Jana Prahar

आइतबार, असोज २५ २०८३ |

Jana Prahar

Advertisment

SKIP THIS

स्थानीयवासीद्वारा ४० जनाको अवस्था बुझिदिन प्रशासनमा आग्रह


  • जन प्रहार
  • प्रकाशित मिति बिहिबार, भाद्र ११ २०८३
  • 874
    SHARES

बागमती । मकवानपुरका स्थानीयवासीले बाढी प्रभावित जिल्लामा गएका आफ्ना आफन्तमध्ये ४० जनाको अवस्था बुझिदिन जिल्ला प्रशासन कार्यालयसँग आग्रह गरेका छन्। बाढीका कारण प्रभावित क्षेत्रमा सञ्चार सम्पर्क सहज हुन नसक्दा आफ्ना आफन्तसँग सम्पर्क हुन नसकेको भन्दै स्थानीयवासीले प्रशासनसमक्ष खोजी तथा अवस्थाबारे जानकारी गराइदिन अनुरोध गरेका हुन्।

मकवानपुरका प्रमुख जिल्ला अधिकारी बसन्त अधिकारीका अनुसार जिल्लाका विभिन्न स्थानबाट बाढी प्रभावित क्षेत्रमा पुगेका तथा हाल सम्पर्कमा नरहेका व्यक्तिका आफन्तले प्रशासनमा निवेदन तथा जानकारी गराएका छन्।

प्रमुख जिल्ला अधिकारी अधिकारीले ती व्यक्तिहरू विभिन्न उद्देश्यले प्रभावित क्षेत्रमा पुगेको जानकारी दिएका छन्। उनका अनुसार मकवानपुरमा स्थायी बसोबास भएका केही नागरिक गोसाइँकुण्डलगायत धार्मिक तथा पर्यटकीय स्थलमा दर्शन गर्न तथा घुम्न, केही सवारीसाधन चलाउने काममा र अन्य विभिन्न पेशा तथा व्यवसायमा संलग्न भएर उक्त क्षेत्रमा पुगेका थिए।

“उक्त क्षेत्रमा मकवानपुर स्थायी बसोबास भई गोसाइँकुण्ड लगायत स्थानमा दर्शन गर्न तथा घुम्न गएका, उक्त क्षेत्रमा सवारीसाधन चलाउँदै आएका तथा अन्य विभिन्न पेशामा आबद्ध ४० जना व्यक्तिका सम्बन्धमा आफन्तहरूले सम्पर्क हुन नसकेको जनाउँदै प्रशासनमा बुझिदिन अनुरोध गर्नुभएको छ,” प्रमुख जिल्ला अधिकारी अधिकारीले भने।

उनका अनुसार बाढी प्रभावित क्षेत्रमा सञ्चार सम्पर्क सहज नभएका कारण कतिपय व्यक्तिको अवस्था तत्काल जानकारी हुन नसकेको हुनसक्छ। त्यसैले सम्पर्कविहीन भनिएका सबै व्यक्ति जोखिममा नै रहेको निष्कर्ष निकाल्न नसकिने प्रशासनको भनाइ छ।

“उक्त क्षेत्रमा सहज सञ्चार सम्पर्क नभएका कारण कतिपयको अवस्था जानकारी नभएको पनि हुनसक्छ,” अधिकारीले भने, “हामीले अनुरोध भएअनुसार सम्बन्धित निकायसँग बुझ्ने प्रयास गरिरहेका छौँ।”

प्रशासनले स्थानीयवासीबाट प्राप्त विवरणलाई आधार बनाएर सम्बन्धित जिल्ला प्रशासन कार्यालय, सुरक्षा निकाय तथा उद्धारमा खटिएका निकायसँग समन्वय गरी ती व्यक्तिहरूको अवस्था बुझ्ने प्रयास गरिरहेको छ।

