमुना दहाल कार्की ।

    सम्बाददाता :- टिका प्रसाद दहाल ।           

    मोबाइल नंम्बर :-९८४०४२११७४