Jana Prahar

आइतबार, असोज २५ २०८३ |

Jana Prahar

Advertisment

SKIP THIS

सरकारको कृषि नीति र बजेटबीच विरोधाभास छः सांसद सुब्बा


  • जन प्रहार
  • प्रकाशित मिति सोमबार, भाद्र ८ २०८३
  • 703
    SHARES

काठमाडाैं । नेपाली काँग्रेसका सांसद सन्तोष सुब्बाले कृषि क्षेत्रसम्बन्धी सरकारको नीति र बजेटबीच विरोधाभास रहेको टिप्पणी गर्नुभएको छ ।

प्रतिनिधि सभाको सोमवारको बैठकमा बोल्दै उहाँले यस्तो टिप्पणी गर्नुभएको हो । उहाँले मुलुकको बजेटको आकार बढ्दै गएपनि सरकारले कृषि क्षेत्रको बजेट कटौती गरिरहेको आरोप लगाउनुभयो । उहाँकाअनुसार चालु आर्थिक वर्ष २०८३/८४ को बजेटमा अघिल्लो आर्थिक वर्षको तुलनामा कृषि क्षेत्रमा करिब १८ दशमलव ४ प्रतिशतले कटौती गरिएको छ ।

सांसद सुब्बाले नेपालको आधाभन्दा बढी जनशक्ति कृषि, वन तथा मत्स्य क्षेत्रमा संलग्न रहेको भएपनि सरकारले निरन्तर उपेक्षा गरिरहेको बताउनुभयो । उहाँले विनियोजित बजेटको ठूलो हिस्सा प्रशासनिक संरचना र रासायनिक मलमा खर्च हुँदा उत्पादन, उत्पादकत्व, भण्डारण, प्रशोधन तथा बजारसँग प्रत्यक्ष जोडिने दीर्घकालीन लगानी अपेक्षाअनुसार हुन नसकेको समेत बताउनुभयो ।

उहाँले बसाइँसराइको बढ्दो समस्यालाई पनि कृषि र ग्रामीण अर्थतन्त्रसँग जोड्दै हिमाली तथा पहाडी क्षेत्रबाट भइरहेको बाध्यकारी बसाइँसराइ रोक्न प्रभावकारी योजना आवश्यक रहेको पनि बताउनु भयो । उहाँले भन्नुभयो, ‘ नेपालको कृषि क्षेत्रबारे हामीले धेरै वर्षदेखि एउटै कुरा भन्दै आएका छौँ। । कृषि लगानी बढाउनुपर्छ, उत्पादन बढाउनुपर्छ, किसानलाई प्रोत्साहन गर्नुपर्छ ।

तर त्यसले किसानको जीवन, उत्पादन र ग्रामीण अर्थतन्त्रमा कति परिवर्तन ल्यायो रु नेपालको आधाभन्दा बढी आर्थिक रुपमा सक्रिय जनशक्ति कृषि, वन तथा मत्स्य क्षेत्रमा संलग्न छ । कृषि क्षेत्रले राष्ट्रिय अर्थतन्त्रमा करिब एक चौथाइ योगदान दिएको छ । तर राष्ट्रिय बजेटको आकार आकार बढ्दै गएको अवस्थामा कृषि तथा पशुपन्छी विकास मन्त्रालयको बजेट गत आर्थिक वर्षको भन्दा चालु आर्थिक वर्षको बजेट १८ दशमलव ४ प्रतिशतले कटौती गरिएको छ ।

लगानी बढाउनुपर्ने समयमा कटौती हुनु गम्भीर नीतिगत असन्तुलन हो ।’उहाँले रासायनिक मलको विकल्प खोज्न समेत सरकारको ध्यानाकर्षण गराउनुभयो ।

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

  • Jana Prahar

    जन आवाज मिडिया हब प्रा.लि.द्धारा सञ्चालित
    कम्पनी दर्ता नं : १८४८४७/२०७४/०७५
    मु .अ.क.नं : ६०६७६८१०२
    अनलाइन दर्ता प्रमाणपत्र नं. ७४३/ २०७४-०७५
    अनलाइन दर्ता प्रमाणपत्र नं.३५३७/२०७८/०७९
    प्रेस काउन्सिल सूचीकरण नं. ३५२१
    स्थायी लेखा नं(PAN) : ६०६७६८१०२
    त्रिनेत्र खवर राष्ट्रिय साप्ताहिक
    दर्ता नं ३४५ /२०७५/०७६
    ठेगानाः गोकुलगंगा,०४,रामेछाप बागमती प्रदेश नेपाल ।
    सम्पर्क नं.: ९७७–९८४०४२११७४
    Email :janaprahar2074@gamil.com
    Email : janaprahar@gmail.com
    Email : janaaawaaj@gmail.com
    Email : trinetrakhabar2076@gmail.com

    हाम्रो टिम

    अध्यक्ष तथा प्रबन्ध निर्देशक

    प्रकाशक : – नेत्र बहादुर कार्की ।

    सम्पादक :- कुमार अधिकारी ।

    सह-सम्पादक :- नमुना दहाल कार्की ।

    सम्बाददाता :- टिका प्रसाद दहाल ।           

    मोबाइल नंम्बर :-९८४०४२११७४