Jana Prahar

आइतबार, असोज २५ २०८३ |

Jana Prahar

Advertisment

SKIP THIS

ललितपुर र भक्तपुरसहित देशका २५ जिल्ला आज आकस्मिक बाढीको जोखिममा (सूचीसहित)


  • जन प्रहार
  • प्रकाशित मिति शुक्रबार, भाद्र ५ २०८३
  • 399
    SHARES

काठमाडौं । अविरल वर्षाका कारण आज (शुक्रबार) ललितपुर, भक्तपुर र काठमाडौं उपत्यकासहित देशका २५ जिल्लामा आकस्मिक बाढीको मध्यम जोखिम रहने पूर्वानुमान गरिएको छ। बाढी पूर्वानुमान महाशाखाले साना–ठूला नदी तथा खोलामा पानीको बहाव उल्लेख्य रूपमा बढ्न सक्ने भएकाले नदी किनारका बासिन्दालाई उच्च सतर्कता अपनाउन आग्रह गरेको छ।

महाशाखाका अनुसार आज ताप्लेजुङ, पाँचथर, तेह्रथुम, संखुवासभा, भोजपुर, दोलखा, काभ्रेपलाञ्चोक, काठमाडौं, ललितपुर, भक्तपुर, सिन्धुपाल्चोक, नुवाकोट, रसुवा, धादिङ, गोरखा, तनहुँ, लमजुङ, कास्की, स्याङ्जा, पर्वत, म्याग्दी, बागलुङ, रुकुम पूर्व, रुकुम पश्चिम र जाजरकोट जिल्लामा बहने साना नदी र खोलामा पानीको सतह उल्लेख्य रूपमा बढ्ने सम्भावना रहेको छ।

विशेषगरी पहाडी भूभागमा पर्ने यी जिल्लामा निरन्तर वर्षा भइरहेकाले खोलानाला एक्कासि बढ्न सक्ने र तटीय क्षेत्रमा आकस्मिक बाढीको जोखिम रहने महाशाखाले जनाएको छ।

ठूला नदीको बहाव पनि बढ्ने

महाशाखाले देशका प्रमुख नदी प्रणालीमा पनि पानीको बहाव बढ्ने पूर्वानुमान गरेको छ। त्रिशूली, सप्तकोसी, कर्णाली र महाकाली लगायतका ठूला नदीमा बहाव उल्लेख्य रूपमा वृद्धि हुने सम्भावना रहेकाले नदी किनारका बस्ती र पुल आसपासका क्षेत्रमा विशेष सावधानी अपनाउन आग्रह गरिएको छ।

यद्यपि ती नदीमा तत्काल उच्च तहको बाढीको चेतावनी जारी गरिएको छैन। तर निरन्तर वर्षाका कारण बहाव क्रमशः बढ्न सक्ने भएकाले नियमित रूपमा नदीको अवस्था निगरानी गर्न महाशाखाले जनाएको छ।

नदी किनार र जोखिमयुक्त क्षेत्रमा सतर्कता अपनाउन आग्रह

बाढी पूर्वानुमान महाशाखाले जोखिमयुक्त क्षेत्रमा बसोबास गर्ने नागरिकलाई अनावश्यक रूपमा नदी तथा खोल्सामा नजान, पुल तर्दा सावधानी अपनाउन र स्थानीय प्रशासनबाट जारी हुने सूचना पालना गर्न आग्रह गरेको छ।

साथै, वर्षासँगै पहिरो र सडक अवरोधको जोखिम पनि बढेकाले यात्रा गर्दा सडकको अवस्था बुझेर मात्रै यात्रा गर्न र आवश्यक परे सुरक्षित स्थानमा बस्न सम्बन्धित निकायले अनुरोध गरेका छन्।

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

  • Jana Prahar

    जन आवाज मिडिया हब प्रा.लि.द्धारा सञ्चालित
    कम्पनी दर्ता नं : १८४८४७/२०७४/०७५
    मु .अ.क.नं : ६०६७६८१०२
    अनलाइन दर्ता प्रमाणपत्र नं. ७४३/ २०७४-०७५
    अनलाइन दर्ता प्रमाणपत्र नं.३५३७/२०७८/०७९
    प्रेस काउन्सिल सूचीकरण नं. ३५२१
    स्थायी लेखा नं(PAN) : ६०६७६८१०२
    त्रिनेत्र खवर राष्ट्रिय साप्ताहिक
    दर्ता नं ३४५ /२०७५/०७६
    ठेगानाः गोकुलगंगा,०४,रामेछाप बागमती प्रदेश नेपाल ।
    सम्पर्क नं.: ९७७–९८४०४२११७४
    Email :janaprahar2074@gamil.com
    Email : janaprahar@gmail.com
    Email : janaaawaaj@gmail.com
    Email : trinetrakhabar2076@gmail.com

    हाम्रो टिम

    अध्यक्ष तथा प्रबन्ध निर्देशक

    प्रकाशक : – नेत्र बहादुर कार्की ।

    सम्पादक :- कुमार अधिकारी ।

    सह-सम्पादक :- नमुना दहाल कार्की ।

    सम्बाददाता :- टिका प्रसाद दहाल ।           

    मोबाइल नंम्बर :-९८४०४२११७४