Jana Prahar

आइतबार, असोज २५ २०८३ |

Jana Prahar

Advertisment

SKIP THIS

भोटेकोशी बाढीमा ज्यान गुमाएका १०२ जनाको डीएनए परीक्षण र पहिचान प्रक्रिया सुरु


  • जन प्रहार
  • प्रकाशित मिति शुक्रबार, भाद्र १२ २०८३
  • 855
    SHARES

काठमाडौं । रसुवाको भोटेकोशी नदीमा आएको विनाशकारी बाढीका कारण ज्यान गुमाई विभिन्न जिल्लाका नदी तटीय क्षेत्रमा फेला परेका १०२ जनाको शव पहिचान, डीएनए नमूना सङ्कलन र पोस्टमार्टमका लागि कास्कीको पोखरा लगिएको छ ।

धादिङ, गोरखा, तनहुँ र पूर्वी नवलपरासी लगायतका जिल्लामा भेटिएका शवहरू त्यहाँ परीक्षण र व्यवस्थापन गर्ने पर्याप्त सुविधा नभएपछि कास्की जिल्ला प्रशासन कार्यालयको समन्वयमा पोखरा लगिएको हो ।

जिल्ला प्रशासन कार्यालयकाअनुसार बिहीवार राति मात्रै पूर्वी नवलपरासीबाट ४१, धादिङबाट २७, तनहुँबाट २३ र गोरखाबाट ११ वटा शव पोखरा पु¥याइएको छ । एकैपटक ठूलो सङ्ख्यामा शवहरू ल्याइएपछि पोखराका स्वास्थ्य संस्थाहरूमा व्यवस्थापनको तिब्र दबाब परेको छ । हाल ल्याइएका अधिकांश शवहरूको व्यवस्थापन पश्चिमाञ्चल क्षेत्रीय अस्पतालमा गरिएको छ ।

तनहुँमा फेला परेका ९ वटा शवलाई पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानमा प्रारम्भिक परीक्षण गरी थप व्यवस्थापनका लागि मणिपाल शिक्षण अस्पताल पठाइएको छ । पोखराका सरकारी तथा निजी अस्पतालहरूमा गरी कुल ८८ वटा शव मात्र राख्नसक्ने क्षमता रहेकाले हाल शवगृहहरू लगभग पूर्ण रूपमा भरिएका छन् ।

स्थानीय प्रशासनकाअनुसार फेला परेका शवहरू क्षतविक्षत अवस्थामा रहेकाले पहिचान खुलाउन निकै चुनौतीपूर्ण देखिएको छ । कास्की प्रहरी र जिल्ला प्रशासनको टोलीले अहिले शवहरूको वैज्ञानिक परीक्षण र पहिचान खुलाउने कार्यलाई मुख्य प्राथमिकतामा राखेको कास्कीका प्रहरी उपरीक्षक नविन कार्कीले बताए । यसका लागि प्रत्येक शवको तस्बिर र आवश्यक विवरणको अभिलेख राख्नुका साथै डीएनए परीक्षणका लागि नमुना सङ्कलन कार्यलाई तिब्रता दिइएको बताए ।

परीक्षण प्रक्रिया सम्पन्न भएलगत्तै पहिचान हुन नसकेका शवहरूको हुलिया र विस्तृत विवरण सहितको सार्वजनिक सूचना जारी गरिने स्थानीय प्रशासनले जनाएको छ ।

बाढीपछि आफ्ना आफन्तहरू हराइरहेका परिवारहरूलाई पोखराका अस्पतालहरूमा सम्पर्क गरी शव पहिचानमा सहयोग पु¥याउन प्रशासनले विशेष आग्रह गरेको छ ।

पहिचान हुन नसकेका शवहरूलाई कानूनी प्रक्रिया र मापदण्ड पूरा गरी अन्तिम संस्कार गरिने समेत जानकारी दिइएको छ ।

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

  • Jana Prahar

    जन आवाज मिडिया हब प्रा.लि.द्धारा सञ्चालित
    कम्पनी दर्ता नं : १८४८४७/२०७४/०७५
    मु .अ.क.नं : ६०६७६८१०२
    अनलाइन दर्ता प्रमाणपत्र नं. ७४३/ २०७४-०७५
    अनलाइन दर्ता प्रमाणपत्र नं.३५३७/२०७८/०७९
    प्रेस काउन्सिल सूचीकरण नं. ३५२१
    स्थायी लेखा नं(PAN) : ६०६७६८१०२
    त्रिनेत्र खवर राष्ट्रिय साप्ताहिक
    दर्ता नं ३४५ /२०७५/०७६
    ठेगानाः गोकुलगंगा,०४,रामेछाप बागमती प्रदेश नेपाल ।
    सम्पर्क नं.: ९७७–९८४०४२११७४
    Email :janaprahar2074@gamil.com
    Email : janaprahar@gmail.com
    Email : janaaawaaj@gmail.com
    Email : trinetrakhabar2076@gmail.com

    हाम्रो टिम

    अध्यक्ष तथा प्रबन्ध निर्देशक

    प्रकाशक : – नेत्र बहादुर कार्की ।

    सम्पादक :- कुमार अधिकारी ।

    सह-सम्पादक :- नमुना दहाल कार्की ।

    सम्बाददाता :- टिका प्रसाद दहाल ।           

    मोबाइल नंम्बर :-९८४०४२११७४