Jana Prahar

आइतबार, असोज २५ २०८३ |

Jana Prahar

Advertisment

SKIP THIS

१०० मिटर दौडमा मान्छेलाई चिनिया रोबोटको चुनौती


  • जन प्रहार
  • प्रकाशित मिति आइतबार, भाद्र ७ २०८३
  • 779
    SHARES

काठमाडौं । चीनमा बनेको ‘लाइटनिङ’ नामक ह्युमानोइड रोबोटले मानिसलाई समेत चुनौती दिने गतिमा दौडिएपछि चर्चा चुलिएको छ।

चिनियाँ कम्पनी अनरले विकास गरेको उक्त रोबोटले १०० मिटर दूरी ९ दशमलव ३२ सेकेन्डमा पूरा गरेको हो। यो समय जमैकाका विश्वप्रसिद्ध धावक उसैन बोल्टले बनाएको ९ दशमलव ५८ सेकेन्डको विश्व कीर्तिमानभन्दा ० दशमलव २६ सेकेन्ड छिटो हो।

बेइजिङमा सुरु भएको दोस्रो ह्युमानोइड रोबोट गेम्समा सहभागी हुनुअघि ‘लाइटनिङ’ को खुट्टाको लम्बाइ १० सेन्टिमिटर बढाइएको थियो। त्यसपछि रोबोटको दौडने क्षमता परीक्षण गरिएको हो।

यसअघि यही रोबोटले अप्रिलमा आयोजना भएको २१ किलोमिटर लामो बेइजिङ हाफ म्याराथन ५० मिनेट २६ सेकेन्डमा पूरा गरेको थियो।

आयोजकहरूका अनुसार ‘लाइटनिङ’ को प्रदर्शनले ह्युमानोइड रोबोट र कृत्रिम बुद्धिमत्ता प्रविधिको तीव्र विकासलाई देखाएको छ। मानिसको गतिसँग प्रतिस्पर्धा गर्न सक्ने क्षमतामा रोबोट पुगेपछि भविष्यमा खेलकुदमा रोबोटको प्रयोग र भूमिकाबारे समेत बहस सुरु भएको छ।

मानिसको शारीरिक क्षमता र रोबोटिक प्रविधिबीचको यस्तो प्रतिस्पर्धाले आगामी दिनमा रोबोट प्रविधि अझ तीव्र रूपमा विकास हुने संकेत गरेको प्रविधि क्षेत्रका जानकारहरूको भनाइ छ।

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

  • Jana Prahar

    जन आवाज मिडिया हब प्रा.लि.द्धारा सञ्चालित
    कम्पनी दर्ता नं : १८४८४७/२०७४/०७५
    मु .अ.क.नं : ६०६७६८१०२
    अनलाइन दर्ता प्रमाणपत्र नं. ७४३/ २०७४-०७५
    अनलाइन दर्ता प्रमाणपत्र नं.३५३७/२०७८/०७९
    प्रेस काउन्सिल सूचीकरण नं. ३५२१
    स्थायी लेखा नं(PAN) : ६०६७६८१०२
    त्रिनेत्र खवर राष्ट्रिय साप्ताहिक
    दर्ता नं ३४५ /२०७५/०७६
    ठेगानाः गोकुलगंगा,०४,रामेछाप बागमती प्रदेश नेपाल ।
    सम्पर्क नं.: ९७७–९८४०४२११७४
    Email :janaprahar2074@gamil.com
    Email : janaprahar@gmail.com
    Email : janaaawaaj@gmail.com
    Email : trinetrakhabar2076@gmail.com

    हाम्रो टिम

    अध्यक्ष तथा प्रबन्ध निर्देशक

    प्रकाशक : – नेत्र बहादुर कार्की ।

    सम्पादक :- कुमार अधिकारी ।

    सह-सम्पादक :- नमुना दहाल कार्की ।

    सम्बाददाता :- टिका प्रसाद दहाल ।           

    मोबाइल नंम्बर :-९८४०४२११७४