Jana Prahar

आइतबार, असोज २५ २०८३ |

Jana Prahar

Advertisment

SKIP THIS

एक हजार १२२ किलो गाँजासहित तीन जना पक्राउ


  • जन प्रहार
  • प्रकाशित मिति सोमबार, भाद्र १५ २०८३
  • 912
    SHARES

काठमाडौं । उदयपुरको कटारी नगरपालिका–६ बाँकेटारस्थित शान्तिवन वन क्षेत्रबाट प्रहरीले ठूलो परिमाणमा गाँजा बरामद गरेको छ । प्रहरीले जङ्गलमा लुकाइछिपाइ राखिएको अवस्थामा एक हजार १२२ दशमलव ६७ किलोग्राम गाँजा बरामद गरेको हो ।

जिल्ला प्रहरी कार्यालय उदयपुरका प्रमुख प्रहरी उपरीक्षक राजन चापागाईंका अनुसार प्रहरीले ५२ बोरा गाँजा बरामद गरेको हो । गाँजा अवैध रूपमा ओसारपसार तथा बिक्री वितरणका लागि लुकाइराखिएको हुन सक्ने आशंकामा प्रहरीले अनुसन्धान अघि बढाएको छ ।

प्रहरीले गाँजासहित ताप्ली गाउँपालिका–१ डाँडागाउँका रामबहादुर मगर, नेकबहादुर मगर र पृथ्वीराज मगरलाई पक्राउ गरेको छ । पक्राउ परेका तीनै जनालाई इलाका प्रहरी कार्यालय कटारीमा राखेर घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

गाँजा ओसारपसारमा प्रयोग भएको आशंकामा प्रहरीले बा १६ च ५२६९ नम्बरको बोलेरो गाडीसमेत नियन्त्रणमा लिएको छ ।

प्रहरीले बरामद गाँजाको स्रोत, यसको ओसारपसारमा संलग्न व्यक्ति तथा यसको सम्भावित गन्तव्यबारे अनुसन्धान गरिरहेको जनाएको छ । घटनामा थप व्यक्तिहरूको संलग्नता भए–नभएको विषयमा समेत अनुसन्धान भइरहेको छ ।

अवैध लागुऔषधको कारोबार तथा ओसारपसार नियन्त्रणका लागि प्रहरीले निगरानी र कारबाहीलाई तीव्र बनाउँदै आएको जनाएको छ । उदयपुरका विभिन्न क्षेत्रमा हुने सम्भावित अवैध गतिविधिमाथि निगरानी बढाउँदै शङ्कास्पद गतिविधिमा संलग्न व्यक्तिमाथि अनुसन्धान र कानुनी कारबाही अघि बढाइने प्रहरीले जनाएको छ ।

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

  • Jana Prahar

    जन आवाज मिडिया हब प्रा.लि.द्धारा सञ्चालित
    कम्पनी दर्ता नं : १८४८४७/२०७४/०७५
    मु .अ.क.नं : ६०६७६८१०२
    अनलाइन दर्ता प्रमाणपत्र नं. ७४३/ २०७४-०७५
    अनलाइन दर्ता प्रमाणपत्र नं.३५३७/२०७८/०७९
    प्रेस काउन्सिल सूचीकरण नं. ३५२१
    स्थायी लेखा नं(PAN) : ६०६७६८१०२
    त्रिनेत्र खवर राष्ट्रिय साप्ताहिक
    दर्ता नं ३४५ /२०७५/०७६
    ठेगानाः गोकुलगंगा,०४,रामेछाप बागमती प्रदेश नेपाल ।
    सम्पर्क नं.: ९७७–९८४०४२११७४
    Email :janaprahar2074@gamil.com
    Email : janaprahar@gmail.com
    Email : janaaawaaj@gmail.com
    Email : trinetrakhabar2076@gmail.com

    हाम्रो टिम

    अध्यक्ष तथा प्रबन्ध निर्देशक

    प्रकाशक : – नेत्र बहादुर कार्की ।

    सम्पादक :- कुमार अधिकारी ।

    सह-सम्पादक :- नमुना दहाल कार्की ।

    सम्बाददाता :- टिका प्रसाद दहाल ।           

    मोबाइल नंम्बर :-९८४०४२११७४