भोटेकोशी तथा त्रिशूली नदी आसपासका क्षेत्रमा आएको बाढीका कारण विभिन्न स्थानमा सडक, सञ्चार तथा विद्युत् सेवा प्रभावित भएकाले उद्धार तथा सम्पर्क स्थापनामा चुनौती देखिएको छ। कतिपय क्षेत्रमा मोबाइल तथा अन्य सञ्चार सेवा अवरुद्ध हुँदा आफन्तहरूले प्रत्यक्ष सम्पर्क गर्न नसकेको अवस्था रहेको प्रशासनले जनाएको छ।

यसैबीच, बागमती प्रदेशको राजधानी हेटौँडा भएकाले विपद्को समयमा उद्धार, राहत तथा सहयोगका लागि आवश्यकताअनुसार सम्बन्धित सरकारी तथा सुरक्षा निकायका युनिटहरू परिचालन भइरहेको प्रमुख जिल्ला अधिकारी अधिकारीले बताएका छन्।

उनका अनुसार विपद् प्रभावित क्षेत्रमा उद्धार तथा राहतका लागि प्रदेश तथा स्थानीय तहसँगै सुरक्षा निकाय र सम्बन्धित कार्यालयहरूबीच समन्वय भइरहेको छ। आवश्यकता र प्राप्त सूचनाका आधारमा थप जनशक्ति तथा स्रोतसाधन परिचालन गर्ने तयारीसमेत गरिएको छ।

सम्पर्कविहीन भनिएका ४० जनाका आफन्तलाई तत्काल नआत्तिन तथा प्रशासन र सम्बन्धित निकायबाट प्राप्त सूचनालाई आधार बनाउन आग्रह गरिएको छ। प्रभावित क्षेत्रमा सञ्चार सम्पर्क पुनःस्थापित हुँदै गएपछि सम्पर्कमा नरहेका व्यक्तिहरूको वास्तविक अवस्था स्पष्ट हुने अपेक्षा गरिएको छ।

प्रशासनले सम्पर्कविहीन व्यक्तिका सम्बन्धमा कुनै नयाँ जानकारी प्राप्त भएमा तत्काल सम्बन्धित परिवार तथा सरोकारवाला निकायलाई जानकारी गराउने जनाएको छ। साथै प्रभावित क्षेत्रमा रहेका नागरिकको खोजी, उद्धार र सुरक्षित स्थानमा स्थानान्तरणका लागि उपलब्ध स्रोतसाधन परिचालन भइरहेको छ।

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

  • Jana Prahar

    जन आवाज मिडिया हब प्रा.लि.द्धारा सञ्चालित
    कम्पनी दर्ता नं : १८४८४७/२०७४/०७५
    मु .अ.क.नं : ६०६७६८१०२
    अनलाइन दर्ता प्रमाणपत्र नं. ७४३/ २०७४-०७५
    अनलाइन दर्ता प्रमाणपत्र नं.३५३७/२०७८/०७९
    प्रेस काउन्सिल सूचीकरण नं. ३५२१
    स्थायी लेखा नं(PAN) : ६०६७६८१०२
    त्रिनेत्र खवर राष्ट्रिय साप्ताहिक
    दर्ता नं ३४५ /२०७५/०७६
    ठेगानाः गोकुलगंगा,०४,रामेछाप बागमती प्रदेश नेपाल ।
    सम्पर्क नं.: ९७७–९८४०४२११७४
    Email :janaprahar2074@gamil.com
    Email : janaprahar@gmail.com
    Email : janaaawaaj@gmail.com
    Email : trinetrakhabar2076@gmail.com

    हाम्रो टिम

    अध्यक्ष तथा प्रबन्ध निर्देशक

    प्रकाशक : – नेत्र बहादुर कार्की ।

    सम्पादक :- कुमार अधिकारी ।

    सह-सम्पादक :- नमुना दहाल कार्की ।

    सम्बाददाता :- टिका प्रसाद दहाल ।           

    मोबाइल नंम्बर :-९८४०४२११७४